Gundruk Online
Thursday, February 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » बारपाकमा भेडा डुलाउने घले १४ किलो सुनसहित भेटिए 

बारपाकमा भेडा डुलाउने घले १४ किलो सुनसहित भेटिए 


बारपाकमा भेडा डुलाउने घले १४ किलो सुनसहित भेटिए 

 चौध किलो सुनसहित गोरखा बारपाकका चन्द्र घले पक्राउ परेका छन् । उनी फ्लाई दुबईको एफजेड ५७३ बाट बिहीबार राति ११ः४० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका थिए । चन्द्रले दुई–दुई किलोका ७ वटा सुनका बिस्कुट शरीरमा लुकाएर ल्याउने क्रममा विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।पक्राउ पर्ने चन्द्र यसअघि गोरखामा भेडा, च्याङ्ग्रा पाल्ने गर्थे । गोरखाबाटै भेडा, च्याङ्ग्रा ल्याई उनले पछिल्लो समय काठमाडौंको सामाखुसीमा मासु पसल सञ्चालन गर्दै आएका छन् । शुक्रबार नै नागढुंगाबाट पनि २ किलो अवैध सुन बरामद भएको छ । यी दुई सुन तस्करीमा संलग्न ५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।१४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घले र मीनबहादुर घलेलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । बिहीबार मध्यरात नेपाल आएका चन्द्रको साथबाट सुन बरामद गरिएको कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए । बरामद उक्त सुन भन्सार विभाग पठाइएको र पक्राउ परेका दुई अनुसन्धानको दायरामा रहेको पाण्डेले बताए । ज्याकेटभित्र लगाएको पातलो बस्त्रको दायाँबायाँ गोजीमा उक्त सुन राखेर ल्याउँदै गरेका चन्द्रलाई भन्सारले समाएको थियो ।त्यसैगरी, नागढुंगाबाट पक्राउ पर्नेमा रसुवाका २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय बिरु तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उक्त सुन जिपको गियरबक्समा लुकाएर काठमाडौं भित्र्याउन लागिएको प्रहरीले जनाएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले सुन ल्याउने घलेद्वयबारे थप अनुसन्धान भइरहेको बताए । ‘उनीहरूको पछाडि तस्करीमा को–को छन्, हेर्दै छौं । लगानीकर्ता खोज्दै छौं,’ उनले भने ।उनका अनुसार घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरूमाथि निगरानी भइरहेको छ । अन्य केही व्यक्ति पनि सुन तस्करीमा संलग्न हुन सक्ने भएकाले अनुसन्धान जारी छ । चन्द्र घले बुधबारै नेपाल आउन लागेको जानकारी भन्सार प्रशासनलाई थियो । ‘त्यसैले बुधबारबाटै एयरपोर्टमा निगरानी बढाएका थियौं, तर उनी बुधबार आएनन्,’ पौडेलले भने, ‘बिहीबारको फ्लाई दुबईको फ्लाइटमा पनि कर्मचारीहरूले निगरानी गरेका थिए । विमान अवतरण भएपछि अन्य यात्रु झरेर गइसकेपछि चन्द्र अन्तिमतिर आए,’ पौडेलले भने । उनलाई विमानबाट झर्नेबित्तिकै पक्राउ गरेर खानतलासी गरिएको थियो । दुबईदेखिकै सुराकीका आधारमा अन्तर्राष्ट्रिय उडानमा केही दिनदेखि निगरानी बढाएकाले सुन नियन्त्रणमा लिन सफल भएको भन्सारको दाबी छ ।‘सुन ल्याउने चन्द्र प्लेनबाट झरेपछि विमान स्थलको मेटल डिटेक्टरतर्फ नगई विमानस्थलभित्र रहेको महत्त्वपूर्ण व्यावसायिक व्यक्तिहरूका लागि छुट्याइएको (सीआईपी) क्षेत्रतर्फ जाने, त्यहाँको शौचालय प्रयोग गर्ने योजना रहेछ,’ छानबिनमा संलग्न भन्सारका एक अधिकारीले भने, ‘शौचालयको फोहोर राख्ने ठाउँमा सुन राख्ने र आफू मेटल डिटेक्टरतर्फबाट बाहिर निस्कने, विमानस्थलभित्रका सरसफाइका कर्मचारी प्रयोग गरेर सुन बाहिर ल्याउने योजना रहेको देखिन्छ ।’ तर सुराकीले पहिल्यै सूचना दिएपछि चन्द्र शौचालय जानुअगावै पक्राउ परेका थिए ।‘अप्रेसनमा खटिएको टोलीले प्लेनसम्मै पुगेर पिछा गरेपछि उनी सीआईपी क्षेत्रको शौचालयसम्म छिर्न पाएनन्, सुन समातियो,’ ती अधिकारीले भने, ‘तर उनको योजनाअनुसार यो सुन तस्करी प्रकरणमा विमानस्थलभित्रका सरसफाइ कर्मचारीमाथि पनि शंका छ । उनीहरूमाथि पनि निगरानी बढाएका छौं, अनुसन्धानको दायरामा ल्याउँछौं ।’ चन्द्र र सरसफाइमा संलग्न कर्मचारीहरूलाई केन्द्रित गरेर सीसीटीभीको पुरानो भिडियोसमेत हेरेर अनुसन्धान गरिरहेको भन्सारका अधिकारीले बताए ।ती अधिकारीका अनुसार चन्द्र पक्राउ परेलगत्तै तस्करीको उक्त सुन कसको हो भनेर सोधपुछ गरिएको थियो । ‘चन्द्रले गोरखाकै मीनबहादुर घलेले सुन लिन पठाएर दुबई गएको प्रारम्भिक बयान दिए,’ ती अधिकारीले भने । चन्द्रले दिएको बयानका आधारमा मीनबहादुरलाई पनि बिहीबार राति नै पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले बताए ।‘मीनबहादुर धुम्बाराही बस्ने रहेछन् । चन्द्रको बयानका आधारमा उनलाई पनि नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘अन्य व्यक्तिको संग्लनताबारेमा खोजी भइरहेको छ ।’ पक्राउ परेका मीनले भने सुनको विषयमा मुख खोलेका छैनन् । ‘पक्राउ गर्न उनको घर जाँदा मीन मदिरा सेवन गरेर बसिरहेका थिए,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘प्रहरी देखेपछि मदिराले मातेका मीनले चन्द्रे समातियो भनेर प्रहरीलाई नै सोधेका थिए ।’ उनको स्वास्थ्य परीक्षण गरी हिरासतमा राखिएको छ । ‘अहिले उनलाई यो सुन कसको हो भनेर सोधपुछ गरे पनि बोलेका छैनन्,’ ती अधिकारीले भने, ‘अब मोबाइलको कल डिटेल्सका आधारमा थप अनुसन्धान गर्नेछौं ।’शुक्रबार दिनभर सुन परीक्षण लगायतका काममा व्यस्त रहेकाले पक्राउ परेकाहरूसँग विस्तृत बयान लिने र कल डिटेलको अनुसन्धान गर्न नभ्याएको भन्सारका कर्मचारीहरूले बताए । ‘पक्राउ परेका दुवैको मोबाइल जफत गरेर अनुसन्धान भइरहेको छ,’ ती अधिकारीले भने, ‘दुवै घलेले कमिसनको लोभमा भरियाको काम गरेजस्तो देखिन्छ तर कसको सुन हो भनेर उनीहरूभन्दा थप तह विस्तार गर्न सकिएको छैन ।’प्रारम्भिक अनुसन्धानमा चन्द्र घले पछिल्लो एक वर्षमा ५ पटकसम्म दुबई आउजाउ गरेको पाइएको प्रहरीले जनाएको छ । ०७९ माघयता उनी दुबई पुग्ने र ३ देखि ७ दिनभित्र फर्कने गरेको पाइएको एक प्रहरी अधिकारीले जनाए । पछिल्लो पटक उनी गत आइतबार मात्रै दुबई पुगेका थिए । गोरखा बारपाकका चन्द्र काठमाडौंको सामाखुसी क्षेत्रमा भेडा, च्याङ्ग्राको मासु पसल सञ्चालक हुन् । उनी आफैं उत्तरी गोरखामा पुगेर जिउँदो भेडा, च्याङ्ग्रा ल्याई मासु बिक्रीवितरण गर्थे । यो काम गर्नुपूर्व उनी गाउँमै खेती किसानी र भेडा पालनको काम गर्थे । मीन घले पनि गोरखाकै बारपाकका हुन् । उनी काठमाडौंमा वैदेशिक रोजगार व्यवसायमा संलग्न थिए । विदेश पठाउनेहरूमाझ एजेन्टको काम गर्थे ।अवैध सुन ल्याएको विषयमा छानबिन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भन्सार प्रमुख उपसचिव मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ । प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र अधिकृत मञ्जु थापा सदस्य रहेका छन् । छानबिन समितिले ५ दिनभित्र प्रतिवेदन पेस गर्ने महानिर्देशक ढकालले बताए । विमानस्थलबाट ल्याएको सुन बरामद हुन थालेपछि पछिल्लो समय रसुवा, दोलखा लगायतका सीमा नाकाबाट ल्याउने क्रम पनि बढेको प्रहरीले जनाएको छ । गत असार २९ मा विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन तस्करीको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराको छोरा राहुल पुर्पक्षका लागि थुनामा छन् । गत भदौ ३ र असोज १३ गते पनि केरुङ रसुवा नाकाबाट ल्याएको ३ केजी, असोज १० र ११ गते दोलखा राङजिया नाकाबाट सडक मार्ग हुँदै ल्याइएको ७ केजी सुन बरामद गरिएको थियो ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.