Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक

प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक


प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक

। सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्ने गरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्ला स्थित राजनैतिक दलहरूले भर्त्सना गरेका छन् ।नेपाली कांग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले सञ्चालन तयारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल अविलम्ब उद्घाटनको माग गरेको छ । सर्वदलीय बैठकले चार वर्षअघि नै प्रदेश प्रहरी अस्पताल इनरुवामै रहने सहमति बमोजिमको प्रक्रिया अघि बढाइएको विषयलाई जोड्दै अस्थायी रूपमा अन्यत्र गएको भनेको छ । बैठकले अस्थायी रूपमा बेलबारीबाट सेवा थाल्दै आएको प्रदेश प्रहरी अस्पताल स्वयंले उपयुक्त स्थान र दाता खोजीका क्रममा जिसस सुनसरीले उपलब्ध गराएको संरचना उपयुक्त ठानी सेवा बिस्तारका लागि रोजेको स्पष्ट पारेको छ । प्रहरीको प्राविधिक टोलीसहित कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहितको टोलीले दुवै तर्फका पूर्वाधार संरचनाको अध्ययन गरी इनरुवा उपयुक्त ठहर गरेको दलको ठहर छ । पूर्वपरिपत्र र सूचनाका आधारमा बेलबारीबाट अस्पताल इनरुवा सारिएको दाबी गरेका सुनसरीका दलीय अगुवाहरूले राजनैतिक आडमा अस्पताललाई इनरुवाबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । सर्वदलीय बैठकले इनरुवामा उद्घाटन तयारी अवस्थामा रहेको अस्पतालको विषयमा विवाद सृजना गराउने काम भएको भन्दै अस्पताल संरक्षणका लागि आफूहरू सडक सङ्घर्षमा उत्रन समेत तयार रहेको जनाएको छ ।सर्वदलीय बैठकको नेतृत्व गरेको नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारीले प्रहरीले नै इनरुवा रोजेको अस्पताल जबरजस्ती अन्यत्र लैजान खोजिए सुनसरीका दल आन्दोलनमा उत्रिने बताए । उनले सृजित घटनाक्रमलाई केन्द्रीय तहबाटै निष्पक्ष छानबिन टोली गठन गरी सुल्झाइनुपर्ने माग राखे ।यता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताले प्रहरीको प्राविधिक टोलीले उपयुक्त ठहर गरी सञ्चालनका लागि स्रोत साधन जुटाई सकेको अवस्थामा अस्पताल उद्घाटन हुन नदिनु दुःखद भएको प्रतिक्रिया दिए । मेहताले लामो समयदेखि प्रदेश प्रहरी अस्पतालले जग्गा सहितका पूर्वाधार खोजिरहेको अवस्थामा आफूले समितिबाट पास गराएर २ विगाह ३ कट्ठा जग्गा सहित ४० कोठे भवन संरचना उपलब्ध गराएको बताए । मेहताले प्रहरी अस्पतालका लागि आवश्यक संरचना बेलबारी र इनरुवा मध्ये कुन उपयुक्त भन्ने बारेमा निष्पक्ष छानबिन समिति गठन गरेर अनुगमन पश्चात् टुङ्गाइनु पर्ने बताए । उनले प्रहरी टोलीकै प्राविधिक जाँच पश्चात् इनरुवा सारिएको अस्पतालका नाममा बखेडाबाजी गरिनु उचित नहुने बताए ।सर्वदलीय बैठकले आफूहरूका जायज माग सम्बोधनमा ढिलाइ भए रिले अनशनसहित सडक सङ्घर्षका कार्यक्रम अघि बढाउने समेत निर्णय गरेको छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.