
काठमाडौं महानगरपालिकाले आजबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।महानगरले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको हो ।महानगर अन्तर्गतको स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर मंसिर २७ देखि प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुमपानमा गर्न रोक लगाएको थियो ।कसैले प्रतिबन्धित सुर्तीजन्य पदार्थ बिक्री गरेको देखे नगर प्रहरीले जफत गर्ने चेतावनी महानगरले दिएको छ । हाल पहिलो चरणको प्रतिबन्ध लगाइएको र दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम ल्याइने महानगरले जनाएको छ ।






