Home » सुनकाे मूल्य ७ सय रुपैयाँले घट्यो

गत बिहीबारदेखि यथावत रहेको सुनको मूल्य सोमबार ताेलामा ७ सय रुपैयाँले घटेको छ । छापावाला र तेजावी सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।गत बिहीबारदेखि प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे सुनको मूल्य सोमबार १ लाख १८ हजार ८ सय रुपैयाँमा कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ थियो । गत बिहिबारदेखि यथावत रहेको सुन र चाँदीको मूल्य सोमबार घटेको हो । चाँदीमा सामान्य गिरावट आएको छ । आइतबार १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आज १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ८५० रुपैयाँ पुगेको छ । तेजावी सुन १ लाख १ हजार ३८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आइतबार १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ हजार ४५० रुपैयाँ थियो । तेजावी सुन १० ग्रामको १ लाख १ हजार ९८० रुपैयाँ थियो ।