Home » सर्वोच्चका मुख्य रजिस्ट्रार कुँवर र रजिष्ट्रार पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस
न्यायपरिषद्ले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल (भट्टराई) लाई क्रमशः उच्च अदालत पाटन र पोखराको न्यायाधीशमा सिफारिस गरेको छ । त्यस्तै न्यायपरिषद्ले उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्र बहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा सरुवा गरेको छ ।न्यापरिषद्ले राजश्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश टङ्क प्रसाद गुरुङलाई तोक्ने परामर्श दिएको छ ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.