Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » रुस–युक्रेन युद्धमा नेपाली : शव ल्याउन अनिश्चित, कुशको शव बनाएर दाहसंस्कार

रुस–युक्रेन युद्धमा नेपाली : शव ल्याउन अनिश्चित, कुशको शव बनाएर दाहसंस्कार


रुस–युक्रेन युद्धमा नेपाली : शव ल्याउन अनिश्चित, कुशको शव बनाएर दाहसंस्कार
एआईको प्रयोग गरेर बनाइएको प्रतिकात्मक तस्बिर
काठमाडौँ — रुसी सेनामा भर्ती भएका तीन नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि उनीहरूको शव स्वदेश आउने/नआउनेमा अनिश्चित देखिएको छ । यसबारेमा परराष्ट्र मन्त्रालय समेत अन्योलमा देखिन्छ । मन्त्रालयका अधिकारीले मृतकका शव ल्याउनेबारे परिवारलाई प्रस्ट बताउन सकेका छैनन् । मस्कोस्थित नेपाली दूतावासको गत मंसिर ८ को पत्रअनुसार यहाँको कन्सुलर सेवा विभागले स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान र मेलुङ गाउँपालिका–६, दोलखाका राजकुमार कार्कीको रुस–युक्रेन युद्धमा मृत्यु भएको भन्दै परिवारलाई जानकारी गराएको थियो । उनीहरूको गत कात्तिक २९ मा मृत्यु भएको थियो ।झन्डै तीन साता हुन लाग्दासमेत शव नेपाल आउँछ कि आउँदैन भन्नेमा परराष्ट्र मन्त्रालयले प्रस्ट रूपमा केही बताउन सकेको छैन । तर कन्सुलर विभागले भने ‘शव ल्याउन नपाइने’ भन्दै स्याङ्जा पुतलीबजार–५ वडा कार्यालयलाई जानकारी गराएपछि परिवारजनले प्रितमको कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।अस्तु पनि डीएनए टेस्ट गरेर मात्र ल्याउनुपर्ने अवस्था रहेको खबर पाएपछि प्रितमका बुबा र १० वर्षका छोरा यतिबेला किरियामा बसेका छन् । कन्सुलर विभागले वडाध्यक्षमार्फत प्रितमको शव ल्याउन नपाइने जानकारी दिएको थियो । ‘प्रितमको शरीर क्षतविक्षत भएकाले शव ल्याउन नसकिने भन्दै विभागको फोन आयो,’ कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीले भने, ‘शव ल्याउने अवस्था छैन भनियो । अस्तु पनि डीएनए टेस्ट गरेर मात्र ल्याउनुपर्ने अवस्था रहेको खबर पाएपछि मैले सोहीअनुसार परिवारलाई जानकारी दिएँ ।’मस्कोस्थित नेपाली दूतावासले भने कन्सुलर विभागलाई पठाएको पत्रमा ‘शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्न’ भनी उल्लेख गरेको छ । ‘रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको छ,’ पत्रमा भनिएको छ, ‘शवको तत्काल व्यवस्थापनका लागि निजहरूको परिवार र दूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिनसमेत अनुरोध छ ।’दूतावासले परिवारसँग खोजेको समन्वय शव पठाउन हो कि रुसमा नै अत्येष्टि गर्न खोजिएको भन्नेमा स्पष्ट छैन । यसअघि गत असार २९ मा रुसी सेनाबाट युद्धमा संलग्न गोरखाका सन्दीप थपलिया युक्रेनको बाखमुतमा मारिए पनि शव नेपाल भने पठाइएको थिएन । रुसले थपलियाको शव ‘नेपाल पठाउन नमिल्ने’ भन्दै रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको जानकारी परिवारलाई दिएको थियो ।परराष्ट्र मन्त्रालयका एक अधिकारी शव ल्याउन पाउने/नपाउने भन्ने विषय द्विपक्षीय करारपत्रमा समेत निर्भर रहने बताउँछन् । ‘यो विषय निकै संवेदनशील छ । मृतकहरूको शव ल्याउन परराष्ट्र मन्त्रालयको प्रयत्न जारी छ,’ ती अधिकारीले कान्तिपुरसँग भने । रुसले युद्धमा मारिएका आफ्ना सैनिकको एकै ठाउँमा राजकीय सम्मानको साथ अत्येष्टि गर्ने व्यवस्था गरेको छ । त्यही नीतिअनुसार गोरखाका थपलियाको शव पनि परिवारलाई नपठाइएको ती अधिकारीले जनाए ।रुस–युक्रेन युद्धमा मारिएका इलामका गंगाराज मोक्तानको परिवार भने शव आउने प्रतीक्षामा छ । सेक्युरिटी गार्डको काम गर्न २०७६ देखि दुबईमा रहेका गंगाराज असोजको दोस्रो साता रुसी सेनामा भर्ना हुन पुगेका थिए । ‘दुबईबाट साथीहरू धमाधम रुस गइरहेका छन् । माल्टा जान भनी जोगाएको ७ लाख रुपैयाँ पनि फस्यो,’ पत्नी यांकिलालाई गंगाराजले अन्तिम पटक गत कात्तिक २६ मा भनेका थिए । उक्त संवादमा गंगाराजले रुस र युक्रेनको युद्धग्रस्त क्षेत्रमा एक साता बसेर फर्किएको बताएका थिए । त्यसपछि भने उनी सम्पर्कविहीन थिए । ‘अचानक उहाँ बितेको खबर आयो’, यांकिलाले भनिन्, ‘पैसा कमाएर सुख पाउने सपना अधुरै रह्यो । हाम्रो कर्ममा यस्तै हुन लेखेको रैछ ।’ ६८ वर्षे पिता कृष्णबहादुर छोराको शव ल्याउन वडाध्यक्षमार्फत पहल गरिरहेका छन् ।त्यस्तै ऋणले थिचिएपछि रुसी सेनामा पुगेका दोलखास्थित मेलुङ गाउँपालिका–६ सुनुवारपानीका राजकुमार रोक्काको शव कहिले आउला भनेर परिवारमा त्यत्तिकै छटपटी छ । उनी गत असोज १७ मा भिजिट भिसामा रुस पुगेका थिए । रुस पुगेका राजकुमारले दाजुबाहेक घरका कसैलाई पनि रुसी सेनामा भर्ती भएको बारेमा बताएका थिएनन् । ‘ऋणको भारीले भाइ त गुमाइसक्यौं । अब शव ल्याउन पनि निकै कठिन छ भन्छन् । घरमा १६ महिनाकी सुत्केरी बुहारी बेहोस छे,’ जेठा दाजु सुमनकुमारले दुःखेसो गरे, ‘भिजिट भिसामा गएको मान्छे कसरी सेनामा भर्ती भयो, पत्तै पाएनौं । एकाएक तालिमका क्रममा मृत्यु भयो भनेर खबर आयो ।’ शव ल्याइदिन आग्रह गरेको भन्दै सुमनकुमारले थपे, ‘भाइको शव आउँछ कि आउँदैन, केही भन्नै सकिएन ।’ वैदेशिक रोजगार बोर्डले पनि भिजिट भिसामा गएका नेपालीको मृत्यु भएमा शव ल्याउन लाग्ने खर्च बेहोर्दैन ।राजकुमारका जेठा छोरा राजधानीकै एक विद्यालयमा पढिरहेका छन् । उनकी श्रीमती र १६ महिनाकी छोरीलाई भने हेरचाहका लागि दसैंअघि गाउँ ल्याइएको थियो । गाउँमा सहयोगी र मिलनसार राजकुमारको मृत्युको खबरले गाउँ नै स्तब्ध बनेको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले बताए । रुस–युक्रेन युद्धपछि रुसी सेनामा सहजै भर्ना पाउने हल्लाले उनी त्यहाँ गएको एक आफन्तको भनाइ छ । प्रितमले पनि परिवारलाई रुसी सेनामा भर्ती भएको जानकारी दिएका थिएनन् । उनले आफू अफगानिस्तानमा रहेको बताएका थिए । नेपाली सेनाबाट अवकाश लिएका कार्की एक वर्षमा अफगानिस्तानमा सुरक्षागार्डको काम गरी बिदामा आएका बताएका थिए । ‘दुई महिना बिदामा बसेर अफगानिस्तान जान्छु भनेर घरबाट हिँडेका थिए,’ काका डोलबहादुरले भने । प्रितमका १० र ५ वर्षका दुई छोरा छन् ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.