Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » जसले फलाए १६८ मुरी धान

जसले फलाए १६८ मुरी धान


जसले फलाए १६८ मुरी धान

 

 बम्जन दम्पतीको खलोमा बुधबार स्थानीयको घुइँचो थियो । गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि र कर्मचारी पनि खलोमै थिए । धान बताइसकेर लगाइएको रासछेउमा फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका किसान मकरबहादुर बम्जन (तामाङ) र टीकामाया दम्पती मखलेल अवस्थामा भेटिए ।स्थानीय भन्दै थिए, तामाङ बूढाबूढीले धेरै अन्न फलाउन जमिनदार नै हुनुपर्छ भन्ने कुरालाई गलत साबित गरिदिए, पाखुरा बजार्ने हो भने गाउँमै गरिखान सकिन्छ भन्ने पनि देखाए । स्थानीयले यसो नभनून् पनि किन, परिवारमा श्रीमान्/श्रीमती र ८० वर्षीया बूढी आमा मात्रै भए पनि उनीहरूले आफ्नै २ रोपनी र अधियाँ तथा कुतमा खेत लिएर १ सय ६८ मुरी धान फलाएका हुन् ।गाउँपालिकाले यस वर्षदेखि सय मुरीभन्दा धेरै धान फलाउनेलाई ५० हजार र ५० मुरीभन्दा बढी फलाउनेलाई ३० हजार रुपैयाँ दिएर पुरस्कृत गर्ने योजना ल्याएको थियो । ५५ वर्षीय मकरबहादुर र ५९ वर्षीया टीकामायाले १ सय ८५ मुरी धान फलाएको दाबीसहित निवेदन दिएका थिए । यही निवेदनपछि जनप्रतिनिधि र कर्मचारीले माना–पाथी र तराजु बोकेर उनको खेतमै नापजाँचमा पुगेका थिए । गाउँपालिकाको योजना तथा प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीले तामाङ दम्पतीले फलाएको धान पाथीले भर्दा ३ हजार ३ सय ६० पाथी (१ सय ६८ मुरी) र किलोमा जोख्दा ८ हजार ४ सय किलो हाराहारी पुगेको बताए ।मकरबहादुरले नवमीडाँडा, फाल्गुनन्द–७ को काब्रेती, खलासाइले, घरमुनि, करमबोटे र सिस्ने गरी ५ वटा बेंसीमा ३ मुरी ४ पाथी (६४ पाथी) बीउ रोपेको बताए । उनले सुनाए, ‘सबै खेतमा बाँझो जोत्न मात्र ३८ हल गोरु र ३८ जना हली प्रयोग गरिएको थियो, रोपाइँमा ३० हल गोरुसहित बाउसे, रोपाहार, ब्याडे र कोदाले गरी डेढ सय हाराहारीमा जनशक्ति लाग्यो ।’अधियाँ लिएर खेतीपाती गर्दा जति फलेको हो, आधा–आधा बाँड्नुपर्ने र कुतमा भने उत्पादनको तीन भागको एक भाग मात्रै आफूलाई आउने उनले बताए । खेतीपाती गरेरै पनि खान लाउन पुग्छ भनेर मकरबहादुरले धेरै ढिलो गरी थाहा पाएका हुन् । २०५६ सालमा रोजगारीको खोजीमा साउदी अरब पसेर उतै चार वर्ष बिताएका मकरबहादुरलाई स्वदेश फर्केपछि पनि जाउलो (भात) खान चाडबाड कुर्नुपर्थ्यो । उनले सुनाए, ‘अहिले वर्षमा ३ लाख रुपैयाँ त धान बेचेरै कमाउँछु ।’फाल्गुनन्द गाउँपालिकाले बसाइँसराइको क्रम तीव्र भएसँगै गाउँघरका खेत बाँझै हुन थालेपछि किसानलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गरेको हो । त्यसो त मकरबहादुरकै ५ सन्तान पनि अहिले गाउँमा छैनन् । २ छोरी बिहे गरेर घर गए भने तीन छोरा झापाको दमकमा बस्दै आएका छन् । पत्नी टीकामायाले सुनाइन्, ‘साथीभाइ गुहार्दै धान रोप्छौं । घाँस काट्नदेखि जाँड छान्नसम्म खेताला लगाएर मेलो उकास्छौं ।’ बिस्तारै मानिसले थातथलो छोड्न थालेपछि खेतीयोग्य जमिन बाँझिँदै गएको टीकामायाले सुनाइन् ।‘मिहिनेत गर्नेका लागि यो अवसर पनि हो,’ उनले भनिन्, ‘पहिले खान–लाउनकै दुःख थियो । अहिले अधियाँ गर्न थालेपछि अनिकाल त सधैंका लागि टर्‍यो नै, धानै बेचेर पनि कमाउन थालेका छौं ।’ नगद कमाइका अलावा २ हल गोरु, २ माउ भैंसीसहित ८ वटा बस्तुलाई वर्षभरि खुवाएर १ लाख रुपैयाँ पराल बेचेरै आम्दानी गर्ने पनि उनले सुनाइन् ।गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले पहाडको दुर्गम भेगमा एउटै परिवारले १ सय ६८ मुरी धान फलाएको सुन्दा सुरुमा त आफूहरू चकित परेको बताए । उनले भने, ‘खेतमै पुगेर तौलेपछि मात्रै पत्यार भयो ।’ स्थानीय तहका जनप्रतिनिधिहरू तामाङको खलामा आउनुभन्दा एक साताअघि फाल्गुनन्द–७ का गणेशकुमार चेम्जोङको खलामा धान जोख्न पुगेका थिए । चेम्जोङको खलामा भने १ सय २१ मुरी धान पुगेको थियो । चेम्जोङले भने, ‘हली–गोठालाको पनि दिन आउँदो रहेछ, जीवनमा पहिलो पटक हाम्रो खला खेतमा आएका जनप्रतिनिधिले पुरस्कार दिन योग्य ठहर्‍याए ।’अध्यक्ष आङदेम्बेले यस वर्ष ४२ जना किसानले ५० मुरीभन्दा धेरै धान फलाएको भन्दै निवेदन दिएको र तीमध्ये २८ जनाले ५० मुरीभन्दा धेरै र २ जनाले १ सय मुरीभन्दा धेरै धान फलाएको पुष्टि भएको बताए । प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बसाइँसराइका कारण ग्रामीण क्षेत्रका उर्वर भूमि बाँझिन थालेपछि किसानलाई प्रोत्साहित गर्न यस्तो नीति बनाइएको बताए । गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले गाउँपालिकाले अर्को वर्षदेखि मकै र तोरीजस्ता बालीलाई पनि प्रोत्साहन गर्ने गरी छलफल भइरहेको बताए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.