Gundruk Online
Friday, May 29, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छ: प्राधिकरण

भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छ: प्राधिकरण


भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छ: प्राधिकरण
 नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको  अनुमति लिने एजेन्डा बनाउन आवश्यक रहेको बताएको छ । आज काठमाडौँमा हुने नेपाल र भारतको विदेशमन्त्रीस्तरीय संयुक्त बैठकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम’(आइएलएस) सञ्चालन गर्न भारतसँग सम्झौता गर्नुपर्ने बताएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न भारतको आकाश प्रयोग हुने भएकाले भारत सरकारको अनुमति आवश्यक पर्दछ । भारत सरकारको अनुमतिको लागि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा आइएलएस सञ्चालनको एजेन्डा राखी सम्झौता नै आवश्यक रहेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । प्रवक्ता भुलले जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस् भनी विमानस्थल निर्माणसँगै इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम जडान गरिएको भए पनि भारतको अनुमति नहुँदा अहिलेसम्म सञ्चालन गर्न नसकिएको बताए । उनले भिजिबिलिटी कम हुँदा पनि जहाज उडान तथा अवतरण गराउन सकिने उपकरण आइएलएस भएको र कहिले काहीँ भारतीय विमानले पनि प्रयोग गर्नसक्ने भएकाले दुवै देशले संयुक्त रुपमा सम्झौता गर्न आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय उडानमा सिमरा बाहेक थप अन्य सीमा विन्दुबाट प्रवेश गर्न नपाइने अवस्था रहेकाले अन्य प्रवेश विन्दुबाट पनि नेपालमा जहाज प्रवेश दिने सम्झौता गर्न आवश्यक रहेको बताए । उनले भारतले सिमरा बाहेकका अन्य नेपाल प्रवेश सीमा बिन्दुबाट जहाज उडान गर्न अनुमति दिए हवाई उडान छोटो हुने हुँदा लागत पनि कम हुने र हवाई भाडा पनि कम हुने अवस्था रहेको बताए ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम (आइएलएस) जडान भए पनि सञ्चालनमा नआउँदा जाडो र वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा अहिले पनि जहाजको उडान तथा अवतरण प्रभावित हुँदै आएको छ । भारतको चारदिने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगभएको भेटमा आइएलएस सञ्चालनमा बाटो खुल्यो भने पनि अहिलेसम्म सञ्चालनमा आएको छैन । भारतका विदेशमन्त्री एस जयशंकर दिव्पक्षिय वार्ताका लागि आज नेपाल आउँदै छन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.