Home » सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो
माघ १ गते सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.