Gundruk Online
Sunday, September 13, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » पेट्रोलियम, पाम र सोयाबिन तेल कम आउँदा आयात घट्यो

पेट्रोलियम, पाम र सोयाबिन तेल कम आउँदा आयात घट्यो


पेट्रोलियम, पाम र सोयाबिन तेल कम आउँदा आयात घट्यो

पेट्रोलियम पदार्थ, कच्चा पाम र सोयाबिन तेलको आयातमा कमी आउँदा समग्र आयात व्यापार घटेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोडको आयात भएको भन्सार विभागको तथ्यांक छ । यो रकम आर्थिक वर्ष ०७९/८० को पहिलो ५ महिनाको तुलनामा ३.३९ प्रतिशतले कमी हो ।चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ६४ अर्ब ७४ करोडको वस्तु आयात भएको छ । समग्र आयातमा कमी हुनुको प्रमुख कारण पेट्रोलियम र क्रुड खाने तेलको आयातमा कमी आउनु रहेको सरोकारवाला बताउँछन् ।आयात व्यापारमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा पर्छ । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सवा ५ अर्बको पेट्रोलियम पदार्थ, २२ अर्ब १५ करोड रुपैयाँको क्रुड पाम र सोयाबिन तेलको कच्चा पदार्थ आयात घटेको भन्सार विभागको तथ्यांक छ । यस अवधिमा डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास गरी १ खर्ब ११ अर्ब ७६ करोडको आयात भएको छ । ०७९/८० को पहिलो ५ महिनामा १ खर्ब १७ अर्ब २ करोडको पेट्रोलियम आयात भएको थियो ।चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ७ अर्ब २१ करोडको क्रुड सोयाबिन र ५ अर्ब ६५ करोडको क्रुड पाम तेल आयात भएको छ । जब कि ०७९/८० को पहिलो ५ महिनामा २० अर्ब ६८ करोडको क्रुड सोयाबिन, १४ अर्ब ३३ करोडको क्रुड पाम तेल आएको थियो । पेट्रोलियम, क्रुड सोयाबिन र पाम तेल गरी २७ अर्ब ४१ करोड रुपैयाँ आयात घट्दा समग्र आयात व्यापारमा प्रभाव परेको हो । पेट्रोलियम पदार्थको आयात घट्नुको कारण विद्युतीय गाडीमा प्रोत्साहनको नीति हुन सक्ने जानकार बताउँछन् । पाँच महिनाको तुलनामा झन्डै ३ गुणाले विद्युतीय सवारी आयात बढेको विभागको तथ्यांक छ ।विभागका अनुसार गएको पाँच महिनामा ३ हजार ६ सय ७५ थान विद्युतीय कार, जिप, भ्यान आयात भएका छन् । गत आर्थिक वर्षको यही अवधिमा १ हजार ३ सय ५३ थान विद्युतीय कार, जिप र भ्यान आएका थिए । ‘पेट्रोलियम सवारीको विकल्पमा अहिले इलेक्ट्रिक सवारी आएका छन् । विभागको तथ्यांकले पनि यसैलाई पुष्टि गर्छ,’ पूर्वउद्योग सचिव चन्द्र घिमिरेले भने, ‘क्रुड सोयाबिन र क्रुड पाम तेलको आयातमा कमी देखिन्छ । यस्ता तेलको कच्चापदार्थ आयात कम हुँदा त्यसको प्रभाव निर्यातमा पनि परेको छ ।’चालु आर्थिक वर्षको पहिलो ५ महिना मात्रै नभई पछिल्लो २ महिनाको आयात व्यापार क्रमशः घट्दो रहेको विभागको तथ्यांक छ । अर्थतन्त्र शिथिल अवस्थामै रहेको घिमिरे बताउँछन् । अर्थतन्त्र चलायमान हुन सकेको छैन । विकास निर्माणका लागि आउने सामान आयातमा आएको कमीले पनि यसमा प्रभाव पारेको बताइन्छ । ‘खाद्यवस्तुको आयात घट्नु सकारात्मक हो, । यसले स्वदेशमै उत्पादन बढेको देखाउँछ । तर तथ्यांकले खाद्यवस्तुभन्दा कच्चापदार्थ आयात र विकास निर्माणमा चाहिने वस्तुको आयात घटेको देखिन्छ,’ पूर्वसचिव घिमिरेले भने, ‘मुलुकको व्यापारको अवस्थाले अर्थतन्त्र अझै सकारात्मक अवस्थामा देखाउँदैन ।’ सर्वसाधारणसँग पैसा नभएर पनि आयात र उपभोग घटेको जानकार बताउँछन् ।निर्यात व्यापार पनि सन्तुष्ट हुने अवस्थामा नरहेको विभागले जनाएको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा निर्यात व्यापार ६.०९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनामा ६७ अर्ब ३० करोडको निर्यात भएको वस्तु अहिले ६३ अर्ब २० करोडमा झरेको छ । निर्यात बढाउनकै लागि सरकारले तुलनात्मक लाभका वस्तु घोषणा गरेको छ । तर ती वस्तुबाट सरकारले फाइदा लिन सकेको छैन । निर्यातको क्रममा गुणस्तरीय वस्तु दिन सकेको पनि छैन । प्रयोगशालाको पनि समस्या भएकै कारण निर्यात बढ्न नसकेको घिमिरेले जनाए ।निर्यात बजारमा क्रुड सोयाबिन, पाम र सनफ्लावर तेलको भूमिका महत्त्वपूर्ण रहन्छ । तेस्रो मुलुकबाट आयात हुने यी तेल व्यवसायीले रिफाइन गरेर भारत निर्यात गर्छन् । तर चालु आर्थिक वर्षको पहिलो ५ महिनामा यी वस्तुको आयात पनि घटेको छ, जसले गर्दा निर्यात व्यापार पनि घटेको छ । पछिल्लो समय गलैंचा र कार्पेटको निर्यात पनि घटेको पूर्वसचिव घिमिरेले जनाए । आयात र निर्यात घट्दा समग्र व्यापार घाटामा पनि कमी आएको छ । विभागका अनुसार ५ महिनामा व्यापार घाटा ३.०९ प्रतिशतले घटेर ५ खर्ब ७९ अर्ब पुगेको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.