Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » आरतीका परिवार भन्छन् : मानव अधिकारको रक्षक नै पीडकको पक्षमा

आरतीका परिवार भन्छन् : मानव अधिकारको रक्षक नै पीडकको पक्षमा


आरतीका परिवार भन्छन् : मानव अधिकारको रक्षक नै पीडकको पक्षमा

 

 राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयमा गुहार माग्दै धर्ना बस्न पुगेका आरती साहका परिवारलाई प्रहरी मंगलबार निषेधित क्षेत्र भन्दै पक्राउ गर्‍यो । पक्राउ पछि दिउँसो ११ बजे तिर उनीहरूलाई ललितपुर प्रहरी परिषद्‌मा राखिएको थियो । मानवअधिकारको रक्षक मानिने राष्ट्रिय मानव अधिकार आयोगले पीडितको पक्ष नदिई उल्टै पीडिक (प्रहरी) को पक्षमा रिपोर्ट निकालेको भर्न्दै आरतीका परिवारले विरोध गरेका हुन् ।जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी आरती साहको शव गत ७ जेठमा घरमै झुन्डिएको अवस्थामा फेला परेको थियो । आरतीका माइती पक्षले उनको हत्या गरिएको भन्दै पति मोती बाबु र ससुरा मदन मोहन साहविरुद्ध जाहेरी दिएका थिए । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको भएपनि १८ असोजमा उच्च अदालत जनकपुरले पति र ससुरा दुवैलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।यो आदेश चित्त नबुझरे पछि आरतीको परिवारले सर्वोच्चमा रिट दायर गरेका थिए । मंसिर २० गते सर्वोच्च अदालतले आरती साहका पति मोती बाबुलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दियो । उनी अहिले पक्राउ परिसेका छन् भने ससुरा मदन मोहनलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।दोषी सजायको भागीदार भइसक्दा पनि आरतीका परिवारले अझै न्याय नपाएको गुनासो गर्दै आएका छन् । त्यसैले ६ महिनादेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना बस्दै आएका थिए । अहिले रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना जारी राखेका छन् । उनीहरू काठमाडौं धर्ना बस्न आउनुको कारण प्रहरीले आफूहरूमाथि ज्यादती, अमानवीय व्यवहार र कुटपीट गरेको आरोप छ ।सम्बन्धित घटनाको सत्यतथ्या छानविन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयसम्म ज्ञापन पत्र बुझाएका छन् । तर, सुनुवाई अहिलेसम्म भएको छैन । प्रहरीले आफूमाथि गरेको मानवीय क्रियाकलापविरुद्ध आवाज उठाइरहँदा आरतीका परिवारले मानव अधिकार आयोगबाट उल्टै पीडितको बेवास्ता गरी प्रहरीको साथ दिएको आरोप लगाएका छन् ।प्रहरी प्रशासन धनुषाले जिल्ला प्रशासनमा बुझाएको राष्ट्रिय मानव अधिकार धनुषा शाखाको पत्रमा आरतीका पीडित पक्षले उल्टै प्रहरी माथि दुर्व्यवहार गरेको आशय प्रष्ट देखिन्छ । जसको विरोध आरतीका परिवारले गर्दै आएका छन् । आरतीका भाइ प्रेमका अनुसार जेठ ३२ गते प्रहरी कार्यालय धनुषामा आरतीका परिवारलाई बकपत्रमा हस्ताक्षर गर्न बोलाइएको थियो ।प्रहरीले आफू अनुकुलको बकपत्र तयार पारेको र त्यसमा जबरजस्ती पीडित पक्षलाई हस्ताक्षर गर्न दबाब दिएको थियो । हस्ताक्षर गर्न नमान्दा प्रहरी र पीडित पक्षबीच झडप भयो । प्रेमका अनुसार बेलुका डिएसपी बेदप्रसाद गौतमले बहिनी मनिषालाई घाँटी समाएर माथि उचाले अनि भुइँमा राखेर लात्त्तै लात्तले हाने ।कुटाइका कारण मनिषाको गुप्तांगबाट रगत बगेको बताउँछिन् । त्यस्तै, आरतीका मामा सन्तोष, बुबा विनोद, आमा निर्मला र भाइ प्रेम गरी पाँच जनालाई प्रहरीले कुटपिट गरेर अमानवीय व्यवहार गरेको बताइएको छ । एसपी विश्व ज खड्काले यिनीहरूलाई थुन भनेपछि केही घन्टा थुनामा राखिएको प्रेमले सुनाए । ‘त्यतिबेला म कुटाइ खाएर अर्धचेत अवस्थामा थिए,’ उनी भन्छन्, ‘मेरो आमा, बहिनी र बुबालाई डीएसपीले गाडी पार्किङ गर्ने ठाउँमा लगेर खुट्टा ढोगाएर बकपत्रमा हस्ताक्षर गरिदिने सर्तमा मामा र मलाई छुटाउने दबाब दिएछन् ।’हस्ताक्षर गरेपछि पाँच जना नै छुटेर आफन्तको मोटरसाइकल चढेर प्रादेशिक अस्पताल पुगे । बेलुका इमरजेन्सी उपचार गरेर भोलिपल्ट बिहान शारीरिक असुरक्षा महसुस गर्दै उनीहरू न्याय खोज्न काठमाडौं आए । असार १ गते बेलुका माइतिघर मण्डलामा धर्ना बसेर आरतीको न्यायसँगै आफूमाथि सुरक्षा दिने प्रहरीबाटै असुरक्षित भएको गुनासो गर्दै आएका छन् ।आरतीका परिवारको अबको माग अमानवीय व्यवहार गरेका प्रहरीलाई घटनाको सत्यतथ्य छानबिन गरी कारबाही गर्नु पर्छ भन्ने रहेको छ । ‘फाइल बोक्दै गृह मन्त्रालय, संसद् समिति जहाँ त्यही पुगेका छौं, सुनुवाइ हुँदैन, उल्टै मानव अधिकार आयोग समेत पीडकको पक्षम देखिन्छ,’ प्रेम बताउँछन्,‘सुनेको थिए, मानव अधिकार पीडितको पक्षमा हुन्छ तर, यहाँ शक्तिको पक्षतिर ढल्किएको पायौं ।’जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतमा पेस गरेको राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयको पत्रमा प्रहरीमाथि आरतीका परिवारले कुटपिट गरेको र पीडित पक्षमा देखिने गरि कुनै चोटपटक नभएको उल्लेख छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.