Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » विद्युतीकरणको प्रतीक्षामा देवघाट गाउँका बासिन्दा

विद्युतीकरणको प्रतीक्षामा देवघाट गाउँका बासिन्दा


विद्युतीकरणको प्रतीक्षामा देवघाट गाउँका बासिन्दा

twitter sharing button
whatsapp sharing button
तनहुँको देवघाट गाउँपालिका–१ का ६० वर्षीय ओमबहादुर गुरुङ लामो समयदेखि बिजुलीको उज्यालो आउने आशामा छन् । लामो समयदेखि गाउँका डाँडापाखाबाट राति देखिने बजारमा बलेको बिजुली गाउँमा बल्ने भनेपछि खुशी भएका ओमबहादुर अहिलेसम्म पनि बिजुली गाउँमा आइनपुग्दा चिन्तामा छन् ।   उनी भन्नुहुन्छ, “बिजुलीको उज्यालोमा बस्ने रहर रहरमै सीमित हुनेभयो, छोरा नातिका पालामा पनि आउने छाँटकाँट देखिँदैन, बल्ल खम्बा गाडिँदैछन्, कहिले आउँछ खै ? त्यहीमाथि काम पनि छिटो गरिएको देखिँदैन, अहिले बिजुलीको प्रयोग गरेर मात्रै धेरै काम गर्ने चलन आएको छ, तर हामी भने उज्यालोमा बस्ने रहरमै रहेका छौँ ।”उनले गाउँका घरमा सौर्य ऊर्जा जडान भएको तर घाम अस्ताएपछि समस्या रहेको बताए । आजकाल मोबाइल चार्ज गर्नसम्म सजिलो भएको उनी बताउछन् । त्यस्तै देवघाट–२ जरमकी जमुना थापा भन्छिन्, “दसैँमा नै बत्ती आउँछ भनेको थियो, तार नै आइपुगेन र बत्ती बलेन, सोलारको बत्तीले घरको काममा सजिलो भएको छ, खम्बा ठडिएको छ, तार आइपुगेकै छैन, अझैसम्म पनि खै कहिले आउँछ ?” देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले हालसम्म पालिकाका सबै वडामा पूर्ण रुपमा विद्युतीकरण नभएको जानकारी दिइन्। उनले भनिन्, “पालिकाका पाँच वडामा नै पूरै स्थानमा विद्युतीकरण भएको छैन, चालु वर्षमा नै पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ ।”  ठेकेदारले खम्बा गाड्न खाल्डो खन्ने काम ढिलाइ गर्नाका साथै तार पनि आइनपुग्दा विद्युतीकरणमा अझ ढिलाइ भएको उनको भनाइ छ । देवघाटका पाँच वटै वडामा पूर्णरुपमा विद्युतीकरण नभएको अध्यक्ष थापाले जानकारी दिइन् । यहाँका अझै करिब पाँच सय घरधुरीमा विद्युत् नपुगेको उनले बताए।  देवघाट विश्वमा परिचित भए पनि यहाँको विकासले भने गति लिन सकेको छैन । यहाँको विकासका लागि मोटरेवल पुल नहुँदा नै मुख्य समस्या बनेको अध्यक्ष थापाको गुनासो छ । उनले भने, “पालिकाको बजेटले ठूला योजनाका पूर्वाधार विकास गर्न सक्दैन, देशको नै समस्याका रुपमा लिएर विकास गर्न सक्नुपर्छ, तर त्यस्तो हुन सकेको छैन, यसतर्फ सङ्घीय र प्रदेश सरकारले पनि प्राथमिकता दिनुपर्छ ।” देवघाटको विकसित मानिएको ५ नं वडामा समेत पूर्ण रुपमा विद्युत् पुगेको छैन । त्यस्तै १, २, ३ र ४ नं वडामा विद्युतीकरण भएको छैन । यस पालिकामा विद्युतीकरणका लागि तार तान्ने तथा खम्बा गाड्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिए । उनले भने, “चालु आर्थिक वर्षमा नै यस पालिकामा पूर्ण रुपमा विद्युतीकरण गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।” देवघाटमा विद्युत् पुग्नासाथ तनहुँ जिल्ला नै पूर्ण रुपमा उज्यालो जिल्ला बन्ने उनले बताए । उनले भने, “अन्य स्थानमा बिग्रने, खम्बामा समस्या आउनु सामान्य हुन्, तर देवघाटका पाँच वडामा विद्युतीकरण हुनासाथ तनहुँ पूर्ण रुपमा बिजुली पुगेको जिल्ला बन्छ ।”   चालु आर्थिक वर्षको असार मसान्तसम्म पालिकाको ग्रामीण वडामा पूर्ण रुपमा बिजुली पुग्ने उनको भनाइ छ । उनका अनुसार हालसम्म तीन वितरण केन्द्रमार्फत तनहुँमा विद्युत् प्रवाह भइरहेको छ । दमौली वितरण केन्द्रमार्फत ३२ हजार एक सय ५२, डुम्रे वितरण केन्द्रबाट १३ हजार एक सय ६४ र आँबुखैरेनी वितरण केन्द्रबाट पाँच हजार छ सय ६४ गरी तनहुँका कूल ५० हजार नौ सय ८० ग्राहकले विद्युत् उपभोग गरिरहेका केन्द्र प्रमुख रेग्मीले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठका अनुसार दमौली वितरण केन्द्रका दुई चार सय ७४, डुम्रे वितरण केन्द्रका दुई हजार ६२ र आँबुखैरेनी वितरण केन्द्रका सात सय ६१ ग्राहकले बक्यौता तिर्न बाँकी रहेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार पाँच हजार दुई सय ९७ ग्राहकको रु दुई करोड ७० लाख ५८ हजार दुई ५२ विद्युत् महसुल बक्यौता रहेको छ । बक्यौता उठाउन ताकेता भइरहेको उनले बताए ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.