Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » १० वर्षमा ७ क्विन्टल सुन बरामद

१० वर्षमा ७ क्विन्टल सुन बरामद


१० वर्षमा ७ क्विन्टल सुन बरामद

 पछिल्ला १० वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल र सडक नाका हुँदै तस्करी गरेर नेपाल भित्र्याउन लागिएको ६९९.२ किलो सुन बरामद भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ देखि चालु आर्थिक वर्ष ०८०/८१ सम्म उक्त परिमाणमा सुन बरामद भएको हो ।शनिबारको मूल्यअनुसार उक्त सुनको मूल्य ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढी हुन्छ । यस अवधिमा बरामद सुनबाट ५ अर्ब ९ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । साथै सुन ओसारपसारमा संलग्न ५ सय ९९ जना पक्राउ परेका छन् ।सरकारी निकायले अवैध सुन चोरी पैठारीमा कडाइ गरेको दाबी गर्दै आए पनि तस्करी भने रोकिएको छैन । चालु आर्थिक वर्षको ५ महिनामै ९३ किलो सुन नियन्त्रणमा लिइएको छ । तस्करीमा संलग्न रहेको आरोपमा ९४ जना पक्राउ परेका छन् । गत असार २९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच गराएर बाहिरिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको ५ महिना नपुग्दै बिहीबार मध्यराति १४ किलो सुन भन्सार विभागले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ । बिस्कुट आकारको २/२ केजी तौलका ७ थान सुन ज्याकेटभित्रको भित्री भागमा बोकेर ल्याएका गोरखा बारपाकका चन्द्र घले पक्राउ परेका छन् ।उनले दिएको बयानका आधारमा दुबईबाट सुन बोकेर ल्याउन लगाउने बारपाककै मीनबहादुर घलेलाई समेत प्रहरीले पक्राउ गरेको छ । घलेद्वय बारपाकका सामान्य व्यक्ति रहेको र भरियाका रूपमा प्रयोग मात्र भएको हुन सक्ने अनुसन्धान अधिकारीहरूको प्रारम्भिक अनुमान छ । सुन तस्करीबारे विमानस्थल भन्सार कार्यालयले छानबिन समिति बनाएर अनुसन्धान जारी राखेको छ । शुक्रबार दिउँसो नागढुंगा नाकामा रसुवाबाट ल्याइएको दुई केजी सुनसहित ३ जना पनि पक्राउ परेका छन् ।प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले विगतदेखि नै सडक नाकाभन्दा विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी भइरहेको बताए । ‘धेरैजसो सुन एयरपोर्टबाट आउँछ । सीमानाकाबाट पनि आइरहेको छ,’ उनले भने, ‘प्रहरीले तस्करी नियन्त्रण गर्न नाकामा चेकिङ र सुराकीका आधारमा खोजबिन जारी राखेको छ । अवैध ढंगले सुन ल्याउने काम घटबढ भइरहेको देखिन्छ ।’विगत दस वर्षको तथ्यांक हेर्दा आव ०७४/७५ मा सबैभन्दा बढी २ सय १४ किलो तस्करीको सुन बरामद भएको थियो । उक्त वर्ष सुन तस्करीमा संलग्न ५८ जना पक्राउ परेका थिए भने १ अर्ब ३ करोड १४ लाख राजस्व संकलन भएको थियो । गत आवमा सबैभन्दा थोरै २०.६ किलोग्राम सुन नियन्त्रणमा लिइएको थियो भने सुन ओसारपसारमा संलग्न ९१ जनालाई पक्राउ गरिएको थियो ।प्रहरीले सुन तस्करलाई नियन्त्रणमा लिने तर त्यसमा संलग्नमाथि अनुसन्धान नगर्ने हुँदा कसले ल्याउँछ ?, कसरी ल्याउँछ ?, कसले ल्याउन लगाउँछ ?, कसको लगानी हुन्छ ? लगायत विस्तृत विषयमा प्रहरीलाई गहिरो जानकारी नहुने प्रवक्ता कडायतले बताए । ‘सबैभन्दा धेरै सुन विमानस्थल हुँदै आइरहेको छ । तर विमानस्थलभित्रको यात्रु आगमन कक्षमा प्रहरीको पहुँच हुँदैन,’ उनले थपे, ‘हामीले भन्सार कार्यालयलाई सहयोग मात्र गर्ने हो ।’एक जना व्यक्तिले विदेशबाट आउँदा २५ देखि ५० ग्रामसम्म सुनको गहना भन्सार तिरेर ल्याउन पाउने व्यवस्था छ । सुनमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने हुँदा कर छली गर्न पनि तस्करी हुने गरेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जनाए । उनका अनुसार विदेशमा किनेको सुन कर छली गर्न लगानीकर्ताले भरियामार्फत नेपाल भित्र्याउने गरेका छन् ।नेपालभन्दा भारतमा सुन आयातमा कर बढी लाग्छ । भारतमा सुन आयात गर्दा १८.४५ प्रतिशत राजस्व तिर्नुपर्छ । भन्सार शुल्कको यो अन्तरले पनि तस्करीलाई मलजल गरेको सरकारी अधिकारीहरू बताउँछन् । तस्करीबाट आएको सुन नेपाल हुँदै भारत पुग्ने गरेको अर्थ मन्त्रालयका र प्रहरीका अधिकारीहरूको भनाइ छ । कतिपय अवैध सुन नेपाली बजारमा प्रयोग हुने अनुमान पनि गरिन्छ । तर नेपालमा सुन पर्याप्त भएकाले तस्करीको सुन प्रयोग गर्ने अवस्था बजारमा नरहेको महासंघका पूर्वअध्यक्ष शाक्यले बताए ।‘असोजदेखि बैंकमार्फत व्यवसायीले २० किलो सुन झिकाउने व्यवस्था भएको छ । यसपालि अत्यधिक मूल्य वृद्धि भएकाले पनि बजारमा सुन पर्याप्त छ । अवैध सुन प्रयोग गर्नुपर्ने अवस्था छैन,’ उनले भने । असोजअघिसम्म १० केजी सुन मात्रै व्यवसायीले पाउने व्यवस्था थियो । त्यतिबेला भने अपुग हुने गरेको उनले जनाए । शाक्यले भने, ‘सुनको भाउ बढेकाले पनि अहिले आपूर्ति छैन । माग पनि छैन, अभाव पनि छैन । २० किलो किन्न पाउने व्यवस्थाले राम्रो अवस्था छ ।’प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भन्सार बिन्दुहरूलाई सुदृढीकरण नगरेसम्म तस्करी नरोकिने बताउँछन् । ‘नेपाल र बंगलादेश सुन तस्करीका लागि ट्रान्जिटमा प्रयोग भइरहेका छन्, समातिएको भनेको त सार्वजनिक भएको मात्र हो । सार्वजनिक नभई तस्करी भएको अझै बढी हुन सक्छ,’ उनले भने, ‘सुन तस्करी पहिले पनि थियो । अहिले पनि रोकिएको छैन ।’विमानस्थलदेखि सीमानाकाका भन्सारलाई सुदृढीकरण गरे मात्रै अवैध सुन ओसारपसार न्यूनीकरण गर्न सकिने उनको सुझाव छ । भन्सार कार्यालयका कर्मचारी, पूर्वाधार र प्रविधिको प्रयोगमा तत्काल सुधार गर्नुपर्ने उनले औंल्याए । ‘नेपालमा हवाईमार्गबाट सुन धेरै आउने भनेको हङकङबाट हो । रसुवा, सिन्धुपाल्चोक, दोलखा, गोरखाका सीमानाका पनि तस्करीमा प्रयोग भएको देखिन्छ । यी ठाउँका भन्सार कार्यालयमा सबै हिसाबले निगरानी बढाउनुपर्छ,’ पूर्वडीआईजी मल्लले भने ।भन्सार नाका कमजोर भएकै कारण तस्करहरू सफल हुने गरेको उनको जनाए । ‘भन्सारमा कर्मचारी, प्रहरी खटाउँदा पनि राजनीतिक स्वार्थबाट प्रेरित हुने गरिएको छ । कर्मचारी र प्रहरीकै संलग्नता पनि भेटिने गरेको छ । तस्करीसम्बन्धी विषयवस्तु बुझेका कर्मचारी पनि छैनन्,’ उनले थपे, ‘भौतिक पूर्वाधार र प्रविधिको प्रयोगमा हामी कमजोर छौं । बदमासी गर्नेले त्यसको फाइदा उठाएका छन् ।’पूर्वअर्थ सचिव शंकर अधिकारी आन्तरिक खपतभन्दा पनि भारत लैजाने बाटोका रूपमा नेपालीभूमि सुन तस्करीमा प्रयोग भएको बताउँछन् । ‘नेपाल ल्याएपछि भारतसम्म सजिलै पुर्‍याउन सकिने खुला सिमाना छ । भारतीय सीमामा अवैध सुन बरामद भएको कहिल्यै सुनिँदैन,’ उनले भने, ‘नियन्त्रणका लागि सुरक्षा जाँच र निगरानी बढाउनुपर्छ । मिलेमतो पनि सुनिन आउँछ । सत्यतथ्य छानबिन गरेर निष्कर्षमा पुगे नियन्त्रण गर्न सकिन्छ ।’ तस्करीबारे सत्यतथ्य छानबिन गरी वास्तविक दोषी पहिचान गर्न राजनीतिक नेतृत्वको तहमा नै प्रतिबद्धताको खाँचो रहेको उनले औंल्याए ।सुन तस्करीका अधिकांश घटनामा भरियाहरू पक्राउ पर्ने तर मूल कारोबारीसम्म नपुग्ने प्रवृत्ति छ । पूर्वअर्थ सचिव अधिकारीले भन्सार कार्यालयको गतिविधि, दैनिक अप्रेसन र सेवासुविधामा पनि सुधार गर्नुपर्ने औंल्याए । ‘विगतमा कर्मचारी र प्रहरी नै मिलेको पनि पाइयो । उनीहरूको जिम्मेवारी र खटनपटनमा पनि विचार गर्नुपर्छ,’ उनले भने ।भन्सार विभागका एक पूर्वमहानिर्देशकले एक/दुईवटा तस्करी नियन्त्रणमा लिएरभन्दा पनि राज्यले प्रक्रिया, पद्धति, नीति, कार्यक्रमबाट नै अवैध गतिविधि रोक्नुपर्ने बताए । ‘विदेशबाट ल्याएको सुन पनि किनेर नै ल्याउने हो । कतै न कतैबाट त्यसको मूल्य तिर्नु नै पर्छ,’ उनले भने, ‘सुनको मूल्य कहाँबाट तिरिन्छ त्यसमा नियमन गर्नुपर्छ । यहाँ त भन्सारमा तिर्ने कर छलेर मुनाफा गर्ने मात्र हो ।’वैदेशिक रोजगारीबाट हुने आम्दानीको ट्र×्याकिङ गरेर आय प्रणालीमा ल्याउन सके नियमन र नियन्त्रण गर्न सहज हुने उनको विश्वास छ । नीति र प्रणालीमा सुधार नभएसम्म भन्सार, राजस्व र प्रहरीले मात्रै तस्करी नियन्त्रण गर्न नसक्ने उनले जनाए । ‘व्यक्तिले कन्ट्रोल गर्नेभन्दा पनि नीति, कार्यक्रमले नियन्त्रणमा गर्नुपर्छ । दुई जना भन्सारमा राम्रो कर्मचारी जाँदा समातिने, ४ जना नराम्रो कर्मचारी पुग्दा तस्करी मौलाउने हुन दिनु हुँदैन,’ उनले भने ।

 

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.