Home » वैदेशिक रोजगारीमा हुँदा टिकटक मार्फत चिनजान, नेपाल फर्केपछि बलात्कार
वैदेशिक रोजगारीमा कुवेतमा रहँदा काभ्रेका उमेश लामा र काठमाडौँमा बस्ने एक युवतीबिच सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत कुरा भइरहन्थ्यो । कुवेतबाट नेपाल फर्केपछि उनीहरूले भौतिक रूपमा चिनजान र भेटघाट गरे । उनीहरू बिचको दोस्ती ‘प्रेम’मा बद्लियो ।उनीहरूको बिचमा विवाह गर्ने सहमति भयो । भक्तपुरमा फरक–फरक ठाउँमा भेटिराख्ने उमेशले एक दिन युवतीलाई भने–‘हामी विवाह नै गर्ने त होनी ।’ युवतीलाई विवाह गर्ने सर्तमा उमेशले बलात्कार गरे । उमेश काभ्रेपलान्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–८ का स्थानीय हुन् ।तर, सँगै घरजम गर्ने सर्तमा शरीर सुम्पेकी युवतीलाई थाहै नदिई उमेश फेरी कुवेत फर्किए । उनी सम्पर्कविहीन भएपछि युवतीले सम्पर्क गर्ने हर प्रयास गरिन् । परिवारसँग कुरा गर्दा परिवारका सदस्यहरूले गैह्र जिम्मेवार जवाफ दिए । त्यसपछि उनी प्रहरीकहाँ पुगिन् ।युवतीको जाहेरीका आधारमा इन्टरपोलबाट उमेश विरुद्ध रेड नोटिस जारी गरिएको थियो । उमेशलाई पक्राउ गर्न नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।इन्टरपोलको सहयोगमा उमेशलाई कुवेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाबारे प्रहरी वृत जगातिले अनुसन्धान गरिरहेको छ । पीडितले दिएको बलात्कारको जाहेरीका आधारमा अदालतबाट म्याद लिएर उनिबारे अनुसन्धान भइरहेको प्रहरी वृत जगातिकी डिएसपी दिप्ती कार्कीले रातोपाटीलाई बताइन् । उनले भने–‘सल्लाघारी र भक्तपुरको विभिन्न ठाउँमा बलात्कार भएको उजुरी दर्ता भएको थियो, हामि अनुसन्धान गर्दै छौं ।’उमेश भक्तपुरका विभिन्न ठाउँमा भेटेर ‘विवाह गर्ने त होनी’ भनेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । पीडितले प्रलोभन देखाएर धोका दिएको आरोप लगाएकी छन् ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.