Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सल्यानका किसान भन्छन्– बुढेसकालको पेन्सन हो सुन्तला खेती

सल्यानका किसान भन्छन्– बुढेसकालको पेन्सन हो सुन्तला खेती


सल्यानका किसान भन्छन्– बुढेसकालको पेन्सन हो सुन्तला खेती
सल्यान – व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी गर्न थालेका छन्। परम्परागत खेतीभन्दा कम मिहिनेत लाग्ने र आम्दानी पनि राम्रो हुने भएपछि जिल्लाका अधिकांश किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन् ।सुन्तला खेतीबाट वार्षिकरूपमा राम्रो आम्दानी गर्न थालेको बागचौर नगरपालिका– ८ कोटमौलाका भरतनाथ योगीले बताए । ४५ रोपनीमा सुन्तला खेती गर्दै आएका योगीले गत वर्ष मात्रै २७ लाख आम्दानी गरे। यो वर्ष पनि शोही अनुपातमा आम्दानी हुने अनुमान गरेको उनले बताए। ‘केही सुन्तलाका बोटमा रोग लागेको छ । गत वर्ष अलि ढिलो गरी सुन्तला टिप्दा यो वर्ष केही कम पनि फलेको छ’, उनले भने, ‘तर पनि गत वर्षको बराबर नै आम्दानी हुने विश्वास छ।’ व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका योगीको बगानमा ९०० सुन्तलाका बोट छन्।सुन्तला खेतीलाई किसानको पेन्सन रूपमा लिन सकिने अर्का किसान ध्वजबहादुर चन्दले बताए। बिरुवा हुर्काएपछि लामो समयसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार बन्ने उनको तर्क छ । ‘सुन्तला खेती बुढेसकालको सहारा बनेको छ’, उनले भने, ‘एकपटक बिरुवा हुर्काएपछि धेरै समयसम्म निरन्तर आम्दानी दिन्छ।’ गत वर्ष १० लाख ६० हजार आम्दानी गरेका उनले यो वर्ष सुन्तलाको उत्पादन कम भएकाले केही रकम घट्ने अनुमान गरे।किसानका अनुसार सल्यानका अन्य स्थान र बाहिरी जिल्लामा सुन्तला सकिएपछि व्यापारी कोटमौला आउने गरेका छन्। ढिलो गरी बिक्री गर्दा किसानले राम्रो मूल्य पाउने भएपनि अर्को वर्ष उत्पादन अलि कम हुन्छ। ‘सिजनमा सुन्तला बिक्री गर्दा व्यापारीले ५० देखि ६० रुपैयाँ किलोभन्दा बढी हाल्दैनन् तर माघपछि व्यापारीले १०० देखि ११० रुपैयाँ किलोसम्म दिन्छन्।’व्यापारी सुन्तलाको बगानमै गाडी ल्याएर आउने भएकाले बिक्रीको समस्या भन्दा पनि सुन्तलाको बोट टिकाउनेमा आफ्नो ध्यान बढी हुने गरेको किसान भुमबहादुर चन्दले बताए। सुन्तलाको बजारीकरणका लागि समस्या नभएको तर क्रमिक रुपमा सुन्तलाको बोट रोग लागेर मर्न थालेपछि भने चिन्ताले सताउन थालेको उनले बताए। गत वर्ष तीन लाखको सुन्तला बिक्री गरेका उनले यो वर्ष पनि त्यसकै सेरोफेरोमा कमाइ हुने अनुमान गरेका छन्।जिल्लामा एक हजार ६ भन्दा बढी हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ। कृषि विकास कार्यालय सल्यानका अनुसार वार्षिक २५ करोड बढीको सुन्तला जिल्लाबाट निकासी हुने गरेको छ।
facebook sharing button
email sharing button
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.