मधेस प्रदेशमा नेकपा एमालेबाट राष्ट्रिय सभातर्फ पर्साकी उषादेवी थरूनी र धनुषाकी विजेता झाले उम्मेदवारी दर्ता गराएका छन्।नेता/कार्यकर्ताको लावालस्करसहित पुगेका उनीहरू दुबै जनाले जनकपुरस्थित मधेस प्रदेशको निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका हुन्।उम्मेदवारी दिएकी पर्साकी थरूनी २०६४ सालबाट जिल्लामा सक्रिय राजनीतिमा आएकी थिइन्। एमाले नेता हरिचन्द्रप्रसाद थारूबाट प्रेरित भएर उनी राजनीतिमा होमिएकी थिइन्।उनी १२ वर्ष अनेम संघको जिल्ला अध्यक्ष भएर संगठन विस्तारमा काम गरिन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी जिराभवानी गाउँपालिकामा पार्टीबाट टिकट पाएर उपाध्यक्ष जितिन्। दोस्रोपटक गत स्थानीय निर्वाचनमा समेत उनी उपाध्यक्षमा चुनाव लडेकी थिइन्। तर पराजित भइन्। १० कक्षा पढेकी उनी एमाले जिल्ला कमिटीकी सचिवालय सदस्य समेत हुन्। २०२८ सालमा जिराभवानी गाउँपालिका १ स्थित पकरी टोलमा उनको जन्म भएको थियो।त्यसैगरी, अर्की उम्मेदवार झा गत स्थानीय तहको निर्वाचनका बेला नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी थिइन्।