Gundruk Online
Saturday, March 7, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » राष्ट्रिय सभा निर्वाचनले कांग्रेसमा चर्कियो शक्ति संघर्ष

राष्ट्रिय सभा निर्वाचनले कांग्रेसमा चर्कियो शक्ति संघर्ष


राष्ट्रिय सभा निर्वाचनले कांग्रेसमा चर्कियो शक्ति संघर्ष

 कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक साताको समय दिएर राष्ट्रिय सभा सदस्यको उम्मेदवार सिफारिस गर्न प्रदेश कार्यसमितिलाई निर्देशन गरेको छ । तर, प्रदेश उम्मेदवारको नाम नआउँदै राष्ट्रिय सभा सदस्य बन्न र त्यसपछिको सर्वोच्च पद अध्यक्षमा पुग्न कांग्रेसमा शीर्ष तहका नेता तीव्र ‘लबिइङ’ मा जुटेका छन् ।पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री फरमुल्ला मन्सुर, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल र आनन्द ढुंगाना अध्यक्ष हुने आकांक्षासहित राष्ट्रिय सभा आउन चाहिरहेका छन् । सभापति शेरबहादुर देउवाले सिटौला र नेता शेखर कोइरालाले रिजाललाई अघि सार्न खोजिरहेको नेताहरू बताउँछन् । सिटौला र रिजाल दुवै कोशी प्रदेशबाट प्रतिनिधित्व गर्छन् । यी दुईमध्ये कोशीबाट एक जना मात्रै उम्मेदवार हुने विकल्प छ । दुवैलाई उम्मेदवार बनाउनुपरेमा कुनै एक जनालाई फरक प्रदेशबाट बनाउनुपर्ने हुन्छ । सभापति देउवासँग शेखरको मुख्य रस्साकसी नै यसैमा हुने कांग्रेस नेताहरू बताउँछन् ।देउवाले अनौपचारिक कुराकानीमा राष्ट्रपति निर्वाचनकै बेला सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ‘वचन’ दिएको उनीनिकट नेताहरूको दाबी छ । सिटौलाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र देउवालाई पूर्ववचनको पालना हुने विश्वास आफू निकटवर्तीसँग गर्दै आएका छन् । कान्तिपुरसँगको कुराकानीमा भने सिटौलाले यसबारे कुनै चासो नराखेको दाबी गरे । ‘मैले यसबारे केही सोचेको छैन, शेरबहादुरजी र प्रचण्डजीबीच आपसमा के–के कुरा भएको छ, मलाई थाहा भएन,’ उनले भने ।नेता शेखर कोइराला शक्ति सन्तुलनका हिसाबले पनि कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पाउनेमा कुनै द्विविधा नभएको बताउँछन् । तर, पार्टीभित्र अहिल्यै अध्यक्ष कसलाई बनाउने भन्नेबारे छलफल भइनसकेको उनले बताए । ‘इतिहासमा पहिलोपल्ट कांग्रेसको उपस्थिति संवैधानिक परिषद्मा छैन । कांग्रेसबाहेक अरू पार्टीले अध्यक्ष लिनेमा म सोच्न पनि सक्दिनँ, शेरबहादुरजीलाई पनि अध्यक्षमा पाउनेमा कुनै शंका छैन,’ उनले कान्तिपुरसँग भने, ‘संसद्को सबैभन्दा ठूलो दलको उपस्थिति परिषद्मा नहुँदा शक्ति सन्तुलन भएको छैन । शक्ति सन्तुलनका हिसाबले हामीले अध्यक्ष पाउँछौं । अध्यक्षमा को भन्नेबारे सदस्यको चुनावपछि कुरा गर्छौं ।’कोशीमा कांग्रेसबाटै विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउने मुख्य सूत्रधार बनेका रिजाललाई राष्ट्रिय सभामा ल्याएर कोइरालाले राष्ट्रिय राजनीतिमा आफ्नो उचाइ बढाउन चाहेका छन् । सिटौलालाई अध्यक्ष बनाएर पार्टीभित्र अर्को शक्ति बलियो बनाउने पक्षमा पनि उनी रहेको निकट नेताहरू बताउँछन् । पछिल्लो पटक कोशीको मुख्यमन्त्री नियुक्ति प्रकरणमा कोइराला र सिटौला एकअर्काको अस्तित्व स्वीकार नगर्ने ‘पोजिसन’ मा पुगेकै कारण पार्टीभित्र विद्रोहको स्थिति निर्माण भएको कोइरालापक्षीय एक पदाधिकारीले बताए । उनका अनुसार आफूनिकटलाई अध्यक्ष बनाउँदा राष्ट्रिय राजनीतिकै शक्ति केन्द्रमा आफू रहन सक्ने बुझाइ कोइरालामा छ । अर्कोतर्फ गठबन्धनलाई लिएर फरक धारणा राख्दै आएका कारण उनलाई प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले पनि सन्तुलनमा राखिराख्नुपर्ने बाध्यता रहेको ती पदाधिकारी बताउँछन् ।‘शेखर दाइले आफ्नो अडान दह्रोसँग राख्नुभयो भने पार्टी सभापतिको एकल चाहनाले मात्रै काम नगर्न सक्छ,’ अर्का एक केन्द्रीय सदस्यले भने, ‘कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले पनि दुवै नेतालाई झस्काएको छ । तर उहाँले कति दह्रोसँग खुट्टा टेक्नुहुन्छ, त्यसमा धेरै कुरा निर्भर रहन्छ ।’कांग्रेसमा पटक–पटक अवसर पाएका, विगतमा चुनाव हारेका, समानुपातिक उम्मेदवार भएकालाई उम्मेदवार नबनाउन पनि नेतृत्वमाथि दबाब बढेको छ । शुक्रबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विधानअनुसार प्रदेश कार्यसमितिलाई उम्मेदवारको सिफारिस गर्न निर्देशन दिए पनि पुस १२ देखि सुरु हुने केन्द्रीय कार्यसमितिले मापदण्ड तय गर्ने महामन्त्री गगन थापाले बताए । राजनीतिक व्यवस्थापनका लागि पटक–पटक निर्वाचन लडेका, बारम्बार मौका पाएकालाई भन्दा पार्टीभित्र अवसर नपाएका, योग्य र क्षमतावान्लाई उम्मेदवार बनाउँदा न्याय हुने उनको भनाइ छ । ‘नेताको सहजता र व्यवस्थापनका लागि होस् वा भोलिको चुनावमा आफ्नो निजी व्यवस्थापनका लागि गरिने कुराको भारी पार्टीलाई बोकाउनु दुर्भाग्य हुन्छ,’ उनले भने, ‘लामो समयदेखि काम गरेका, कुनै मौका नपाएका, जिम्मेवारी वहन गर्न सक्ने साथीहरूलाई ल्याउनुपर्छ । यसका अतिरिक्त केही सिटमा राजनीति बाहिरबाट सामाजिक प्रतिष्ठा आर्जन गरेका, विषय विज्ञता र दक्षता प्राप्त व्यक्ति पनि छान्न सक्नुपर्छ ।’अर्का महामन्त्री विश्वप्रकाश शर्मा कांग्रेसले राष्ट्रिय राजनीतिलाई सन्देश दिने गरी उम्मेदवार बनाउनुपर्ने बताउँछन् । ‘राष्ट्रिय सभाको गरिमा अभिवृद्धि गर्न, समाज र पार्टीलाई नयाँ सन्देश दिन सक्षम, अवसर नपाएका र त्यसमा पनि युवालाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘पार्टीभित्र उम्मेदवारी दिँदै गर्दा न्याय भएको अनुभूति हुनुपर्छ भने अर्कोतर्फ समाजलाई राजनीतिक सन्देश दिन सक्नुपर्छ ।’ उम्मेदवार छनोट केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा प्रदेश कार्यसमितिले पठाएको सिफारिसअनुसार संसदीय बोर्डबाट हुने शर्माले बताए । ‘सभापतिलाई उम्मेदवार छनोटको अधिकार दिइएको भन्ने कुरा गलत हो । उम्मेदवार छनोट विधि र विधानबमोजिम नै हुन्छ । सभापतिमा केन्द्रीकृत हुन्न,’ उनले भने ।२०७९ को संसदीय चुनावमा पार्टीको सर्वसम्मत निर्णयबाट आफूले टिकट नपाएकाले राष्ट्रिय सभामा आफ्नो उम्मेदवारी प्राकृतिक रहेको नेता रिजालको भनाइ छ । ‘शेखरजीले प्रतिनिधिसभामा मलाई उम्मेदवार बनाउन खोज्नुभएको हो, सक्नुभएन । पार्टीको सर्वसम्मत निर्णयबाटै त्यतिबेला मलाई उम्मेदवार बनाइएन,’ उनले भने, ‘मीनेन्द्र प्रतिनिधिसभामा जानु हुन्न मात्रै भन्नुभएको हो कि सांसद नै बन्नु हुन्न भनिएको हो, परीक्षाको घडी छ । यो मेरा लागि शेखर कोइराला र गगन थापाको पनि परीक्षा हो ।’केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टीभित्रका मुख्य केन्द्र र उपकेन्द्रहरूको सन्तुलनलाई भन्दा पनि राष्ट्रिय राजनीतिको मनोविज्ञानलाई बुझेर उम्मेदवार छनोटमा नेतृत्व गम्भीर बन्नुपर्ने बताउँछन् । ‘नेतृत्वको कार्यशैली हेर्दा मापदण्डभन्दा पनि आफ्ना अनुकूलकालाई उम्मेदवार बनाउने मनोवृत्ति देखिँदै छ । यस्तो मनोवृत्ति हटाउनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सभामा आउने अनुहारले कांग्रेसप्रति आम युवा र समाजको आशा र भरोसा देखिनुपर्छ । राजनीतिलाई सन्देश दिने गरी उम्मेदवार बनाउनुपर्छ ।’राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका केन्द्रीय सदस्य रामहरि खतिवडा चुनावमा पराजित भएका र समानुपातिकतर्फ उम्मेदवार भएकालाई राष्ट्रिय सभामा ल्याउन नहुने मत पार्टीभित्र प्रबल रहेको बताउँछन् । ‘पार्टीभित्रको जनमतलाई कदर गर्दै पटक–पटक अवसर पाएका, चुनाव हारेका र समानुपातिक उम्मेदवार रहेकालाई भन्दा अवसर नपाएका, स्वतन्त्र पनि देखिने र आम जनमानसमा सन्देश दिने गरी उम्मेदवार बनाउनुपर्छ भन्ने मत सिंगो कांग्रेसमा देखिएको छ,’ उनले भने, ‘नेतृत्वले नेता–कार्यकर्ताको यही भावनालाई बुझन् सक्नुपर्छ ।’गठबन्धन दलबीच सिटको भागबन्डा भइनसके पनि कांग्रेसले बढीमा ९ सिट पाउने अपेक्षा गरेको छ । त्यसमा देशभरबाट सयौं नेता आकांक्षी छन् । आकांक्षीमध्ये सबैभन्दा अग्रपक्तिमा संघ र प्रदेशमा समानुपातिक उम्मेदवार रहेका, चुनाव हारेकाहरू नै बढी छन् । अध्यक्ष बन्ने गरी राष्ट्रिय सभा छिर्न खोजेका सिटौला झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनाव हारेका हुन् । चुनाव हार्नासाथ सिटौला राष्ट्रपतिका आकांक्षी देखिएका थिए । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई बनाउने निर्णय लिँदाकै अवस्थामा प्रधानमन्त्री दाहाल र देउवाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्षमा ल्याउने आश्वासन दिएको चर्चा कांग्रेसमा चल्दै आएको छ । ‘शान्ति प्रक्रियामा उल्लेख्य भूमिका निर्वाह गरेकाले सिटौलाको हकमा कांग्रेस सभापति र प्रधानमन्त्रीको सोचाइ चुनाव हारेका अरूको हकमा भन्दा अलि फरक छ । सिटौलालाई अध्यक्ष बनाउँदा शान्ति प्रक्रियामा बाँकी काम टुंग्याउने दिशामा पनि सहज हुन्छ भन्ने ठानेरै प्रधानमन्त्रीसमेत सकारात्मक हुनुभएको होला,’ सिटौलानिकट एक नेताले भने, ‘सिटौला अहिले गठबन्धनका नेताहरूसँग परामर्शमै हुनुहुन्छ ।’संविधानको धारा ७८(४) मा प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्ति उक्त कार्यकाल अवधिभर मन्त्री हुन नपाउने व्यवस्था छ । ‘संविधानमा भएको एक ठाउँमा उम्मेदवार भएर चुनाव हारेको मान्छे त्यही अवधिमा राष्ट्रिय सभामा उम्मेदवार हुन पाइन्छ भन्ने मर्म होइन,’ कोइरालापक्षीय एक पदाधिकारीले भने, ‘संविधानको मर्मलाई समेत नेतृत्वले बुझ्न सक्नुपर्छ
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.