Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » माघ पहिलो साता काठमाडौं आउला मेलम्चीको पानी ?

माघ पहिलो साता काठमाडौं आउला मेलम्चीको पानी ?


माघ पहिलो साता काठमाडौं आउला मेलम्चीको पानी ?

 

 काठमाडौं उपत्यकामा करिब ५ महिनादेखि मेलम्चीको पानी वितरण ठप्प छ । गत साउनमा बाढीले सिन्धुपाल्चोकस्थित हेलम्बु मुहान थुनेपछि उपत्यकामा पानीको अभाव खट्किएको हो । खानेपानी मन्त्रालयका अनुसार पुस ३ मा ठेकेदार कम्पनीसँग २८ दिनभित्र पानी ल्याउने गरी समझदारी भएको थियो ।सम्झौताअनुसार माघ १ मा उपत्यकामा मेलम्चीको पानी ल्याउनुपर्ने छ । निर्धारित समयमै पानी ल्याउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।‘अहिलेसम्म तोकिएकै समयभित्र मेलम्चीको पानी काठमाडौं ल्याउन सकिने देखिएको छ,’ पन्तले भने, ‘मुख्य सुरुङलाई जोड्ने सानो सुरुङमा ढुंगा, गिट्टी र बालुवा भरिएको थियो । सफा गर्ने काम भइरहेको छ ।’ प्रतिदिन १७ करोड लिटर पानी ल्याइने उनको भनाइ छ ।मेलम्ची खोलाबाट हेडवर्क्स (पानी डाइभर्सन गर्ने संरचना) निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सन् २०१९ अक्टोबरमा २०२० जनवरीभित्र सक्ने गरी दिइएको थियो । तर त्यस अवधिमा काम सकिएन । सन् २०२१ जुनमा बाढी आएपछि थप काम हुन सकेन । सिनोलाई नै तत्काल भेरिएसन (थप लागत) बाट काम गराउन मन्त्रिपरिषद्बाट निर्णय भएपछि उसैबाट काम गराउन भनिएको हो । त्यही समझदारीअनुसार उसैलाई मर्मतको काम दिइएको छ ।बर्खायामपछि बाढीले पुरेका संरचना सफा गर्नुपर्छ भन्दै सुरुकै ठेक्कामा भेरिएसन गरेर थप काम दिइएको प्रवक्ता पन्तले बताए । सुरुको ठेक्का १ अर्ब २ करोड र पछि भेरिएसनबाट ३६ करोड रुपैयाँ थप भएको हो । तर पटक–पटक ताकेता गर्दा पनि ठेक्का लिने कम्पनी नआउँदा मेलम्चीको पानी काठमाडौं ल्याउनमा ढिलाइ भएको हो । सुरुमा ०७७ चैतदेखि ०७८ जेठ ३१ सम्म काठमाडौंमा मेलम्चीको पानी वितरण गरियो । फेरि ०७८ असार १ मा बाढी आएर मुहानमा क्षति पुगेपछि वितरण रोकियो । ०७८ चैत २९ देखि ०७९ जेठ १८ सम्म पानी आएको प्रवक्ता पन्तले जनाए । ०७९ जेठ १९ पछि धमिलो पानी आउने भएकाले बन्द गरिएको थियो । ‘०७९ मंसिर १८ देखि ०८० असार ७ सम्म पानी आयो,’ पन्तले भने, ‘त्यसपछिको बाढीले पानी आउन बन्द भयो ।’अहिलेसम्म समितिमार्फत भएका काममा ३१ अर्ब रुपैयाँ खर्च भइसकेको छ । समितिले काठमाडौं उपत्यकाको सुन्दरीजलसम्म पानी ल्याउने काम गर्छ । यहाँबाट उपत्यकाका विभिन्न ११ स्थानका वितरण केन्द्रमा पानी पठाइन्छ । वितरण केन्द्रको संरचना बनाउने, पाइप बिछ्याउनेलगायत आवश्यक संरचना निर्माण गर्ने काम मेलम्ची उपआयोजना–२ ले गर्छ । यो उपआयोजनाले निर्माण गरिएका संरचनामा पानी परीक्षण गरेर केयूकेएललाई हस्तान्तरण गर्नेछ । उपआयोजनाअन्तर्गत अहिलेसम्म ३० अर्ब रुपैयाँ खर्च भएको प्रवक्ता पन्तको भनाइ छ । यो वर्ष संरचना निर्माण गर्ने धेरै काम सकिइसकेको मेलम्ची उपआयोजना–२ का आयोजना निर्देशक राजेन्द्र सापकोटाको भनाइ छ ।‘यो पटक पानी वितरणमा हाम्रोभन्दा बढी भूमिका केयूकेएलको हुन्छ,’ उनले भने, ‘चक्रपथभित्र घरघर पानी पुर्‍याउने वितरण प्रणालीमा १ हजार १० किमि पाइप बिछ्याएकोमा १ सय किमि हस्तान्तरण गरिसकिएको छ,’ उनले भने, ‘करिब ५ सय किमि हस्तान्तरण गर्न तयार गरेर राखिएको छ ।’ मेलम्चीको पानी आएपछि ५ सय किमि नयाँ नेटवर्कको पाइपबाट वितरण गर्न सकिने सापकोटाले जनाए । ‘पानी नभएर अहिले तयार भइसकेका पाइपको परीक्षण रोकिएको हो,’ उनले भने, ‘पानी आएपछि परीक्षण सुरु हुन्छ । असारभित्र सबै काम सकेर केयूकेएललाई हस्तान्तरण गर्ने तयारीमा छौं ।’असारसम्म केयूकेएलको केही पुरानो नेटवर्कबाटै पानी पठाइने उनको भनाइ छ । अहिले सुक्खायामको समय भएको र पानी कम भएकाले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पानीको माग धेरै रहेको केयूकेएलका सूचना अधिकारी प्रकाशकुमार राईले बताए । यी जिल्लामा दैनिक ४७ करोड लिटर पानीको माग छ ।

‘दुई साताभित्र मेलम्ची ल्याइछाड्छौं’

साढे छ महिनादेखि रोकिएको मेलम्चीको पानी माघ १ सम्ममा उपभोक्ताको घरघरका धारामा पानी खसाल्ने तयारी गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।बाढीपहिरोका कारण क्षतिग्रस्त सिन्धुपाल्चोकस्थित हेलम्बु मुहानमा थुप्रिएको गेग्य्रान पन्छाएर सुरुङमा पानी पठाउन रातदिन काम भइरहेको मन्त्रालयको भनाइ छ । आयोजनाको क्षतिग्रस्त मुहानमा भइरहेको गेग्य्रान हटाउने कामको निरीक्षणपछि बुधबार मन्त्रालयका सचिव सुरेश आचार्यले आउँदो माघे संक्रान्तिमा उपभोक्ताका घरघरमा पानी खसाइने दाबी गरे ।पानी छिटोभन्दा छिटो काठमाडौं पठाउन तीव्र गतिमा काम गर्न उनले ठेकेदार कम्पनीलाई निर्देशन दिए । गत साउनमा आएको बाढीले हेडवर्क्स क्षतिग्रस्त भएपछि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले गेग्य्रान हटाउने काम गरिरहेको छ । ‘हामी सम्झौताभन्दा केही दिनअघि नै काम सक्ने गरी अघि बढेका छौं,’ आचार्यले भने ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.