Gundruk Online
Sunday, April 19, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ७२ वर्षमा एमए पास

७२ वर्षमा एमए पास


७२ वर्षमा एमए पास

 सेतै फुलेको कपाल । चाउरिए पनि चम्किलो अनुहार । बुढ्यौलीमा पनि वजनदार आवाज । सधैं मगर समुदायको जातीय पहिरन, गुन्यू–चोली र घलेक पहिरिएर हिँड्ने रोल्पा कोर्चाबाङकी ७२ वर्षीया बमकुमारी बुढामगरलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याई छ ।‘उमेरले पढाइलाई छेक्दैन’ भन्दै निरन्तर पढेर समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरी त्रिभवुन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहबाट दीक्षित भएपछि उनलाई बधाईको ओइरो लागेको हो ।बमकुमारीसँग बधाई थापेका धेरै अनुभव छन् । २०३० सालमा रोल्पा जिल्लाबाटै एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला बन्दा पनि उनले यसैगरी बधाई थापेकी थिइन् । २०३९ मा राष्ट्रिय पञ्चायत सदस्य बन्दा पनि बधाई पाएकी थिइन् । २०५१ मा स्नातक पास गर्दा पनि उनको हर्षको सीमा थिएन । तर उमेरको उत्तरार्द्धमा उनले पाएको सफलताले भने बेग्लै खुसी दिएको छ । भन्छिन्, ‘पढाइलाई उमेरले छेक्दैन भन्ने लागेर मैले अध्ययन र अनुसन्धानलाई निरन्तता दिएकी हुँ । दीक्षित भएपछि बधाई दिनेहरू धेरै देख्दा खुसी छु ।’समाज अध्ययन, संस्कृति संरक्षण र लेखनमा अनवरत लागिरहेकी बमकुमारीले उमेर र जाँगरका कारण कुनै पनि विषय बुझ्न र अध्ययन गर्न अल्छी नलागेको अनुभव सुनाइन् । स्थानीय रैथाने भाषा–संस्कृतिदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयको अध्ययनमा रुचि राख्ने उनले भनिन्, ‘मेरो काम अध्ययन र अनुसन्धानमा केन्द्रित छ, सधैं त्यसमै समय लगाएकी छु ।’राष्ट्रिय पञ्चायत सदस्य भए पनि बहुदलपछि उनी राजनीतिमा सक्रिय भइनन् । धेरैले ‘बुढेसकालमा पढेर के काम ?’ भनेर उनलाई निरुत्साहित बनाउन पनि नखोजेका होइनन्, तर उनको मिहिनेत र उत्साहमा कहिल्यै कमी आएन । बमकुमारीका माइला दाजु चन्द्रप्रसादकी छोरी टीकाले फुपू दीक्षित भएको खबरले सबैलाई खुसी दिएको बताइन् । भन्छिन्, ‘कान्छी फुपू दीक्षित भएको खबरपछि हामीलाई पनि आफन्त र शुभचिन्तकले बधाई दिने गरेका छन् । परिवार र गाउँमा खुसियाली छाएको छ ।’बमकुमारीका साथी पूर्वसांसद लेखनाथ आचार्यले उनी तत्कालीन राप्ती क्षेत्रकै प्रभावशाली महिला भएको स्मरण गराए । उनको सक्रियताले अन्य धेरै महिलालाई प्रेरित गरेको आचार्यले बताए । रोल्पा जिविसका पूर्वउपसभापति पूर्णबहादुर वलीले बमकुमारी एक हिम्मतिली महिला भएको बताए ।मगर खाम मात्रै बोल्ने कालाशेष क्षेत्र कोर्चाबाङमा जन्मेकी बमकुमारी स्कुलसम्म पुग्ने उनको समुदायका निकै थोरै महिलामध्येकी एक थिइन् । महिलाले पढ्न चलन नभएको त्यतिबेला झनै पिछडिएको मगर समुदायबाट महिला विद्यालय जानु भनेको कल्पनाबाहिरको सोच थियो । तर गाउँको दुःख झेल्दै बमकुमारीले पढाइलाई निरन्तरता दिइन् । जिल्लामा कक्षा १० सम्म पढाइ हुने विद्यालय नभएको त्यतिबेला उनले दाङको तत्कालीन पद्मोदय पब्लिक बहुद्देश्यीय माविबाट २०३० सालमा एसएलसी उत्तीर्ण गरेकी थिइन् ।एसएलसी उत्तीर्णपछि उनले रोल्पाका तालाबाङ र बुढागाउँलगायतका विद्यालयमा २ वर्ष पढाइन् । त्यसपछि उनी सदरमुकाम लिबाङमा रहेको बाल कल्याण विद्यालयमा शिक्षिका भएर आइन् । त्यतिबेला उक्त स्कुलमा कृष्णबहादुर महरा (पूर्वउपप्रधानमन्त्री र पूर्वसभामुख) पहिलेदेखि नै शिक्षक थिए । पञ्चायत व्यवस्थाको समर्थक रहेकी बमकुमारी कम्युनिस्ट समर्थक महरालगायत अन्य शिक्षकसँग राजनीतिक बहस र छलफलमा भाग लिन्थिन् ।त्यही परिवेशले उनमा राजनीतिप्रति झुकाव बढ्दै गयो । पछि आईएड पढ्न नेपालगन्ज पुगिन् । २०३९ मा राष्ट्रिय पञ्चायत सदस्य भए पनि २०४३ मा भएको राष्ट्रिय पञ्चायतको चुनावमा पराजित भइन् । त्यतिबेला धाँधली भएकाले आफूले हारेको उनको दाबी छ । सामाजिक परिवर्तन, समाज अध्ययन र अनुसन्धानमा केन्द्रित बमकुमारीले विवाह भने गरिनन् । मगर मातृभाषाको औपचारिक पठनपाठनका लागि १ देखि ५ कक्षासम्मको र अनौपचारिक १ कक्षाका लागि पाठ्यपुस्तकसमेत तयार पारेकी उनी मगर समुदायका लागि काम गर्ने संस्था अथार मगरातकी अध्यक्षसमेत हुन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.