Home » माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार विरोध प्रदर्शनको आयोजना गरेको छ । संघको काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेको हो ।उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर !, अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए । प्रदर्शनको क्रममा करिब एक दर्जन प्रदर्शनकारी पक्राउ पनि परेका छन्।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.