Gundruk Online
Thursday, May 28, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » रुस–युक्रेन युद्ध : दुई सेकेण्डमै टुंगिएको साजनसितको अन्तिम वार्ता

रुस–युक्रेन युद्ध : दुई सेकेण्डमै टुंगिएको साजनसितको अन्तिम वार्ता


रुस–युक्रेन युद्ध : दुई सेकेण्डमै टुंगिएको साजनसितको अन्तिम वार्ता
 युक्रेनसँगको युद्धमा परी रुसी सेनामा भर्ती भएका लमजुङ, दूधपोखरी गाउँपोखरी गाउँपालिका–१ स्थित घमारचोकका ३२ वर्षिय साजन गुरुङको निधन भएको छ । निधनको खबरबारे नेपाल सरकारले भने पुष्टि गरिसकेको छैन । तर परिवारजनले भने साजनसँगै रुसी सेनामा भर्ति भएका साथीहरुले निधनबारे सामाजिक सञ्जालमार्फत् ‘पुष्टि’ गरेपछि पुस २९ मा नै काजकिरिया गरिसकेको छ । साजनको मृत्यू खबरले श्रीमती र आमा मुर्च्छित अवस्थामा छन् भने बुबा छोराको अवस्था एकिन गर्न लागिपरिरहेका छन् ।‘जमर्नमा भएको कान्छो छोरा कुमारले दाई नरहेको अपुष्ट खबर आएको भन्ने सुनायो’ वडा सदस्य समेत रहेका साजनका बुबा श्रीमान गुरुङले थपे, ‘कान्छोले भन्दा समेत मैले पत्याईन तर फेसबुकमा उसका साथीभाईले पनि फोटो हालेका रहेछन्, हामीलाई त थाहै भएन ।’ उनले छोराको निधनबारेमा आधिकारीक खबर नपाएको बताउँदै यसबारेमा पुष्टि गरिदिन आग्रहसमेत गरे ।गत असोज २ मा मकाउ जाने भन्दै घरबाट हिँडेका साजनले अन्तिमपटक पुस १६ मा परिवारसँग कुराकानी गरेका थिए । श्रीमती सीतासँग भिडियो कल गर्ने क्रममा उनले बुवासँग पनि बोल्न खोजेका रहेछन् तर २ सेकेण्ड नबित्दै सम्पर्क टुट्यो । ‘बाबु भन्दा भन्दै झ्याप्पै फोन काटियो । त्यसपछि सम्पर्क नै भएन । आखिर त्यही बोली नै अन्तिम भयो,’ श्रीमानले दुःख पोखे, ‘अझै पनि पत्यार लाग्दैन । मरेकै हो भने पुष्टि गरिदिनु । शव ल्याइदिनु ।’ भिडियो कल भएको भोलीपल्टै साजनको निधनको अपुष्ट खबर फैलिएको थियो ।आठ वर्ष अघि रोजगारीका लागि मलेसिया गएका साजन ९ महिनामै फर्किएपछि पुनः मकाउको भिसा लागेको भन्दै घर छोडेका थिए । त्यसको एक महिनापछि उनका साथीहरुले फेसबुकमा रुसी सैनिक पोसाकमा साजनको फोटो हालेको देखेपछि परिवारले रुस गएको पत्तो पाएको थियो । छोरो युद्धमा भएको थाहा पाएपछि श्रीमानले साजनलाई घर फर्कन आग्रह गरेको बताए ।‘मकाउको भिसा लाग्यो भनेर एकैचोटी रसिया गएको थाहा पाएँ,’ श्रीमानले भने, ‘सेनामा जोडिएको थाहा पाएपछि घर फर्कन भनेपनि मानेन, बरु अरु कुरा गर्न पनि चाहेन ।’ छोराले विदेश जान्छु भनेपछि १०–१२ लाख खर्च गरेको उनले बताए । ‘नाति ५ वर्षको छ । बुहारीलाई पनि अरु कुरा केही थाहा थिएन,’ उनले भने ।वडाअध्यक्ष दुर्गामान गुरुङले साजनको मृत्यूको खबरले गाउँ नै शोकाकुल बनेको बताए । माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष सुनिल सुनारका अनुसार साजन दूधपोखरी गाउँपालिका कमिटीका वाइसीएल अध्यक्ष पनि थिए ।‘साजनको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ । युद्धभूमिबाट फर्किएर राजनीतिमार्फत गाउँको सेवा गर्न चाहन्थ्यो । त्यो चाहना अब कहिल्यै पूरा नहुने भयो,’ मंगलबार साजनको परिवार भेट्न आईपुगेका उनले भने, ‘परिवारका लागि युद्धको भूमरीमा कोही पनि होमिन नपरोस् भन्ने हामी चाहन्छौं ।’साजनको निधनको पछिल्लो खबरसँगै युक्रेनसँगको भिडन्तमा परी रुसी सेनामा भर्ती भएका मृतक नेपालीको संख्या १३ पुगेको छ । यसअघि स्याङजाका हरिप्रसाद अर्याल र प्रितम कार्की, गोरखाका सन्दीप थपलिया र कुन्नसिंह नागल, धादिङका राजकुमार गिरी र पूर्णबहादुर गुरुङ, कैलालीका भरतबहादुर शाह, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार कार्की, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई र प्यूठानका सोनु सुनारको निधन भईसकेको छ ।धादिङका पूर्णबहादुर र प्युठानका सोनुको निधनबारे भने सरकारले आधिकारीक पुष्टि गरिसकेको छैन । तर उनिहरुका परिवारले भने उनिहरुको अन्त्येष्टी गरिसकेका छन् । त्यसैगरी, उक्त युद्धमा चार जना नेपालीलाई अझै पनि युक्रेनी सेनाले बन्धक बनाएर राखेको छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.