Gundruk Online
Sunday, September 20, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » साढे ७ करोडमा सीटीस्क्यान खरिद प्रक्रियामा उठ्यो प्रश्न

साढे ७ करोडमा सीटीस्क्यान खरिद प्रक्रियामा उठ्यो प्रश्न


साढे ७ करोडमा सीटीस्क्यान खरिद प्रक्रियामा उठ्यो प्रश्न

मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्न लागेको सीटीस्क्यान मेसिन खरिद प्रक्रिया विवादित बनेको छ । उक्त मेसिन खरिदका लागि प्रदेश सरकारले साढे ७ करोड रुपैयाँ छुट्याएको छ छुट्याएको सोही रकमलाई आधार मानेर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गत कार्तिक २४ गते १२८ स्लाइसको सीटीस्क्यान मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको थियो । केही सप्लायर्सले यो खरिद प्रक्रियामै मिलेमतो भएको आशङ्का गरेका छन् ।सुरुमा इबिडिङ पेस गर्ने मिति पुस ९ गतेसम्म राखिए पनि अध्ययनमा समय लागेको भन्दै त्यसलाई सच्याएर पुस १७ गतेसम्मको समय थपिएको थियो । सो अवधिमा हिमालय मेडिकल टेक्नोलोजी प्रालिको एकमात्र प्रस्ताव परेको छ टेण्डर प्रक्रिया विवादमा पर्नुको कारण टेण्डर आह्वान गर्दा उल्लेखित टेण्डर खोल्ने स्थान हो । केन्द्रले टेण्डर खोल्ने स्थान आपूर्ति व्यवस्थापन केन्द्र विराटनगर उल्लेख गर्नुपर्नेमा नरदेवी अस्पताल मैतीदेवी उल्लेख गरेको थियो ।यसअघि काठमाडौँको सो अस्पतालले पनि सीटीस्क्यान मेसिन खरिद गरेकोमा अहिले मिलेमतोमा त्यहाँको स्पेसिफिकेशन राख्दा स्थान पनि त्यही परेको आरोप केन्द्रमाथि छ ।मङ्सिर २४ गते आपूर्ति केन्द्रले सप्लायर्सहरुसँग राखेको प्रि–बिड बैठकमा सप्लायर्सहरुले स्थानको बारेमा प्रश्न गरेपछि मात्रै केन्द्रले स्थान सच्याएको थियो । केन्द्रका प्रमुख वीरेन्द्रकुमार मण्डल भने त्यो मानवीय त्रुटिमात्र भएको बताउँछन् ।केन्द्रले खरिद गर्न लागेको सीटीस्क्यानको स्पेसिफिकेशन चिनियाँ उत्पादन निओसफ्ट कम्पनीसँग मिल्दोजुल्दो राखिएको आरोप छ । सो कम्पनीको नेपाली सप्लायर्स हिमालय मेडिकल टेक्नोलोजी प्रालि हो । प्रतिस्पर्धामा ६ करोड हाराहारी पर्ने मेसिन सवा ७ करोडभन्दा बढीमा खरिद गर्न लागिएको आरोप पनि छ ।यस्तै पुस ९ गतेको लागि टेण्डर भर्ने अन्तिम मिति तोकिएकोमा १७ गतेसम्म पु¥याउनु र प्रि–बिड बैठकमा सप्लायर्सहरुले स्पेसिफिकेशन सम्बन्धमा राखेको चासो पनि हिमालय मेडिकल टेक्नोलोजीको मात्र सम्बोधन गर्नुमा मिलेमतो रहेको आरोप छ ।हिमालयको अनुकूल स्पेसिफिकेशन राखिएको भन्दै अन्य सप्लायर्सले त्यसलाई सच्याउन आग्रह गर्दा आपूर्ति केन्द्रले वास्ता नगरेको आरोप लागेको छ । केन्द्रले भने सप्लायर्सले आफू अनुकूल स्पेसिफिकेशन राख्न दबाब दिने भए पनि त्यसो नगरेको दाबी गरेको छ ।‘कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्न लागेको सीटी स्क्यान मेसिन निजी हस्पिटलले किन्दा चानचुन ५ करोडभन्दा केही बढी पर्ला,’ एक सप्लायर्सले भने, ‘६ करोडमा टेण्डर स्वीकृत गरिदिए सप्लायर्सलाई पनि राम्रै नाफा भएको हुन्छ ।’आपूर्ति व्यवस्थापन केन्द्रले खरिद प्रक्रिया सुरु गर्नु अगाडि केन्द्रका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल र कोशी अस्पतालले पठाएका विज्ञ रेडियोलोजिष्ट डा.राजा सुवालले सीटीस्क्यानको स्पेसिफिकेशन तयार गरेका थिए । केन्द्रका अनुसार त्यसमा ट्रमा सेन्टरले पठाएका केही बुँदा पनि थपिएको थियो ।तयार भएको स्पेसिफिकेशन मन्त्रालयमा सूचीकृत भएका सप्लायर्सलाई पठाएर कोटेशन माग गरेको केन्द्रले कोटेशन अनुसार २१ प्रतिशत घटाएर लागत अनुमान तयार गरेको जनाएको छ । केन्द्रका अनुसार कोटेशन पेस गर्ने ८ सप्लायर्समध्ये ५ वटा प्रभावग्राही देखिएका थिए । उनीहरुले न्यूनतम् ७ करोड ३० लाखदेखि ११ करोडसम्मको कोटेशन पेस गरेको बताइएको छ ।केन्द्रका निर्देशकसमेत रहेका मण्डलले टेण्डर प्रक्रिया विधिसम्मत रुपमा अगाडि बढेको भए पनि अहिले अनावश्यक विवाद खडा गरिएको दाबी गरे । केन्द्रसँग अन्तर्राष्ट्रिय टेण्डरको अनुभव नभएको अवस्थामा मन्त्रालय, विभाग र विज्ञहरुसँगको परामर्शमा टेण्डर आह्वान गरिएको भन्दै उनले कुनै मिलोमतो नभएको बताएका छन् ।‘सप्लायर्सहरुले दिएको कोटेशनलाई आधार बनाएर त्यसको औसत मूल्यमा पनि २१ प्रतिशत कम गरी लागत अनुमान तयार गरिएको हो,’ उनले भने, ‘त्यसैले मिलेमतो हुने कुनै सम्भावना छैन ।’ सुरुवातमा ५ वटा सप्लायर्सले कोटेशन पेस गरेको भए पनि टेण्टर प्रक्रियामा एउटामात्र समावेश भएको आधारमा मिलेमतोको आरोप लगाउन नमिल्ने उनको भनाइ छ । अरु सप्लायर्सहरु किन प्रतिस्पर्धामा आएनन् भन्ने आफूहरुले भन्न नसक्ने उनले बताए ।अहिले सीटीस्क्यान मेसिन खरिदको निर्णय भइनसकेको र टेण्डर हाल्ने सप्लायर्सको प्रस्ताव खोलिनसकेकोले कति मूल्य प्रस्ताव गरेको छ भन्ने यकिन नभएको मण्डलको भनाइ छ । विज्ञसहितको ७ जनाको मूल्याङ्कन समितिले टेण्डर हालेको सप्लायर्सको प्राविधिक र आर्थिक प्रस्ताव अध्ययन गरेपछि मात्र उसले टेण्डर पाउने कि नपाउने यकिन हुने मण्डलको भनाइ छ ।मूल्याङ्कन समिति निर्देशक डा. मण्डलको संयोजकत्वमा छ । समितिमा आपूर्ति केन्द्रका लेखा प्रमुख तारा घिमिरे, खरिद इकाइ शाखाका प्रमुख शम्भु साह, प्रशासन प्रमुख काशी पराजुली, बायोमेडिकल इन्जिनियर कुशल दाहाल छन् । यस्तै, कोशी अस्पतालबाट बायोमेडिकल इन्जिनियर गोविन्द मिश्र र रेडियोलोजिष्ट डा.राजा सुवाल विज्ञको रुपमा समितिमा छन् ।इञ्जिनियर र डाक्टरसहित तीन प्राविधिकले प्राविधिक प्रस्ताव हेरेपछि मूल्याङ्कन समितिले आर्थिक प्रस्ताव हेरेर निर्णय गर्नेछ । हिमालय मेडिकल टेक्नोलोजीले पेस गरेको प्रस्ताव अहिले नै स्वीकृत भइनसकेको केन्द्रका प्रशासन प्रमुख काशी पराजुलीले बताए ।विधिसम्मत रुपमा भएको काममा आपूर्ति केन्द्र र प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिवलाई विवादमा ल्याउने नियोजित प्रयासमात्र भएको उनको भनाइ छ । ‘कतिपय मिडियामा अहिले नै खरिद भइसक्यो भनेजसरी समचार आयो,’ उनले भने, ‘मानवीय त्रुटिलाई लिएर धेरै अतिरञ्जित बनाइयो । सीटीस्क्यान खरिदमा कुनै चलखेल छैन ।’

मुख्यमन्त्री कार्कीको चासो

कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्को १२८ स्लाइसको सीटीस्क्यान मेसिन खरिद गर्ने टेण्डर प्रक्रिया विवाद देखिएपछि मुख्यमन्त्री केदार कार्कीले पनि चासो देखाएका छन् । प्रदेश सरकारले खरिद गर्ने सीटीस्क्यान मेसिनको विषयलाई लिएर समाचार आएपछि बिहीबार मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयका सचिव डा.सुधा देवकोटा र आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.मण्डललाई बोलाएर खरिद प्रक्रियाबारे सोधेका थिए । खरिद प्रक्रियाबारे थप अध्ययन पनि भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. देवकोटाले उपकरणहरु खरिदको प्रक्रिया कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गर्ने भएकाले यसमा आफ्नो कुनै संलग्नता नभएको बताएकी छन् । ‘सबै खरिदको प्रक्रिया आपूर्ति केन्द्रले गर्ने हो,’ उनले भनिन्, ‘प्राविधिक स्पेसिफिकेशन नै लक्ड गरेर खरिद प्रक्रिया अगाडि बढाइएको भन्ने जानकारी मलाई छैन ।’ डा. देवकोटाले यसबारे थप बुझ्ने भन्दै प्रक्रियासम्मत रुपमा सुरु भएको खरिद प्रक्रिया नरोकिने बताइन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.