Gundruk Online
Tuesday, September 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको चौथो जित, कोशीको लगातार आठौँ हार

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको चौथो जित, कोशीको लगातार आठौँ हार


प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको चौथो जित, कोशीको लगातार आठौँ हार

 प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि आठ विकेटको सजिलो जित हासिल गरेको छ ।जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको कोशी प्रदेशले एक खेल पनि जित्न सकेको छैन । लगातारको हारसँगै कोशी प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । पाँचौँ खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो चौथो जित हो ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ३२ ओभरमै अलआउट हुनुअघि एक सय २३ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने २१.१ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।सुदूरपश्चिम प्रदेशका लागि नरेश भट्टले अर्धशतकीय पाली खेले । उनले अविजित ५४ रन बनाए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ४९ बलको सामना गरी सात चौका पनि हिर्काए । प्रकाश पाण्डेले पनि टोलीका लागि अविजित ३४ रनको योगदान गरे । प्रकाशले ४२ बलमा एक चौका पनि हिर्काए ।ओपनर राजु रिजालले २१ रन बनाए । कप्तानसमेत रहेका राजुले २३ बलमा तीन चौका हिर्काए । अर्का ओपनर खड्क बोहराले पनि टोलीको खातामा नौ रन थपे । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि ६ रन पायो । कोशीका बलर फिरदोष अन्सारीले दुई विकेट लिए ।त्यसअघि कोशी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मिनास थापाले सर्वाधिक २६ रन बनाए । विकेटकिपर ब्याट्सम्यान मिनासले ३७ बलमा पाँच चौका पनि प्रहार गरे ।दोस्रो नम्बरका ब्याट्सम्यान अंकित सुवेदीले २२ रन जोडे । टोलीका कप्तानसमेत रहेका अंकितले २७ बलमा तीन चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान समिर कार्की भने चार रनमै पेभेलियन फर्किएका थिए । सुजन थपलिया पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् ।सोनु अन्सारी पनि नौ रनमै आउट भए । फिरदोष अन्सारीले १३ र सुभन गहतराजले पाँच रन बनाए । अभ्यास तिमिसिना पनि पाँच रनमै पेभेलियन फर्किए । भुपाल लुइँटेल एक रनमा आउट भए । कमल खत्रीले १८ रन बनाए । उनले आठ बलमा तीन छक्का प्रहार गरे । हेमन्त राई तीन रनमा अविजित रहेका थिए ।कोशी प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै २८ रन खर्चिए । विकास अग्रीले पनि चार विकेट हात पारे । उनले सात ओभरमा एक मेडन राख्दै केवल नौ रन खर्चिए

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.