Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » त्रिवि सुधारको माग गर्दै २६ दिनदेखि स्ववियुको आन्दोलन

त्रिवि सुधारको माग गर्दै २६ दिनदेखि स्ववियुको आन्दोलन


त्रिवि सुधारको माग गर्दै २६ दिनदेखि स्ववियुको आन्दोलन
 त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय अगाडि विभिन्न माग राखेर आन्दोलन थालिएको २६ दिन पुरा भएको छ । त्रिवि स्ववियुले पुस ११ गतेदेखि सिस्टम सुधारको लागि भन्दै आन्दोलन थालेको थियो । उक्त आन्दोलन विगत २५ दिनदेखि निरन्तर चलिरहेको छ । उक्त आन्दोलनप्रति विभिन्न विद्यार्थी सङ्गठनहरू ऐक्यबद्धता जनाउँदै आएका छन् ।परीक्षा नियन्त्रण कार्यालयलाई सुधारसहित रूपान्तरण गर्ने उद्देश्यले रचनात्मक तथा सिर्जनात्मक अध्यास मार्फत निर्णायक आन्दोलन लागिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले बताए ।स्ववियुले परीक्षा नियन्त्रण कार्यालयबाट अनलाइनबाट सेवा दिनुपर्ने, कर्मचारीको खाजा खाने समय १ घण्टाबाट घटाएर ३० मिनेट राख्नुपर्ने, फोन गर्दा उठ्ने हटलाइन नम्बर राख्नुपर्ने, बल्खुबाट दिने सेवा त्रिविका अरू क्षेत्रीय कार्यालयबाट पनि दिनुपर्ने, त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने लगायतका माग राखेर स्ववियुले आन्दोलन गर्दै आएको हो ।आन्दोलनको क्रममा केही सुधारको संकेत भने देखिएको छ । तर, स्ववियुले पूर्ण कार्यान्वयनको अवस्था नआउँदा आन्दोलन नरोकिने जनाएको छ । सभापति ओझाले आन्दोलनकै क्रममा त्रिविले केही सुधारको काम गरेको तर, पूर्णतः सुधार नहुँदासम्म नछोड्ने बताए ।त्रिविले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । तर, त्यसमा परीक्षाको नतिजा कहिले प्रकाशित हुने भन्ने छैन । स्ववियुले परीक्षाको नतिजा प्रकाशित गर्ने समय समेत राखेर पुनः क्यालेन्डर प्रकाशित गर्नुपर्ने बताएको छ ।त्यस्तै १५ गतेदेखि अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा त्रिविले गरेको छ । पनिकाले माघ १० गते उक्त विषयमा विस्तृत जानकारी गराउने बताएको हो ।ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम अनलाइनबाटै प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको हो ।  ‘शैक्षिक क्यालेन्डर निकालेको छ । तर, केही डीनहरूले परीक्षा तालिका समेत फिक्स नगरी क्यालेन्डर निकालेका छन् । हामीले परीक्षा तालिकामात्र नभएर नतिजा कहिले प्रकाशन गर्ने त्यो पनि फिक्स गर्नुपर्छ भनेर भनेका छौँ,’ सभापति ओझाले भने, ‘परीक्षा लिने ४ वर्ष सम्म नतिजा नआउन पनि सक्छ । त्यसैले हामीले नतिजा कहिले प्रकाशित हुने त्यो पनि क्यालेन्डर मै आउनुपर्छ भनेका छौँ ।’त्यस्तै आफूहरूले अघि सारेका मागहरुमध्ये छात्रवृत्तिको सेन्ट्रल पोर्टल बनाउने विषयमा समेत काम भइरहेको उनको भनाई छ । तर, यसमा निष्कर्षमा नै पुगिनसकेको र एक प्रकारको समझदारी चाही भएको बताए ।त्यस्तै त्रिविलाई राजनीतिक भानगबण्डामुक्त गराउनुपर्ने स्ववियुको माग छ । यसको सुरुवात प्रधानमन्त्री तथा त्रिवि कुलपति पुष्पकमल दाहाल प्रचण्डले गरिसकेका छन् । उनले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको निर्देशन दिँदै नियुक्ति प्रक्रिया अघि बढेको छ ।स्ववियुले त्रिविका सबै गाडीहरूमा अनिवार्य रूपमा लोगो टाँसेको छ । टाँस्न बाँकी रहेका गाडीहरूमा समेत टाँस्दै जाने सभापति ओझाको भनाइ छ । त्रिवि सुधारको आन्दोलन अब सहमति मात्र नभई कार्यान्वयनमै जानेगरी टुंगिने बताए ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.