Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » उखु किसान र चिनी उपभोक्ता दुवै सधैं मर्कामा

उखु किसान र चिनी उपभोक्ता दुवै सधैं मर्कामा


उखु किसान र चिनी उपभोक्ता दुवै सधैं मर्कामा

यसै पनि कम मूल्य, भुक्तानीमा पनि ढिलाइले आजित किसानले उखु खेती घटाइरहेका छन् । अर्कातिर बजारमा चिनीको भाउ भने अचाक्ली महँगो छ । चिनीमा आत्मनिर्भर बन्न उखु किसानलाई प्रोत्साहित गर्नुपर्नेमा सरकारी नीतिले भने उनीहरूलाई निरुत्साहित गरिरहेको छ ।किसानको पटकपटकको कष्टकर आन्दोलनपछि सरकारले भुक्तानी सिधै बैंक खातामा जम्मा गरिदिने सहमति गरेको थियो, तर अहिले पनि धेरै किसानले गत वर्षकै भुक्तानी पाएका छैनन् । यता, यो वर्ष सरकारले समर्थन मूल्य तोकिदिएको छैन, त्यसैले किसानले चिनी उद्योगले तोकेको भाउमा र उधारोमा उखु बेचिरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय फाइलमा मात्र अल्झिएको छ ।किसानले उखु काटेर उद्योगलाई बेच्ने क्रम सामान्यतया मंसिरदेखि चैतसम्म चल्छ । मंसिर बित्न लाग्दा पनि उखुको समर्थन मूल्य नतोक्नु भनेको किसानलाई हैरान बनाउनु हो । बारीमै उखु सुकेर तौल घट्ने हुनाले किसानले सरकारको निर्णय पर्खेर बस्न सक्दैनन् । त्यसैले खरिद–बिक्री सुरु हुनुअगावै सरकारले न्यूनतम मूल्य तोकिदिनुपर्ने हो, यसले उद्योगलाई पनि घाटा हुने होइन । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालय अहिले पनि समर्थन मूल्य तोक्ने गृहकार्यमै छ, मानौं कि यो कुनै नयाँ रकेट आविष्कार गर्ने काम हो । कृषि मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहमति दिएमा मात्र मन्त्रिपरिषद्ले निर्णय गर्ने हुनाले समर्थन मूल्य तोकिन अझै केही दिन लाग्ने देखिन्छ । यो प्रक्रिया पूरा हुञ्जेलसम्म किसानले उखु बेचिसक्नुपर्नेछ । त्यसैले समर्थन मूल्य तोक्ने प्रक्रियाबाट किसान झन् ठगिएका छन् ।कृषि मन्त्रालयले यस पटक उखुको मूल्य प्रतिक्विन्टल ११ रुपैयाँ मात्र बढाउन उद्योगी र उत्पादकसमक्ष प्रस्ताव गरेको छ, जसमा उत्पादक किसानहरूले असन्तुष्टि व्यक्त गरिसकेका छन् । बजारमा चिनीको मूल्य एक वर्षमा २५ प्रतिशतभन्दा बढी बढेका बेला किसानको उखुको मूल्य उस्तै रहनु स्वाभाविक हुँदै होइन । चिनीका उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र किसानले सस्तोमा उखु बेच्नुपर्ने अवस्था विडम्बनापूर्ण छ । सरकारले किसान, उद्योगी र उपभोक्ता सबैका लागि न्यायोचित हुने मूल्य तोक्नुपर्ने हो । तर किसान र उपभोक्ताप्रति सरकारी संवेदनशीलता शून्य जस्तै छ ।उद्योगले उखुको मूल्य कम दिने, भुक्तानीका लागि वर्षौं कुर्नुपर्ने जस्ता समस्याका कारण उखु खेतीमा किसानको विकर्षण बढ्दो छ । उता, चोरीपैठारीबाट भित्रिने चिनीको मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्ने जोखिमका कारण उद्योगहरूले पूर्ण क्षमतामा चिनी उत्पादन गरिरहेका छैनन् । केही चिनी उद्योग त बन्द नै भइसकेका छन् । यता बजारमा भने चिनी पर्याप्त छैन । अझ, भारतले आन्तरिक बजारमा मूल्य अकासिने अनुमान गरेर गत जेठदेखि चिनी निर्यात प्रतिबन्ध लगाएको छ । यता, अरू बेला सहुलियत मूल्यमा आयात गर्ने सरकारले यस वर्ष चिनी भित्र्याउन सकेको छैन । यही मौकामा बजार भाउ ह्वात्तै बढाइएको छ । ९५ रुपैयाँ प्रतिकिलो पर्ने चिनीलाई यहीबीचमा सरकार आफैंले बिक्री मूल्य १ सय १५ रुपैयाँ निर्धारण गरिदिएको थियो । खुद्रा व्यापार संघले भने प्रतिकिलो १ सय २० रुपैयाँ मूल्य तोकेको छ । बजारमा भने उपभोक्ताले १ सय ५० रुपैयाँसम्म तिर्नुपरिरहेको छ । चिनी बजारको यस्तो मनोमानी हटाउन पनि स्वदेशी उत्पादन नै बढाउनुपर्छ । त्यसका लागि उखु किसान र उद्योग दुवैलाई प्रोत्साहन गर्नुपर्छ ।किसानलाई उखु खेतीमा आकर्षित गराउन सरकारले चिनी उद्योगमार्फत अनुदान दिन थालेको थियो । त्यहीअनुसार उद्योगले उखुको मूल्य र अनुदान एकमुष्ट किसानलाई दिनुपर्थ्यो तर भुक्तानी नियमित हुन नसकेपछि पछिल्लो समय सरकारले किसानको बैंक खातामा सोझै अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । किसानले सरकारबाट पनि अनुदान रकम बेलैमा पाउन सकेका छैनन् । कृषि मन्त्रालयकै तथ्यांकअनुसार गत वर्षको ५२ करोड रुपैयाँ अनुदान उखु किसानले पाउन बाँकी छ । किसानलाई निरुत्साहित पार्ने गरी यसरी सरकारले नै भुक्तानी रोक्नु गलत छ ।सरकारले आफ्नोतर्फबाट गर्नुपर्ने अनुदानको रकम निकासा नियमित गर्दै किसानले उद्योगबाट पनि समयमै यथोचित भुक्तानी पाउने वातावरण बनाइदिनुपर्छ । सरकारले सिँचाइ सुविधाको प्रबन्ध मिलाइदिने तथा मलखाद र बीउ सहज उपलब्ध हुने वातावरण तयार गरिदिँदा उखुको उत्पादन लागत घट्न सक्छ । त्यसले उखु खेतीतर्फ किसानको आकर्षण बढाउँछ । उखु उत्पादन बढ्दै जाँदा उद्योगहरू फस्टाउँछन् र मुलुक चिनीमा आत्मनिर्भर बन्छ । यसबाट रोजगारीका अवसर सिर्जना हुने, राजस्व बढ्नेजस्ता प्रत्यक्ष–अप्रत्यक्ष लाभ पनि हासिल हुन्छन्, जसले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गर्छ । साथै, चिनीको अस्वाभाविक मूल्यवृद्धिबाट आजित उपभोक्ताले समेत राहत पाउनेछन् ।

प्रकाशित : मंसिर २६, २०८० ०७:५७
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.