Gundruk Online
Sunday, December 7, 2025
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सिरहाको सामाजिक आर्थिक विकासमा छात्राबास

सिरहाको सामाजिक आर्थिक विकासमा छात्राबास


सिरहाको सामाजिक आर्थिक विकासमा छात्राबास
  • जितेश कर्ण

‘दिउसै घडी नै नहेरी हामि समयमै खेल्न आइ पुग्थ्येउ’ क्याम्पसमा भेट्दा पंकजले बेला बेला सम्झिरहन्छ । सिरहाका बासिन्दाको लागी उपर्युक्त खेल्ने मैदान सुर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खुल्ला चौर नै हो । हामीले यो चौरमा कहिले फुटबल, कहिले क्रिकेट, कहिले ब्याडमिन्टन खेलेर आफ्नो बालापन बिताएका छौ । क्रिकेट धेरै खेलेका हौ, फुटबल धेरै हेरेका छौ । घरमा खाना पकाउन ल्याएको दाउराबाट छानेर काठलाई बिभिन् रुप दिदै ब्याट बनाउथ्यौ हामी । एक पटक भने पंकज, जिसन, अशोक, बिपिन, श्याम, मंगल, बिनोद र म थोरै थोरै पैसा जम्मा गरेर ब्याट बल विकेट किन्यौ । यसरी सबै कुरा नयाँ भएपछी हामी हौसिएका थियौ, अरु धेरै खेल्न । त्यो बेला टेनिस बल ४० रुपैयाँमा पाउँदो हो क्यार, हामीले अरु टिमसंग ५ रुपैयाँको बाजी राखी तेही बल किन्ने लोभमा म्याच खेल्थ्येउ । हाम्रै छिमेकी दाईहरुले बनाएको हाम्रो एउटा सिनियर टिम पनि थियो । कहिलेकाही हामी र सिनियर टिम मिलेर खेल्थ्यो । ब्याटिंग गर्ने मौका कम आउने भएकोले सिनियर टिमसंग खेल्न मन लाग्दैनथ्यो । सिनियर टिमले म्याच खेलमा सामिल गराउदा भने ‘आफु राम्रो खेलाडी भएको’ ठानेर मज्जा आउथ्यो । सिनियर टिममा एस.जी. लेखिएको ब्याट अरु सबै खेलाडीले खेल्न चाहे पनि बिरेन्द्र (यादव)दाई बि.डी.एम.ले छक्काको बर्सात गर्थे ।

सुनिल गावस्करले हस्ताक्षर गरेको ब्याट सबैलाई मन पथ्र्यो । तर बि.डी.एम ब्याटले नै बिरेन्द्र दाईलाई साथ दिन्थ्यो । यस.जी. ब्याटले भने जय प्रकाश यादव राम्रो खेल्नु हुन्थ्यो । जेपीले ब्याटिंग संगै किप्पिंग पनि राम्रो गर्थे । बिरेन्द्र र जेपी क्याम्पसको छात्राबासमा बस्नु हुन्थ्यो । ठ्याकै यकिन गर्न नसकिए पनि यो ५९ –६० सालतिरको कुरा हो । मैले छात्राबास भित्र एक पटक छिरेको याद छ, किन र को संग त्यो सम्झना रहेन । सिरहा क्याम्पससंग म र सिरहाका थुप्रै युवाहरुको आफनै सम्झनाहरु छन । हाम्रो बालापनको एउटा साक्षी क्याम्पस पनि हो । छात्राबास भने भबिष्य बदल्ने सपना लिएर आएका युवाहरुको साक्षी । गुल्जार रहने चौर २०६५ साल यता भने रौनक बिहिन छ । २०६५ सालको स्ववियु चुनाबमा अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच झडप भएपछि क्याम्पस प्रशासनले छात्रावासमा तालाबन्दी गरेपछि यो क्याम्पसको नराम्रो दिन सुरु भएको हो ।

१५ वर्ष बितिसक्दा भने अहिलेको कोरोना महामारीलाई मध्यनजर गरि १०० जनाको लागि छात्राबासलाई क्वारेन्टाइनको बनाउन सिरहा नगरपालिकाले मर्मत गरेको छ । मर्मत गरी छात्राबास विद्यार्थी बस्न योग्य पनि बन्यो । कोरोनाकालमा संक्रमितलाई राखेको थियो । कोरानाकाल पनि सक्यो । मर्मत गरिएको छात्राबास अहिले विद्यार्थीको प्रतिक्षामा छ । आ–आफनै फाईदाको लागि राजनीति गर्ने संगठन र व्यक्तिगत स्वार्थ मात्र देख्ने क्याम्पस प्रमुखले पुनः संचालनमा ल्याउन नसकेको छात्राबासको दिर्घकालसम्म नै काम लाग्ने गरि मर्मतका केहि कामहरु भएको छ । अल्पकालमा क्वारेन्टाइनको लागि काम लाग्ने भएपनि छात्राबासलाई पुनः गरिब र जेहेन्दार विद्यार्थी राख्न प्रयोग गर्न बिद्यार्थी नेता र क्याम्पसले भूमिका खेल्न अब चुक्न मिल्दैन ।

क्याम्पस राम्रो भएको देख्न चाहने युवा र आम नागरिकले पनि यो समयलाई अबसरको रुपमा प्रयोग गरी स्थानीय नेता र क्याम्पस प्रमुखमाथि छात्राबासको नियमित संचालन र क्याम्पस सुधारको लागि दबाब बनाउन जरुरी छ । सिरहा क्याम्पसलाई फेरी पुरानै स्तरमा ल्याउन पनि छात्राबास बिद्यार्थीको लागि खोल्न जरुरी छ । पढिरहेका र आलोचनात्मक युवाको समुह सिरहाको सामाजिक र आर्थिक क्षेत्रमा बदलाब ल्याउन सक्छन् र यो समुहको निर्माण सिरहा क्याम्पसको छात्राबासले गर्न सक्छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद, जनकपुरको रुपैठामा निषेधाज्ञा

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकहरू बढी सम्भावनायुक्त

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु

थारु समुदायमा घोर्वा पूजा

थारु समुदायमा घोर्वा पूजा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.