Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित

शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित


शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित

 काठमाडौँको रत्नराज्य माध्यामिक विद्यालय कोटेश्वरका  कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए । कागजका टुक्रा र केही सिन्काहरु पनि बटुले । त्यसलाई आकार दिन थाले । आफ्नो पहिलो अभ्यासमै उनीहरुले एउटा सुन्दर र सफा गाउँ परिकल्पना गरे । त्यस गाउँको वातावरण र रहनसहनको ‘कोलाज’ तयार पारे । व्यावसायिक कलाकारले बनाएको सुन्दर कलाकृति भन्दा फरक बनेन उनीहरुका सृजना । पिपलका हाँगा पात र फललाई आकारमा ढालेर उनीहरुले पिपलको रुख नै बनाइदिए । कागजका टुक्रामा रङ भरेर सुन्दर पहाड उतारे । सिन्काहरु जेडेर घर र छाना बनाइदिए । अनि त्यसमा रङ लिपेर एउटा बस्ती नै तयार पारे । उनीहरुले बनाएको सृजनामा एउटा सुन्दर बस्ती छ । सडकमा मानिस आवतजावत गरिरहेका छन् । छेवैमा पिपलको छहारी छ । गाडी पनि देखिन्छन् । एक कुनामा विद्यार्थी पठनपाठन वा कुनै छलफलमा रमाइरहेकाजस्तो देखिन्छ । माथि निलो आकाशमा चराहरु स्वच्छन्द रुपमा उडिरहेका सङ्कत गरिएको छभने छेउछाउमा हरिया पहाडले त्यो बस्तीको सौन्दर्यमा सुगन्ध थपिदिएको छ ।झट्ट हेर्दा त्यो ‘कोलाज’नभएर सुन्दर ‘पेन्टिङ’ हो । कोलाजमा उनीहरुले आफ्नो कला प्रस्तुत गरेका छन् । केही महिनाको सिकाइमा कागजमा सुन्दर सृजना भरेका उनीहरु यसरी कला देखाउन पाउँदा निक्कै खुसी  छन् । त्यसका साथै उनीहरुले स्केच, पेन्सिल आर्टहरु पनि आकर्षक बनाएका छन् भने अब माटो कला (माटोको कला) सिक्दैछन् । नजिकै बेञ्चमा रहेका अन्य विद्यार्थी पनि यसैगरी कला सृजनामा तल्लिन थिए । उनीहरुलाई सोनी राईलगायत समूहले ‘आर्ट’ सिकाइरहेका थिए ।शिक्षा र सीप कार्यक्रमअन्तरगत काठमाडौँ महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीहरुले पाठ्ययपुस्तक बाहेक यसरी नयाँ सीप सिकिरहेका छन् । यो सीप सिकाइ कार्यक्रम रत्नराज्य स्कुलमा मात्रै होइन महानगरभित्रमा विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहिद शुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर र सरस्वती माविमा जारी छ । यी ९ वटा विद्यालयमा १९ समूहमा विभाजन गरी पाँच सय १७  जना विद्यार्थीले यसरी कला सिर्जनाको सीप सिकिरहेका छन् । उनीहरुलाई हरेक शुक्रबार आर्ट सिकाइन्छ । विद्यार्थीले स्केच, पोष्टर कलर, पेन्सिल कलर सिकिसकेका छन् । अब माटो कलाको आधारभूत ज्ञान सिक्दैछन् । प्रशिक्षक सोनी राई भन्छिन्, “ अब कक्षा सकिएपछि भविष्यमा आर्टिष्ट बन्न चाहनेका लागि बाटो खुला हुन्छ, भविष्य आर्टमा खोज्न सक्छन्, यदि भएन भने जुनसुकै  क्षेत्रमा जाँदा पनि आर्ट महत्वपूर्ण हुन्छ ।  फेसन डिजाइनमै जाँदा पनि कलर मिलाउन जान्नुहुन्छ, यस्तै अन्य क्षेत्रमा पनि आर्ट मिसाउन सक्नुहुन्छ र आफ्नो कार्यलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ ।”रत्नराज्य मावि बानेश्वरका ९ र १० का इछुक विद्यार्थी पहिलोपटक आर्ट कक्षामा सहभागी हुन पाउँदा निक्कै खुसी भेटिए । पहिलोपटक यस्तो कक्षामा सामोल शिखा केसी र विविशा निरौलाले नियमित कक्षाका साथै कलासम्बन्धी नयाँ सीप सिक्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौर्यगङ्गा दर्शनधारी महानगरको शिक्षा र सीप कार्यक्रमअन्तर्गतको यो नयाँ सिकाई भएको बताइन् । उनले नै कार्यक्रमको संयोजन र समन्वय गरिरहेकी छिन् । विद्यालयतहबाटै कला सिकाउनु पर्छ भन्ने प्रतिष्ठानको उद्देश्य रहेको सुनाउँदै उनले यसलाई एउटा छुट्टै कोर्सको रुपमा लैजान आवश्यक भएको बताइन्।गत असोजमै काठमाडौँ महानगर र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भएर यो कार्यक्रम शुरु भएको हो । “यो कर्याक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने हाम्रो उद्देश्य महानगरले पुरा गरिदिएको छ, विद्यार्थीहरु कला सृजना गर्न पाएकामा खुसी र उत्साहित देखिएका छन्, यसले भविष्यमा उनीहरुलाई बाटो देखाउन सहज हुने छ भन्ने विश्वास छ”, दर्शनधारीले भनिन् ।अहिलेको यो ९० घण्टाको कार्यक्रम हो । यसमा पाँच १७ जना विद्यार्थीहरु सहभागी भएका छन् । अन्तिममा विद्यार्थीहरुले गरेका कामको प्रदर्शनी समेत गरिने तयारी छ । उनले थपिन्, “विगतमा विद्यार्थीको उद्देश्य डाक्टर, पाइलट, इन्जिनियर बन्ने भन्ने हुन्थ्यो, यो कार्यक्रमले आर्टिष्ट बन्छु भन्ने उद्देश्य राख्ने पनि हुनुभएको छ । यो खुसीको कुरा हो । यदि डाक्टर, पाइलट बने पनि कला भनेको त्यो क्षेत्रमा पनि अति आवश्यक कुरा हो, जहाँ पनि काम लाग्छ ।”रत्नराज्य क्याम्पसका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्ट पाँच दिन नियमित कक्षामा सहभागी भएर एक दिन नयाँ खालको कार्यक्रममा उपस्थित हुँदा विद्यार्थीहरुमा उत्साह थपिएको महसुस आफूले गरेको बताइन् । 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.