Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको बिचल्ली

भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको बिचल्ली


भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको बिचल्ली

 

 दुई दाजु, एक बहिनीसहितको पाँच जनाको परिवार । जेठो दाजु २८ वर्षीय गगन राना सुस्त मनस्थितिका, आमा बली रानाको तीन वर्षअघि निधन भएपछि यसै पनि परिवारमा बज्रपात परेको थियो नै । गत कात्तिक १७ को भूकम्पमा परी घरमूली बुबा ढोली रानाको पनि मृत्यु भएपछि यतिबेला जाजरकोटको भेरी नगरपालिका–१ घुइल्नेटाका १३ वर्षीय डण्डराज र ८ वर्षीया निशाको बिचल्ली भएको छ । घरबाट ४५ मिनेटको पैदल दूरीमा भए पनि डण्डराज भूकम्पपछि बागेश्वरी आधारभूत विद्यालय जान सकेका छैनन् । सूर्योदय आधारभूत विद्यालयमा पढिरहेकी निशा आक्कलझुक्कल विद्यालय गए पनि पढाइमा मन लगाउन सकेकी छैनन् । ‘एक त उनी विद्यालय नै आएकी छैनन्, आए पनि पढाइमा मन लगाउन सकेकी छैनन्,’ सूर्योदय आविका प्रधानाध्यापक प्रभाकर शर्माले भने, ‘मानसिक रूपमा विक्षिप्तजस्तै छिन्, हामीलाई नै सम्हाल्न गाह्रो भइसक्यो ।’यतिबेला बहिनीदाजुहरू स्वयंसेवकले बनाइदिएको अस्थायी टहरोमा आश्रय लिइरहेका छन् । जाजरकोटकै नलगाड नगरपालिका–१ चिउरीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयकी कक्षा ३ की छात्रा मुना विकले पनि भूकम्पमा आमा गुमाउनुपर्‍यो । यतिबेला बुबा दलवीरसहित बाजेबज्यैसँग बसिरहेकी उनी पनि विद्यालय जान सकेकी छैनन् । ‘आमा सम्झिएर दिनहुँ रोइरहन्छे, न स्कुल जान मन गर्छे, न राम्ररी सुत्न, खान नै सकेकी छे,’ दरवीरले भने, ‘उसैलाई चिसोले २ हप्ता थला पार्‍यो, अहिले सम्हाल्नै गाह्रो भएको छ ।’भूकम्पका कारण अभिभावक गुमाएका यहाँका बालबालिकाको यतिबेला बिचल्ली भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार जिल्लाभरि झन्डै २ सय बालबालिकाले भूकम्पमा अभिभावक गुमाएको हुन सक्ने बताउँछन् । ‘ठ्याक्कै तथ्यांक त कसैसँग छैन, तर अभिभावक गुमाएका त्यस्तै २ सय बालबालिकामा मानसिक समस्या देखापरेको छ,’ सुनारले थपे, ‘उपयुक्त बासस्थान र पोसिलो खानेकुरा नहुँदा बालबालिकामा स्वास्थ्य समस्या पनि थपिएको छ ।’ अभिभावक गुमाएर बिचल्लीमा परेका केही बालबालिकालाई भने आफन्तले सहारा दिइरहेका छन् । ‘तर आमाबाबुसँग भएजस्तो त कहाँ हुन्छ र ?, बरु यस्ता बालबालिकालाई बालआश्रम वा दाताको संरक्षणमा राख्न सके तै बिसेक हुन्थ्यो कि ?,’ प्रजिअ सुनारले भने, ‘हामी पनि उनीहरूलाई जिम्मा लिने दाताको खोजीमा छौं ।’नलगाड नगरपालिका–१ चिउरीकी ८ वर्षीया प्रेमकली विक कोपिला भ्याली विद्यालयमा कक्षा ३ मा पढिरहेकी छन् । बाबु हिरे र आमा चन्द्रकली विकको भूकम्पमा परी मृत्यु भएपछि झन्डै १ महिना उनी काकाको परिवारको सहारामा त्रिपालमा बसिन् । पछि उनकै विद्यालय राहत लिएर गाउँमा आउँदा प्रेमकलीको बिचल्ली देखेपछि सुर्खेत लिएर गएको वडाध्यक्ष धनबहादुर महरले बताए । भने, ‘अभिभावक गुमेपछि बालबालिका बिचल्लीमा परे, आफन्तको पनि बिजोग छ ।’रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१४ बाँके पीपलगैराका १२ वर्षीय नवीन मल्ल टोलाएर बसिरहन्छन् । दाइ सर्जन र तिलकले जति सम्झाए पनि उनलाई विद्यालय जानै मन छैन । कर गरेर पठाए पनि कक्षामा एकोहोरिएरै बसिरहन्छन् । भूकम्पका कारण आमा र घर गुमाएपछि विक्षिप्तजस्तै बनेको नवीनको परिवारका अन्य पुरानै दैनिकीमा फर्किने प्रयास गरिरहे पनि सानै उमेरका नवीनले भने अझै पीडा बिर्सन सकेका छैनन् । ‘आमा पनि छैनिन्, घर पनि छैन,’ नवीन दुखेसो पोख्छन्, ‘यस्तोमा पढ्नै मन लाग्दैन ।’ सानीभेरी गाउँपालिका–४ गाउँबारीका ६ वर्षीय प्रवेश ओली र एक वर्षकी बहिनी मिरिकाको अवस्था पनि बिजोगकै छ । भूकम्पका कारण बुबाको मृत्यु भएपछि आमा माया घर्ती ओली अहिलेसम्म पनि सामान्य हुन सकिरहेकी छैनन् । ‘घरका मूली नै मरिगए, बस्ने घर पनि ढलिगो । यी लालाबाला हेरेर चित्त बुझाउँदै छु,’ मायाले निराशा पोख्दै भनिन्, ‘बाँचेका हामी पनि मरेका झैं भयौं ।’रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ४२, सानीभेरी गाउँपालिकामा १० र चौरजहारी नगरपालिकामा १ गरी भूकम्पका कारण यहाँ ५३ जनाले ज्यान गुमाएका थिए । भूकम्पका कारण अभिभावक गुमाएका बालबालिकामा पीडासँगै मानसिक त्रास रहेको सानीभेरी गाउँपालिकाका बालअधिकार अधिकृत मानवीर ओलीले बताए । ‘एकातिर त्यो भयानक दुर्घटनाको नकारात्मक छाप उनीहरूको मन–मस्तिष्कमा गढेको छ भने अर्कोतिर अभाव,’ उनी भन्छन्, ‘यसकारण पनि यहाँ समस्या छ ।’बालबालिकाको लालनपालनदेखि पढाइलेखाइ र रेखदेख गर्ने अभिभावकको निधनले आठबीसकोटका १७ जना बालबालिका यतिबेला सहाराविहीन भएको पालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर विष्टले बताए । आठबीसकोट–१० झिन्चौरका खड्गबहादुर कामीको भूकम्पमा परी ज्यान गएपछि उनका ६ देखि १८ वर्षसम्मका ४ सन्तान बिचल्लीमा परेको छ । घरसँगै श्रीमान् गुमाएकी शशि सुनार बसोबासको चाँजोपाँजो र सन्तानको रेखदेखमा समस्या परिरहेको बताउँछिन् । ‘त्रिपालमुनिको बास छ । अस्थायी टहरो कहिले बन्ने हो, पत्तो छैन । भूकम्पबाट बाँचेका यी छोराछोरीलाई नै रेखदेख गर्न गाह्रो भइसक्यो,’ उनले भनिन्, ‘सरकार र अरूले सकेको सहयोग गर्नुभएकै होला । तर, त्यो हामीलाई हात्तीको मुखमा जिराजस्तो मात्रै छ ।’ बेसहारा बनेका भूकम्प प्रभावित बालबालिकालाई सहयोगको जरुरत भएको भन्दै आठबीसकोटका नगर प्रमुख रवि केसीले नगरपालिकाबाट थप सहयोगका लागि पहल भइरहेको बताए । उनले भने, ‘यस्ता बालबालिकाका लागि अब दीर्घकालीन सहयोगबारे सोच्नुपरेको छ ।’सहाराविहीन बनेका बालबालिकाको रेखदेख र पठनपाठनका लागि स्थानीय सरकारले नै पहिलो अभिभावकीय जिम्मेवारी लिनुपर्ने सानीभेरी गाउँपालिकाका बालअधिकार अधिकृत ओलीको धारणा छ । ‘विभिन्न संघसंस्थाको सहयोगमा यस्ता बालबालिकालाई मनोसामाजिक परामर्श दिने काम अघि बढाएका छौं,’ उनले भने, ‘तर, यतिले मात्रै पुग्दैन, दीर्घकालीन समाधानका लागि सरोकारवाला सबैको चासो र चिन्ता हुनु जरुरी छ ।’ सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले भूकम्पका कारण बेसहारा बनेका बालबालिकाको पढाइ खर्चलगायतका आधारभूत आवश्यकता पूरा गरिदिने कुरामा स्थानीय सरकारबाट सहयोग उपलब्ध गराउने आश्वासन दिए । ‘कोही दाताले राम्रो सहयोग गर्छु भनेको खण्डमा पनि हामी सहकार्य गर्न सक्छौं,’ उनले भने ।भूकम्प प्रभावित क्षेत्रमा दुई सातासम्म उपचारमा खटिएका सुर्खेतस्थित कर्णाली केयर अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले भूकम्पमा अभिभावक गुमाएपछि जाजरकोट र रुकुम पश्चिमका बालबालिकामा स्याहारसुसार नहुँदा चिसोले झाडापखाला, निमोनिया, रुघाखोकी, ज्वरोलगायत स्वास्थ्य समस्या देखिएको बताए । ‘एक त एकसरो लुगा र त्रिपालको भरमा रहेका उनीहरू स्वास्थ्य समस्यामा छन्, त्यसमा पनि बाबुआमा नहुँदा विभिन्न स्वास्थ्य समस्या देखिएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा उनीहरूको स्वास्थ्य अवस्था र पालनपोषणमा सरकारी सहयोगको खाँचो छ ।’बालबालिकाको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपालका क्षेत्रीय संयोजक सिद्धराज पनेरुले भूकम्पमा अलपत्र परेका बालबालिकाको अवस्थाबारे अध्ययन गरिरहेको बताए । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खडकबहादुर पोखरेलले भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको संरक्षणका लागि एकीकृत कार्यविधि बनाई कार्यान्वयनमा लगिने बताए । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा झन्डै ५५ हजार परिवार विस्थापित छन् । जसमा करिब २ लाख बालबालिका प्रभावित भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।भूकम्पमा दुवै जिल्लामा ३२ जना बालबालिकाले ज्यान गुमाएका थिए भने भूकम्पपछिको चिसोबाट जाजरकोटमा २ बालबालिकाको ज्यान गएको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.