Home » लोसपाले गठन गर्यो चार वटा कार्यदल
लोकतान्त्रिक समाजवादी पार्टीले विभिन्न चार वटा कार्यदल गठन गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार सङ्गठन सुदृढीकरण, विधान संशोधन, विभागहरू गठन, राजनीतिक प्रतिवेदन तयारीका लागि विभिन्न चार वटा कार्यदल गठन गरेको सो पार्टी सचिव मनिष मिश्रले बताए ।वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाको नेतृत्वमा राजनीति कार्यदिशा सम्बन्धी प्रतिवेदन तयार गर्नका लागि १२ सदस्य कार्यदल गठन गरेको छ । त्यस्तै, सङ्गठन सुदृढीकरणका लागि प्रतिवेदन तयार गर्न पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको नेतृत्वमा १९ सदस्यीय कार्यदल गठन गरेको छ ।अर्का वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णको नेतृत्वमा पार्टीको विधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । पार्टीको विभागहरूको सङ्ख्या तय गर्नका लागि अर्का वरिष्ठ उपाध्यक्ष प्रदीपनारायण यादवको नेतृत्वमा १६ सदस्यीय कार्यदल गठन गरेको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.