Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » युद्ध क्षेत्रमा नेपाली : बाँचे रुसी नागरिकता, मरे शव पनि लापता

युद्ध क्षेत्रमा नेपाली : बाँचे रुसी नागरिकता, मरे शव पनि लापता


युद्ध क्षेत्रमा नेपाली : बाँचे रुसी नागरिकता, मरे शव पनि लापता

‘आज (बिहीबार) हामीलाई यहाँ (रुस) का कैदीसँग मिसाएर युद्ध भइरहेको रेड जोन (अग्रमोर्चा) मा लाँदै छ । हाम्रो छुट्टाछुट्टै समूह छ । हाम्रो समूहमा चार जना नेपाली र ६ जना रुसी कैदी छन् । वार भइरहेको ठाउँमा खाल्डोभित्र पाल छ । त्यो पालभित्र दुस्मन लुकेको हुन सक्छ । उनीहरूलाई ग्रिनेड हान्नुपर्छ । फायरिङ चलाउनुपर्छ । त्यहाँ ड्रोनहरू पनि आउँछन् । हामी एकदमै जोखिम ठाउँमा जाँदै छौं । मुटु कामिरहेछ ।’ रुसी सेनामा भर्ती भएका नेपालीले मस्कोमा बस्दै आएका अर्का नेपालीलाई उद्धारको याचना गर्दै बिहीबार बिहानै यस्तो अडियो सन्देश पठाएका छन् ।  सजिलै जित्ने अहम्सहित युक्रेनमाथि हमला गरेको रुस करिब दुई वर्षदेखि युद्धमा अल्झिएको छ । अनपेक्षित क्षति भोगेको रुसले सैनिक संख्या लगातार बढाइरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मात्रै १ लाख ७० हजार सैनिक थप्ने घोषणा गरेका छन् । करिब तीन लाख तलब र एक वर्षपछि सिधै रुसी नागरिकता पाउने आसमा नेपालीहरू भारत तथा तेस्रो देश हुँदै रुस पुगेका छन् । जसमध्ये ६ जनाको मृत्यु भएको छ भने दुई जना युक्रेनी सेनाको बन्धनमा परेका छन् ।उद्धारका लागि सन्देश पठाउने भएको मारिन्का क्याम्पमा मात्र २८ नेपाली छन् । सबैलाई अलग–अलग समूहमा रुसीसँग मिसाएर ‘रेड जोन’ मा पठाउने तयारी छ । लडाइँमा रुसी सेनाको रक्षाकवचका रूपमा आफूहरूलाई अगाडि धकेल्ने गरेको देखेपछि ‘रेड जोन’ बाटै नेपाली युवाहरूले उद्धारको याचना गर्दै आएका छन् । नेपाली सेना, सशस्त्र र प्रहरीबाट राजीनामा दिएर वा अवकाश गएका नेपालीहरू युद्धभूमिमा छन् । उनीहरूलाई रुसी सेनाले पर्याप्त तालिम नदिई युद्धमा पठाउँदै आएको छ । मस्कोदेखि काठमाडौंसम्म फैलिएका मानव तस्करको सञ्जालले नेपालीहरूलाई रुसी सेनामा भर्ती गराउँदै आएका छन् । उनीहरूलाई एक सातादेखि १० दिनसम्म तालिम दिएर ‘रेड जोन’ मा पठाउने गरिएको छ । ‘मलाई १० दिन मात्र तालिम दिएर रेड जोन पठाउन लागेको हो । रेड जोन जानु भनेको ९० प्रतिशत ज्यान जोखिममा राख्नु रहेछ,’ उनको अडियो याचनामा सुनिन्छ । ‘हामीले रुसी सेनाको भर्तीलाई निकै हलुका ढंगले लिएछौं । अरू देशको सेनामा भर्ती हुने ठानेछौं । केही जोखिम हुन्छ जस्तो लागेको थियो, यहाँ त लगभग पूरै जोखिम रहेछ,’ उनले भनेका छन् । रोस्तोभमा रहेका एक नेपालीका अनुसार करिब ७ सय नेपाली भर्ती भएर विभिन्न क्याम्पमा खटिएका छन् । ‘यहाँ नेपालबाट सिधै मात्र आएका छैनन् । दुबई र रोमानियामा काम गर्ने नेपाली पनि आएको भेटें । पढ्न आएका विद्यार्थी भेटें,’ उनले भने, ‘तालिम लिएका सबैलाई रेड जोनमा पठाइएको छैन । अलि बुढा र भर्खरका युवालाई पोस्टको ड्युटीमा खटाएको पनि छ ।’ आकर्षक तलब र एक वर्षभित्र रुसी नागरिकता पाउने आसमा गएका नेपालीहरू युद्धमा मारिए के अवस्था हुन्छ भन्ने दर्दनाक सन्देश पनि रुसी सेनाले नै दिएको छ । युक्रेनमा मारिएका गोरखाका सन्दीप थपलियाका दाइलाई रुसी सैनिक अधिकारीले यस्तो सन्देश पठाएका थिए, ‘१४ जुलाईको साढे १२ बजे तिम्रो भाइको शव नाभो–ट्यालिस्टीको चिहानघारीमा समाधिस्थ गरिएको छ । मलाई लाग्छ, मैले तिम्रा लागि गर्ने सहयोग यही हो । समवेदना ।’ यसरी आकर्षक तलब र रुसी नागरिकताको आसमा गएका युवाको शवसमेत परिवारले नपाउने गरी कहीं कतै समाधिस्थ गरिएको खबर आउने गरेको छ । रुसी सेनामा भर्ती भएका ६ नेपाली मारिएको पुष्टि भइसकेको छ । दुई जनालाई युक्रेनी सेनाले नियन्त्रणमा राखेको छ । घाइतेहरूको विवरण सार्वजनिक भएको छैन । ‘२४ घण्टा नै असिनासरी बम खस्छ । निद्रा लाग्दैन । खान मन लाग्दैन । भाइ मलाई निकाल,’ युद्ध क्षेत्रबाट पठाइएको अर्को एक अडियो सन्देशमा एक नेपालीले भनेका छन् । सन्देश प्राप्त गर्ने नेपाली कान्तिपुरसँग भन्छन्, ‘उनीहरू सेनाबाट बाहिर निस्कन चाहेका छन् । अनुनय विनय गरिरहेका हुन्छन्, हामी केही गर्न सकिरहेका छैनौं, विवश छौं ।’ मस्कोस्थित नेपाली दूतावासका अनुसार रुसको विभिन्न सैनिक क्याम्पमा खटिएका नेपाली स्वदेश फिर्ताका लागि सहजीकरण गर्न सम्पर्क गर्नेको संख्या बढिरहेको छ । ‘पछिल्लो एक सातायता विभिन्न समूहको प्रतिनिधित्व गर्दै हामीलाई फर्काइदिनु भनेर सम्पर्क गर्नेहरू बढिरहेका छन्,’ दूतावासका द्वितीय सचिव सुशील घिमिरेले भने, ‘उनीहरूले हामीलाई सम्झौता रद्दका लागि रुस सरकारसँग सहजीकरण गरिदिन आग्रह गरेका छन् ।’कान्तिपुरको सम्पर्कमा आएका नेपालीहरूका अनुसार रेड जोनमा गइसकेपछि कसैसँग सम्पर्क हुँदैन । उनीहरूलाई फोन दिइँदैन । युक्रेनी फौजले ‘सिग्नल’ बाट ट्रेस गर्छ भनेर हतियार बोकेर मात्र मैदानमा खटाइन्छ । युद्ध मैदानमा कति दिनसम्म खटाइन्छ भन्ने टुंगो हुँदैन । ‘हामी २२ दिनसम्म युद्धस्थलमा खटियौं । त्यहाँ खाना समस्या छैन । जंगल हो । जंगल पूरै हिउँले ढाकिएको हुन्छ । सेतो कपडा लगाएर दुस्मन खोज्न तोकिएको क्षेत्रमा पठाइदिन्छ । टाउको सिधा मात्रै भयो भने गोली खाइन्छ । सबैभन्दा ठूलो डर ड्रोनको टार्गेटमा परिन्छ कि भन्ने हुँदोरहेछ,’ रेड जोनमा घाइते भएर उपचाररत एक नेपालीले कान्तिपुरसँग भने, ‘ड्रोनमार्फत आकाशबाट असिना झरेजसरी बम झर्छ । हामी केही साथी घाइते भयौं । कसैको खुट्टा त कसैको हातमा बम लागेको छ । एक नेपाली साथीको भने मृत्यु भयो ।’बाँचेर ‘पोस्ट’ मा फर्किएपछि मात्र आफन्तलाई तेस्रो व्यक्तिमार्फत खबर सुनाएको अर्का एक घाइतेले बताए । ‘कमान्डरले एउटा मोबाइल बोकेको हुन्छ । पोस्टमा फर्केर कमान्डर भेटेपछि मात्रै ग्रिन जोनमा बसेको साथीलाई सम्पर्क गर्छौं । ती साथीले घरमा खबर गरिदिन्छ,’ उनले भने, ‘सँगै गएका साथीहरू नभेटेसम्म उसको अवस्था थाहा हुन्न । हामीसँग गएका धेरै साथी सम्पर्कविहीन छन् । कसको के अवस्था छ ? थाहा छैन । धेरै साथीलाई सोध्दा अलि अगाडि देखेको हो । त्यसपछि छैन भन्छन् ।’‘रेड जोन’ मा खटिएकाहरू आफैं निस्कन सक्तैनन् । उनीहरू एक वर्षको सम्झौता गरी रुसी सेनामा भर्ती भएका हुन् । सेनामा भर्ती भई तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरिसकेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन पाइँदैन । बीचमै फर्किए वा भागेमा रुसी सेनाको अपराध संहिता ३३७ अनुसार कारबाही हुने उल्लेख छ । युक्रेनी सञ्चारमाध्यमका अनुसार रोस्तोभ क्षेत्रमा खटिएका आधुनिक हतियार चलाउन जान्ने ८ नेपाली नोभेम्बर १६ र १७ तारिखमा भागेका छन् । उनीहरू चेतेन्द्र खड्का, युवराज अधिकारी, लालबहादुर विश्वकर्मा, तिलकबहादुर विश्वकर्मा, दीपक खड्का, लक्ष्मण भट्टराई, जगदीश पहाडी र सुशान्तकुमार रहपाल रहेको त्यहाँका सञ्चारमाध्यमको दाबी छ । मस्कोस्थित नेपाली दूतावासले भने रुसी सेनाबाट भागेका भनिएका ८ नेपाली आफ्नो सम्पर्कमा नआएको जनाएको छ ।आफ्ना धेरै साथी घाइते भएको अर्का एक नेपालीको भनाइ छ । ‘मलाई बोर्डरमा खटाइएको थियो । मैले फ्रन्टलाइनको खाल्डोमा बसेर कभर गरिराख्ने हो । दुईतिर खाल्डो खनेको हुन्छ । खाल्डो–खाल्डोबाट हिँड्ने हो । टाउको उठायो भने युक्रेनीले उडाइदिन्छ । त्यसबेला जो मर्‍यो मर्‍यो । आफू जोगिने हो । कसैले कसैलाई हेर्ने होइन । बम हानिरहेको थियो । त्यसबाट बच्दै बसियो,’ उनले भने, ‘हाम्रो टोलीमा १५ जना थियौं । धेरै साथी घाइते भए । यहाँ बन्दुकबाट गोली हान्ने त अन्तिममा हुँदोरहेछ । सबै युद्ध ड्रोनबाट चल्दोरहेछ ।’ रेड जोनबाट फर्किएका शिशिर विश्वकर्माले आफूहरूले ‘दुस्साहस’ गरेको बताए । साढे सात लाख खर्चेर उनी अध्ययन गर्न एक वर्ष अगाडि रुस पुगेका थिए । कृषि फार्ममा काम गरेपछि रुसी सेनामा भर्ती भएका थिए । ‘युद्ध रोकिने अवस्था छैन । हिजो हामीले मूर्खता देखायौं । दुस्साहस गर्‍यौं । म कोही पनि नआऊ नै भन्छु । साथीहरूले हातखुट्टा, आँखा, कान केही न केही गुमाएका छन्,’ उनले भने ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.