Gundruk Online
Sunday, March 1, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी, कुन प्रदेशमा कति ?

नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी, कुन प्रदेशमा कति ?


नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी, कुन प्रदेशमा कति ?

नेपालमा अघिल्लो आर्थिक वर्ष २५ सय जना बढीमा कुष्ठरोग देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएको हो ।नेपालमा आज (आइतबार) ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।गत आर्थिक वर्षको अन्त्यमा दुई हजार पाँच सय १० जना कुष्ठरोगी उपचाररत रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत वर्ष १४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । अर्थात् नयाँ बिरामीमध्ये ० देखि १४ वर्ष उमेरका ७ दशमलब १८ प्रतिशत बालबालिकामा सो रोग पुष्टि भएको हो ।कुष्ठरोगका नयाँ बिरामीमध्ये एक हजार ४९ जना महिला रहेको माहाशाखाले जनाएको छ । अर्थात कुष्ठरोगका बिरामी संख्यामध्ये ४१ दशमलब ५१ प्रतिशत महिला छन् ।गत वर्ष प्रति एक लाखमध्ये ८ दशमलब ५० जना नयाँ बिरामी पत्ता लागेको महाशाखाले जनाएको छ ।

कुन प्रदेशमा कुष्ठरोगका नयाँ बिरामी कति ?

कुष्ठरोगका नयाँ बिरामी कर्णाली प्रदेशमा सबैभन्दा कम फेला परेका छन् । सो प्रदेशमा ७३ जनामा मात्रै कुष्ठरोग पुष्टि भएको महाशाखाले जनाएको छ । देशभर फेला परेका कुष्ठरोगका नयाँ बिरामी २५ सय २२ मध्ये कर्णालीमा सबैभन्दा कम अर्थात् ३ प्रतिशत फेला परेका हुन् ।महाशाखाका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी अर्थात् ९ सय ४४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । फेला परेका जम्मा बिरामी संख्यामध्ये ३७ प्रतिशत मधेसमा छन् ।यस्तै, कोशी प्रदेशमा ४ सय ७१ जना अर्थात् नयाँ फेला परेका कुष्ठ रोगका बिरामीको १९ प्रतिशत हिस्सा पाइएको छ । यस्तै, नयाँ कुष्ठरोगीमध्ये बागमती र गण्डकी प्रदेशमा पाँच÷पाँच प्रतिशत छन् । बागमती प्रदेशमा १ सय २० जना र गण्डकी प्रदेशमा १ सय १९ जना नयाँ रोगी फेला परेका हुन् । लुम्बिनी प्रदेशमा ५ सय ६५ जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जो देशभरका नयाँ रोगीको २२ प्रतिशत हो ।यस्तै, सुदूरपश्चिम प्रदेशमा २ सय ३० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । देशभरको नयाँ कुष्ठरोगीमध्ये यो ९ प्रतिशत हिस्सा हो ।

के हो कुष्ठरोग ?

कुष्ठरोग कार्यक्रमको राष्ट्रिय कार्य सञ्चालन निर्देशिका २०७० अनुसार कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्ये कम सर्ने रोग हो, यो रोग माइक्रोब्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्दछ । यस रोगले छाला र सतहको स्नायूमा असर गर्दछ । यो रोगको समयमै उपचार नगर्दा अङ्गभङ्ग हुने गर्दछ ।कुष्ठरोग प्राचिनकालदेखि नै मानव समाजमा परिचित हुँदै आए तापनि सन् १८७३ (वि.सं. १९३० मा नर्वेका डा. गेरहार्ड हेनरिक आमेर स्ह्यान्सनले यस रोगको किटाणु पत्ता लगाएका थिए । त्यसैले यस रोगलाई हयान्सन्स् डिजिजसमेत भन्ने गरिन्छ ।

किन लाग्छ कुष्ठरोग ?

कुष्ठरोगका रोग किटाणुबाट हुने अरु सरुवा रोगजस्तै रहेको निर्देशिकामा उल्लेख छ । मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरेपछि यदि त्यस मानिसमा कुष्ठरोगको किटाणु विरुद्धको प्रतिरोधात्मक शक्ति कमजोर भएमा साधारणतया २ देखि ५ वर्षभित्र यो रोगको प्रारम्भिक चिह्न अर्थात् लक्षण देखा पर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

कुष्ठरोग कसरी सर्छ ?

निर्देशिका अनुसार कुष्ठरोग मुख्यतया श्वास प्रश्वासको माध्यमबाट सर्दछ । धेरै किटाणु भएको र उपचार नलिएको बिरामीले श्वास फेर्दा वा हाछ्युँ गर्दा कुष्ठरोगका किटाणुहरु बिरामीको शरीरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्दछन् ।यो रोग हातखुट्टामा भएको घाउको पिपबाट बिरामीको दिसा पिसाबबाट र बिरामीले प्रयोग गरेको भाँडा वा कपडा पुनः प्रयोग गर्दा नसर्ने उल्लेख गरिएको छ । बिरामीलाई लामखुट्टे, उडुसले टोकेर पुनः स्वस्थ मानिसलाई टोक्दा वा यौन सम्पर्कबाट पनि यो रोग सर्दैन । त्यस्तै गर्भवती आमालाई रोग लागेको भएता पनि बच्चा पेटमा रहुन्जेल यो रोग सर्दैन अर्थात् बिरामी आमाबाट पनि बच्चा जन्मदा स्वस्थ नै हुन्छ ।

पछिल्लो तीन वर्षमा बढे कुष्ठरोगका बिरामी

नेपालमा पछिल्लो तीन वर्ष यता कुष्ठरोगका बिरामी बढेका छन् । महाशाखाका अनुसार गत वर्ष २ हजार ५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२१÷२०२२ मा २ हजार २ सय ८५ जनामा कुष्ठरोग देखिएको थियो । यस्तै, वर्ष २०२०÷२०२१ मा २ हजार १ सय ७३ जनामा कुष्ठरोग पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.