Gundruk Online
Wednesday, March 4, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सडक विभागको नियतले गर्दा विद्युतीय तार भूमिगत कार्य रोकियो

सडक विभागको नियतले गर्दा विद्युतीय तार भूमिगत कार्य रोकियो


सडक विभागको नियतले गर्दा विद्युतीय तार भूमिगत कार्य रोकियो

 नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागको नियत सफा नहुँदा विद्युतीय तार भूमिगत गर्ने काम रोकिएको बताउनुभयो । सहर सफा मात्र नभएर स्मार्ट सहरको परिकल्पनालाई पूरागर्न प्राधिकरणले गरेको कामलाई विभाग कामहा निर्देशक र केही कर्मचारीले प्रभावित बनाएको उहाँको भनाइ छ । गत असोजबाट तार भूमिगत कार्य रोकिएको छ । गत शुक्रवार ललितपुर महानगर र विद्युत् प्राधिकरणको साझेदारीमा जडान भएको स्मार्ट सडक बत्तीको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले तार भूमिगत गर्ने कार्य प्रभावित भएको प्रति आपत्ति जनाउनुभयो । तत्काल सरकारले समन्वयकारी भूमिका खेलिदिन आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो, “तार भूमिगत गर्ने कार्यमा एडिबीको सहायता पनि पायौँ, तर सडक विभागले अनुमति नदिँदा उपत्यकाका तीन जिल्लामा काम गर्न सकिएको छैन । सडक विभागले सहमति नदिँदा सात महिनादेखि काम हुन पाएको छैन । हाम्रा कन्ट्राक्टरहरु काम छाडेर भाग्ने स्थिति आएको छ ।”यस्तोअवस्थामाआयोजनाकार्यान्वयन भइरहेका पालिकाका जनप्रतिनिधिले सडक विभागसँग समन्वय गरिदिए अझै पनि केही समय रहेको उल्लेख गर्दै घिसिङले सबैले जिम्मेवारी पूर्व काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।  उहाँले सडकको पेटीमा काम गर्न पालिकाले अनुमति दिए पनि सडक विभागले काम गर्न नदिइरहेको बताउनुभएको थियो । विद्युत् प्राधिकरणका महानिर्देशक घिसिङले भन्नुभयो ‘जमिनमाथि (ओभर हेड)भन्दा तारलाई भूमिगत गर्दा १० गुणा महँगो पर्छ । तार भूमिगत गर्न सडक खन्नासाथ भित्र के–के भेटिन्छ ज्यादै गाह्रो छ । समन्वय गरेर केही समयका लागि अप्ठ्यारो भए पनि गरौँ भन्दा सडकबाट अनुमति पाउँदैनौँ, बर्खाभरि उहाँहरूले अनुमति दिनुभएन तर बर्खा सकिएपछि पनि अहिलेसम्म अनुमति दिनुभएको छैन’। विद्युत्प्रा धिकरणले विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्नको लागि पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगन्ज अन्तर्गतका क्षेत्रमा सुरु  गरिएको थियो । दोस्रो चरणमा काठमाडौँका बाँकी स्थानहरूमा तारलाई भूमिगत गर्न सुरु गरिएको थियो । तेस्रो चरणमा भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानमा  तारलाई भूमिगत गर्ने कार्य सुरु गरिएको थियो । चौथो चरणमा भने पोखरा र भरतपुर महानगरपालिका अन्तर्गतका वितरण प्रणालीलाई व्यवस्थित बनाउनका लागि  भूमिगत गर्ने कार्य सुरु भएको थियो ।सडक विभागले तार भूमिगत गर्ने काममा कुनै बाधा सृजना नगरेको बताएको छ । विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार विद्युत् प्राधिकरणको तार भूमिगत कार्यलाई विभागले कुनै अवरोध नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विद्युत् प्राधिकरणको काममा कुनै बाधा सृजना गर्ने काम  गरेका छैनौँ , हाम्रो त्यो उद्देश्य पनि होइन ।”विद्युत् प्राधिकरणले विद्युत्को तार भूमिगत गर्ने नाउँमा सडकका खाल्डाखुल्डीहरू नपुर्ने र लटरपटर पारेर छाड्ने गरेका कारण विभागले आफ्नो खर्चमा नै बाटो पुर्ने र बाटाका तार भूमिगत गर्ने प्रयोजनका लागि ५० प्रतिशत धरौटी जम्मा गर्नुपर्ने प्रावधान राखेको उहाँको भनाइ छ । यसअघि २० प्रतिशत मात्र धरौटी राखे हुने प्रावधान थियो ।उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणले विद्युत् भूमिगत गर्ने नाउँमा खाल्डाहरू नपुरी त्यसै छाडेर हिँड्दा विभागलाई दोष आउने भएर हामीले काम होस भनेर धरौटी रकम २० बाट बढाएर ५० प्रतिशत पुर्‍याएका हौँ । यसबाट पैसा कमाउने उद्देश्य होइन ।”धरौटी विद्युत् प्राधिकरणले जम्मा नगरी काम गर्ने ठेकेदार कम्पनीले तिर्नुपर्ने भएका कारण विद्युत् प्राधिकरणलाई खासै भार नपर्ने उहाँ बताउनुहुन्छ । तर, प्राधिकरणको बुझाइ भने गलत रहेको उहाँको भनाइ छ ।विभागको मुख्य उद्देश्य भनेको सडकमा आवश्यक खाल्डाखुल्डी छाड्ने प्रवृत्ति अन्त्य होस् भन्ने नै रहेको उहाँको भनाइ छ ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.