Gundruk Online
Wednesday, February 11, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » चुनाव हारेका माओवादी नेता राष्ट्रिय सभा ताक्दै

चुनाव हारेका माओवादी नेता राष्ट्रिय सभा ताक्दै


चुनाव हारेका माओवादी नेता राष्ट्रिय सभा ताक्दै
 गत प्रतिनिधिसभा निर्वाचनमा पराजित माओवादी केन्द्रका वरिष्ठ नेताहरूले राष्ट्रिय सभा सदस्यका लागि लबिइङ सुरु गरेका छन् । राष्ट्रिय सभाबाट माघ २० मा खाली हुन लागेका १९ सिटका लागि माघ ११ मा हुने निर्वाचनमा आकांक्षीको लर्को लागेको हो ।सबै सिटका लागि सत्ता गठबन्धन मिलेरै निर्वाचनमा जाने तयारी गरिरहँदा माओवादीले सात सिटमा दाबी पेस गरेको छ । जसका लागि चुनाव हारेका वरिष्ठदेखि झन्डै एक सय जना आकांक्षी माओवादीबाटै देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।राष्ट्रिय सभामा प्रवेश चाहने माओवादी नेताहरूमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव तथा सचिव चक्रपाणि खनाल छन् । उनीहरू प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका पराजित उम्मेदवार हुन् । पराजित नेताहरूलाई राष्ट्रिय सभामा लैजान नहुने आवाज पार्टीभित्रै उठ्न थालेको छ । पछिल्लो समय उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू पदका लागि दौडधुप गरिरहेकाले त्यो रोग राष्ट्रिय सभा निर्वाचनमा पनि देखिएको हो ।सातै प्रदेशलाई केन्द्र मानेर हुने निर्वाचनमा मुख्यगरी कांग्रेस र माओवादीबीच सिट बाँडफाँटको तयारी छ । त्यसपछि एकीकृत समाजवादी, जसपाका लागि सिट दिने तयारी छ । माओवादीको बिहीबारको पदाधिकारी बैठकले सातै प्रदेश समितिलाई पुस १५ भित्र राष्ट्रिय सभा उम्मेदवारका लागि नाम पठाउन परिपत्र गरेको छ । लगत्तै वरिष्ठ नेताहरूले नै समितिलाई आफ्नो नामका लागि दबाब दिन थालेका छन् । उक्त दबाब झेल्न प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कठिन हुने एक पदाधिकारीले बताए । ‘प्रधानमन्त्रीले राष्ट्रिय सभामा जान चाहने वरिष्ठ नेताहरूलाई रोक्न सजिलो छैन । यसअघि नै उनले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पठाइसक्नुभएको छ,’ ती नेताले भने । श्रेष्ठ गोरखा–२ बाट पराजित भएका थिए ।राष्ट्रिय सभा सदस्यका लागि आकांक्षी उपाध्यक्ष भुसाल गत वर्ष भएको आम निर्वाचनमा ललितपुर–३ बाट पराजित भएकी थिइन् । उनी तीन पटक मन्त्री र दुई पटक सांसद भइसकेकी छन् । उनी २०६४, २०६५, २०६८ मा मन्त्री भएकी थिइन् । २०७४ मा ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्य र २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभामा जान रुचि देखाएका महासचिव गुरुङ प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट पराजित भएका थिए । उनी २०६३ र २०६५ मा मन्त्री भइसकेका छन् ।२०६३ देखि २०६४ सम्म अन्तरिम संसद् सदस्य र २०६४ देखि २०६८ सम्म पहिलो संविधानसभा सदस्य भएका थिए । अर्का आकांक्षी उपमहासचिव पोखरेल महोत्तरी–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार भई पराजित भएका थिए । उनी चार पटक मन्त्री भइसकेका छन् । राष्ट्रिय सभा सदस्यका अर्का आकांक्षी उपमहासचिव यादव पनि धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका पराजित उम्मेदवार हुन् । उनी यसअघि दुई पटक मन्त्री र दुई पटक सांसद भइसकेका छन् । शान्ति प्रक्रियामा आएपछि उनी अन्तरिम व्यवस्थापिका संसद्को सदस्य, अन्तरिम सरकारमा वन तथा भूसंरक्षणमन्त्री, २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद, त्यसपछि भूमिसुधार तथा व्यवस्थामन्त्री भएका थिए । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।सचिव चक्रपाणि खनाल कपिलवस्तु–१ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । एक पटक मन्त्री भएका उनी यस पटक राष्ट्रिय सभामा जान चाहना राखेका छन् । २०७४ मा कपिलवस्तु–१ बाट प्रतिनिधिसभा सदस्य, २०७५ मा कृषि तथा पशुपन्छी विकासमन्त्री र २०६५ मा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएका थिए । प्रधानमन्त्री दाहालको प्रमुख सल्लाहकारबाट मंसिर तेस्रो साता राजीनामा दिएका हरिबोल गजुरेल पनि राष्ट्रिय सभा सदस्यका अर्का आकांक्षी देखिएका छन् । त्यसैगरी, आकांक्षीको सूचीमा माओवादीका सचिवहरू लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य पनि देखिएको बालुवाटार स्रोतले जनाएको छ ।पछिल्लो निर्वाचनमा पराजित भएकै नेताहरूले राष्ट्रिय सभा ताक्न नहुने तर्क पार्टीभित्रै सुरु भएको छ । माओवादी सचिव देवेन्द्र पौडेलले चुनाव हारेपछि पाँच वर्ष धैर्य गर्न सक्नुपर्ने टिप्पणी गर्दै हारेको वर्ष दिन नबित्दै राष्ट्रिय सभा ताक्नुले राम्रो सन्देश नजाने बताए । ‘चुनाव हार्नु भनेको पाँच वर्षका लागि जनताले अस्वीकार गरेको हो । अर्को चुनावसम्म धैर्य नगरी राष्ट्रिय सभामा जाँदा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार नभएका र लामो अनुभव भएका व्यक्तिलाई राष्ट्रिय सभामा लैजानु ठीक हुन्छ ।’ राष्ट्रिय सभालाई अभिभावकीय भूमिकाको कल्पना गरेकाले पनि लामो राजनीतिक अनुभव भएका र समावेशी ढंगले उम्मेदवार बनाउनुपर्ने उनले बताए ।पराजित व्यक्तिलाई राष्ट्रिय सभामा लान खोज्नु विद्यमान राजनीतिक प्रणालीको खिल्ली उडाउनु भएको राजनीतिशास्त्रीको पनि तर्क छ । पृथ्वीनारायण क्याम्पस पोखराका राजनीतिक विभाग प्रमुख प्राध्यापक थानबहादुर क्षेत्रीले दलहरू निर्वाचनमा टिकट किनबेच गर्ने व्यापारी जस्ता भएको आरोप लगाए । ‘दलहरूमा राजनीतिक मूल्यमान्यता, नैतिकता ह्रास हुँदै गएकाले लोकतन्त्रको अभिन्न अंग निर्वाचनलाई बेवास्ता गरेका छन्,’ उनले भने, ‘प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिहरू एक वर्षमै राष्ट्रिय सभामा जानु निर्वाचन प्रणालीलाई अवमूल्यन गर्नु हो ।’ उनले सिद्धान्तलाई बेवास्ता गरी ‘जो आए पनि हुल्ने’ प्रवृत्तिका कारण दलहरू मर्दै गएको बताए । ‘निर्वाचनमा पैसा दिने मान्छेलाई टिकट दिने, जो आए पनि पार्टीमा हुल्ने गरेका कारण दलहरू मर्दै छन्,’ उनले भने ।माओवादीका सुदूरपश्चिम प्रदेशबाट महेशकुमार महरा (अपांगता भएको व्यक्ति अल्पसंख्यक), कोशीबाट बिना पोख्रेल (महिला) र सुदूरपश्चिमबाट हरिराम चौधरी (अन्य समूह) राष्ट्रिय सभाबाट बाहिरिँदै छन् । आफूले जितेका प्रदेशसहित माओवादीले सात सिट दाबी गर्ने बताएको छ ।माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ०७४ को निर्वाचनमा गोरखा–२ बाट पराजित भएको दुई वर्षपछि ०७६ फागुनमा गण्डकी प्रदेश अन्य समूहबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । त्यसबेला उनको चर्को अलोचना भएको थियो । राष्ट्रिय सभा सदस्य हैसियतले उनी हाल उपप्रधान तथा गृहमन्त्री छन् । माओवादीभित्र चुनावमा हारेर पनि राष्ट्रिय सभामा प्रवेश भएको गलत नजिरलाई फेरि लागू गर्न खोजेको चर्चा हुन थालेको छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.