Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » नथाक्ने पाइला, नसिद्धिने सौन्दर्य

नथाक्ने पाइला, नसिद्धिने सौन्दर्य


नथाक्ने पाइला, नसिद्धिने सौन्दर्य

facebook sharing button
कहिलेकाहीँ जब आफ्नाहरू नै पराइ हुन्छन् । पराइहरू चाहिँ आफन्त बन्न आउँछन् । यो पवित्र प्रेमको परिणाम हो भनेर सोच्नै धेरै पर्दैन । प्रकृतिले दिएको सुन्दरताको स्वभाव हो । त्यसैले त देश–विदेशका यात्री यात्रामा निस्केर संसार घुमिरहेछन् । यो घुमघामको सौजन्यमा प्रकृति र प्रेम, जीवन र प्रकृति निकट भएर घुमन्तेलाई यात्रामा आत्मबल बढाइदिँदै उत्साहित पारिरहँदोरहेछ । हिँडेर नथाक्ने पाइला, देखेर नसिद्धिने सौन्दर्यमा समाहित हुँदै यात्राले विश्राम लिन नमान्दोरहेछ ।असीम सुन्दरताहरूले यात्रारत हरेक यात्रीहरूलाई मायालु शुभेच्छाको सन्देश दिँदै आरामदायी यात्राको अविस्मरणीय छाप दिने । खुसी निम्त्याएर जिन्दगी रमाउने र बाँच्ने प्रेरणा प्रदान गर्ने । यति भएपछि हिँड्नलाई कठिन पनि नलाग्दोरहेछ । बरू बाटो नछोटियोस्, यसरी नै हिमाल, पहाड, झरना, खोला, वनजङ्गल हेर्दै हिँडिरहन पाइयोस् भन्ने चाहना हुँदोरहेछ ।बाटाभरि यात्री, होटलभरि यात्रीकै हुल । जति हुल भए पनि हुलदङ्गा छैन । बस्न, खान र हेर्नुपर्ने दृश्यको कुनै कमी छैन । मन हर्ने प्रकृतिको शान्त किनार । जहाँ एक देशका, एकै प्रदेशका वा एउटै धर्मकर्मका मानिस होइन अनेक देशका भ्रमणशील मानिसको जत्था, जो एउटै जातधर्म र देश भएर हिँड्नुसम्म हिँडेका छन् । अनि घुमन्ते स्वभावमा मृदुमुस्कानका साथ बोल्दै, हाँस्दै, हेर्दै, रमाउँदै लम्किरहेका छन् । त्यहाँ उमेरको हिसाब छैन । हिँड्न सक्ने र नसक्नेको पनि तुलना गर्न नसकिने रहेछ । दुवै नक्कली खुट्टाको सहाराले पनि मजाले हिँडिरहेछन् । ओछ्यानमा आराम गर्नुपर्ने उमेरकाहरू पनि उकाली र ओराली गर्दै रमाइरहेका छन् ।तिनलाई कुनै अहम् छैन । मिलनसार सबै । प्रकृतिप्रेममा हुरुक्कै । हिमालका प्रशंसक । नेपालप्रेमी पर्यटकहरू । आधार शिविरको यात्रामा लागेपछि आफ्नै देशभन्दा प्यारो ठान्दारहेछन् नेपाली भूमिलाई । हाम्रा प्रकृतिका सच्चा पारखी । हाम्रा जाज्वल्यमान हिमालका भक्त उनीहरू ।  हरियालीको यो घनाजङ्गलमा तिनै पर्यटकहरूको आउजाउ, ओहोरदोहोर ओइरो लागेको छ । जाने गइरहेका छन् उकालो । फर्किने फर्किरहेछन् ओरालो । सबैका अनुहारमा थकितपन, मलिन र निन्याउरो कुनै केहीको आभास महसुस हुँदैन । बरु खुसीका छचल्कन, हाँसोका फोहोरा अनुहारमा प्रतिविम्बित छ । त्यसैले उन्मुक्त उत्साहित पाइला सबैको लम्किरहेको देख्न सकिन्छ ।लुक्लाबाट प्रारम्भ हुने पैदलयात्रामा मन माफिकका प्रकृतिले पाइलैपिच्छे अँगाल्छन् । तिनले आँखैभरि चुम्न आउँछन् । यति भएपछि प्रकृतिको काखमा लुटुपुटु गर्दै यात्राले फड्को मार्न थाल्छ । घनघोर एकान्तको जङ्गली पाटो । तर बाटोले डोर्‍याउँदै पाहुनाहरूलाई सकुशल गन्तव्यतिर लैजान्छ । थाकेर गलेको ज्यानलाई एकछिन बिसाउ भनेर बसिरहन र बिसाइरहन पनि मन नमान्दोरहेछ । अझ अगाडि देख्नुपर्ने नयाँ दृश्यसँग साक्षात्कार हुनुको हतारो सबैलाई हुँदोरहेछ । विदेशी पाहुनाहरूको के कुरा हामी नेपाली मन पनि उत्तिकै ‘एक्साइटेड’ हुँदै हिँड्छ ।यात्रीको गफगाफ, भरियाले बजाएका गीतको गुञ्जन त छँदै छ । यसमा खोलाखहरेको आवाज पनि मिसिएर प्रतिध्वनित हुन पुग्छ । खोट लगाउने ठाउँ नै नभएको सुहाएको सुन्दर र सन्तुलित संयोजन । सुहाउँदो रूप–सौन्दर्य । बैँसालु अङ्ग–अवयवहरूको आकर्षक बान्की प्रदर्शित । तिनैमा लोभी नयन भुतुक्क हुने । यति भएपछि नवागन्तुक मन्त्रमुग्ध । ढुङ्गामा पनि सुन्दर आकृति कपिएको भेटिन्छ । अग्ला चट्टानी पर्वत पनि मिलेर बसेको देखिन्छ । सुरिला रुख, फैलिएका बोटवनस्पतिले पनि प्राकृतिक सौन्दर्य पेस गरिरहेको हुन्छ । झोरझाडीमा पनि प्रकृतिको मुस्कान देख्न पाइन्छ । खोलाखहरेका ढुङ्गामा समेत सौन्दर्यको बिस्कुन सुकाइएको मनोहर दृश्यसँग रमाउन पाइन्छ । मानव निर्मित घरआँगन पनि उसरी नै स्वाभाविक सिँगारिएको, सजाइएको छ ।हेर्दाहेर्दै कति छिटो बाटो छोटिन्छ । देख्दादेख्दै कति दृश्यहरू पछाडि ओझेल पर्छन् र फेरि नयाँ देखा पर्छन् । कति र के मात्र हेर्ने ? झरनाको छङ्गछङ्ग छँदै छ । दुधकोसी नदीको शान्त सुसाइको शीतलता पनि छँदै नै छ । वनमा चराका अनेक जात चरनमा निर्धक्क चरिरहेकै छन् । जनावरका चालचुल पनि सुनिन्छ । आकर्षक होटल, बगैँचा, फूल, बारी र बाटोको सुव्यवस्था उदाहरणीय लाग्छ ।यात्रामा हिँड्ने हिम्मत हुनुपर्ने रहेछ । मात्र खुट्टा नदुखे पुग्ने रहेछ । भोक लागे खान पाइहालिन्छ । प्यास लागे पानी पिउनु छँदै छ । आँखाभरि प्राकृतिक सौन्दर्यले माया गर्न आइहाल्ने रहेछ । अलिकति हिँडेर यसो बिसाउँ कि एकैछिन भन्यो बस्ने ठाउँ आइहाल्छ । चियाकफी, कोकफ्यान्टा, चाउचाउ, बिस्कुट के खाने ? इच्छाअनुसार खान पाइन्छ । हेरेर धित मर्छ तर हेर्नुपर्ने सुन्दरताका दृश्य निख्रिँदैन ।अलिकति उकालो चढेर बिसाउँदै गर्दा लामो झोलुङ्गेपुल देखापर्छ । यही रहेछ ‘हिलारी पुल ।’ यो पुल तरेर पारि पुगेपछि नाम्चे नजिकिँदै आएको थाहा हुन्छ । तर कठिन उकालोको सामना गर्नुपर्ने हुन्छ । साहसी यात्रीका लागि यो केही होइन । तल अहिले भर्खरै छोडेर आएको बाटो, दुधकोसी, होटल, जङ्गल आदि हेर्दा आफूले धेरै यात्रा पार गरिसकेको गर्व पनि लाग्दोरहेछ । हिँड्नलाई जाँगर थपिने रहेछ ।चिसो लेकाली हावाको स्पर्शले रोमाञ्चित हुँदै । अनेक किसिमका वन्य सुगन्धका वासनाले लट्ठ पर्दै । मादक, मनमोहक यी प्रकृतिका छटा, छवि, विम्ब–प्रतिविम्बमा लोभिँदै, लट्ठिँदै । अगाडि बडेमानका चट्टाने पर्वतको गजब आकृति र अवस्थिति हेर्दै । हिँड्नुको मज्जा अलग्गै । हिँडिरहनु एकोहोरो गफ सुन्दै अनेक देशका पर्यटकसँग घुलमिल हुँदै । आहा, कति मज्जा, साँच्चै यो पदयात्रा मार्ग त्यत्तिकै यतिबिघ्न प्रसिद्ध कहाँ हुन्थ्यो होला र ! विदेशीहरू त्यत्तिकै यता कहाँ आएका हुन् र ? सहरभन्दा धेरै टाढा भए पनि मनमाफिकका दृश्य र खानपान सबै सुविधा पाइन्छ । सडक सञ्जालसँग नजोडिएर पनि यी ग्रामीण बस्ती दुर्गमको दुःखमा दुःखी छैनन् । होटल व्यवसायबाट मनग्यै आम्दानी छ । हिँडेरै, पैताला दुखाएरै, भारी बोकेरै गुजारा गर्नेहरू छन् । हर्षले रमाउँदै विकसित देशका पर्यटक दिनहुँ आइरहेकै छन् । थाकेर लखतरान हुँदासम्म पनि खुसीले विभोर छन् । यसरी टाढा टाढाबाट परदेशी पाहुना सर्वाधिक महत्त्वको पदमार्गमा पाइला टेकिरहेछन् । सर्वाेच्च चुली चुचुरा हेर्न धाइरहेका छन् । यो धोको र ध्याउन्नलाई बाटाभरि भेटिने दृश्यहरूले मुस्कानसहित स्वागत गर्छन् ।यस्तो अनुपम प्राकृतिक विरासतमा पाइला चाल्दा जिन्दगीभरकै सन्तुष्टि पाएर अहोभाग्य ठानिरहेछन् प्रत्येक यात्रीले आफूले आफैँलाई । भरदिन हिँडेरै गन्तव्य छिचोल्दै । खुट्टा दुखाउँदै, पहाडपर्वतका कठिनाइ झेल्दै आधारशिविर पुग्नु त अझै टाढा छ । हतोत्साहित नभई बरू उल्लासले उत्साहित पाइलैपिच्छे । प्रेरणा बटुल्दै प्रकृतिबाट । पुग्ने हतारोसँगै बाटोमा देखिने दृश्यपानको तृप्ति र प्यास भनिसाध्य छैन । अक्करे भिर छिचोल्नु त केही होइन उकाली–ओरालीको पट्यारलाग्दो यात्रा सुक्खा, निरस, उदास उदास केही लाग्दैन रहेछ । आँखैमा मायालु म्वाइको मिठासको प्राकृतिक प्रेम पाएपछि । आँखैमा प्रकृतिप्रेमको स्वागतले सत्कार गरेपछि । धेरै देशका अनेक जातधर्मका सयौँ पाहुनाका मुहारमा झल्किने खुसी कति हो कति ! हिँडेर नथाक्ने पाइला, देखेर नसिद्धिने सौन्दर्यमा हिँड्न थालेपछि एकैछिनको खुसी जिन्दगीभरिकै प्राप्ति हुने रहेछ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.