Home » समाजवादी किसान महासंघमा सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति
जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला सम्पन्न भएको छ । चितवनको सौराहामा आयोजित दुईदिने भेला मंगलबार सम्पन्न भएको हो । भेलाले सञ्जय सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय कार्यसम्पादन समिति पुनर्गठन गरेको छ ।कार्यसम्पादन समितिको सदस्यहरुमा गीता यादव, श्रीप्रसाद भगत, ओमकृष्ण श्रेष्ठ, तबरेज अहमद, उमेश्वर झा, ललिताकुमारी महतो, श्रवण यादव माथे, चिरिञ्जीवी ढकाल, श्याममाया राई, रुपेशकुमार कठरिया, रामकुमारी महर्जन, भारतीकुमारी शाह, शैलेन्द्र यादव र सोमबहादुर लामा रहेका छन् ।राष्ट्रिय भेलाले संगठन विधानमा आवश्यक छलफल, संशोधन गर्नुका साथै संगठनको प्रगती विवरण समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरेको थियो । राष्ट्रिय भेलाको प्रमुख अतिथि संघीय सरकारका बन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो रहेका थिए ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.