Gundruk Online
Thursday, January 22, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान


सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान
सरकारले समर्थन मूल्य नतोकेपछि कृषकहरूले सस्तोमै उखु बेच्न थालेका छन् । उखु काट्ने सिजन अगाडि नै मूल्य नतोक्दा पश्चिम नवलपरासीका किसानले सस्तोमै भेली उद्योगलाई बिक्री गर्नुपरेको हो ।‘केही दिनमा उखु नकाट्ने हो भने फुल्न थाल्छ, तर मूल्य कतिमा बेच्ने हो, अहिलेसम्म पत्तो छैन,’ प्रतापपुरका किसान रवीन्द्र चौधरीले भने, ‘चिनी उद्योगलाई मूल्य नतोक्दै उखु दिनुभन्दा भाउ केही कम भए पनि नगदमा भेली उद्योगलाई बिक्री गर्नुपर्ने बाध्यता छ ।’ सुस्ताका लक्ष्मणसिंह थापाले पनि उखु काट्नका लागि ढिलो भइसकेको बताए । ‘मूल्य अहिलेसम्म तोकेको छैन । उखु फुलेर बारीमै खेर जानुभन्दा हचुवामा चिनी उद्योगलाई पनि दिइरहेका छौं,’ थापाले भने, ‘अब सरकारले तोकेको मूल्य उद्योगीले मानेनन् भने के गर्ने ?’सरकारले गत वर्ष पनि ढिलो गरी उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ तोकेको थियो । क्रसर उद्योगहरूले साढे तीन सयदेखि ४ सय रुपैयाँका दरले मात्रै किनेका छन् । किसानले क्रसरमा उखु विक्रि गर्न सुरु गरिसकेकाले सरकारले तत्कालै मूल्य निर्धारण गर्नुपर्ने प्रतापपुर गाउँपालिका अध्यक्ष तथा उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ‘यो वर्ष कम्तीमा पनि प्रतिक्विन्टल ६ सय ५१ रुपैयाँ तोक्नुपर्ने माग हो,’ उनले भने ।जिल्लामा लुम्बिनी सुगर मिल, इन्दिरा सुगर मिल र वाग्मती खाँडसारी चिनी उद्योग छन् । बेलामा मूल्य नतोक्ने र भुक्तानी पनि समयमा नहुने भएपछि किसानले बर्सेनि उखु खेती छाड्दै गएका छन् । समयमै भुक्तानी नहुने भएपछि अधिकांश किसानले अहिले क्रसर उद्योगलाई बिक्री गर्न थालेका हुन् । भेली उद्योगले सस्तोमा किने पनि नगद भुक्तानी गर्ने गर्छन् ।बिक्रिका लागि ढुवानी झन्झट र भुक्तानी ढिलाइ हुन थालेपछि पश्चिम नवलपरासीको सुस्ताका धेरैजसो किसानले आफैं भेली उत्पादन गर्न थालेका छन् । चिनी उद्योगसम्म उखु पुर्‍याउन असहज र उद्योगले उधारोमा खरिद गरेर भुक्तानी दिन आनाकानी गर्न थालेपछि धेरैजसो आफैले क्रसिङ गर्न लागेका हुन् । सुस्ता गाउँपालिका–५ का किसानले लगाएको उखु उद्योगसम्म ढुवानी गर्न नारायणी नदीमा पुल छैन, जसका कारण यहाँका किसानले आफूले उत्पादन गरेको गाउँकै क्रसिङमा बेच्नु परेको छ । यसअघि डुंगामार्फत नारायणी नदी पार गरेर बिक्री गरेको उखुको भुक्तानी चिनी उद्योगले समयमै नदिएको किसानको गुनासो छ ।सुस्ता–५ का गुड्डु खटिकको दुई बिघामा उखु खेती छ । परिवारको जीविकोपार्जनको मुख्य स्रोत नै यही हो । उनले नारायणी तारेर उद्योगसम्म उखु ढुवानी गर्न सकेनन्, ढुवानी भाडा महँगो हुँदा लगानी उठाउन पनि मुस्किल भयो । लुकिछिपी सीमावर्ती भारतको भेली उद्योगलाई उखु बिक्री गरे । सस्तो अनि समयमा नै भुक्तानी नपाउने समस्या दोहोरिएपछि दुई वर्षदेखि भेली उत्पादन गर्दै आएका उनले वाार्षिक साढे दुई लाख रुपैयाँसम्म नाफा भइरहेको बताए । उनले केही छिमेकीको उखु पनि खरिद गरेर भेली उत्पादन गर्दै आएका छन् ।‘नारायणीमा जोखिम मोलेर धेरै वर्षसम्म डुंगामार्फत चिनी मिलसम्म उखु पुर्‍यायौं,’ खटिकले भने, ‘दुःख गरेर उत्पादन गरेको वस्तुको भुक्तानी पाउन वर्षौं कुर्नुपर्ने अवस्था आयो । त्यसैले आफैंले भेली बनाएर बिक्री गर्न थालेको छु । भेलीको बजार पनि राम्रो छ ।’ सुस्ताकै हरेन्द्र कोइरीले पनि गाउँमा क्रसर सञ्चालन गरेका छन् । चिनी उद्योगमा बिक्री गर्दा समयमा भुक्तानी नपाउने समस्या बढेपछि उनले गाउँमै भेली बनाउन थालेका हुन् । अहिले नेपाल र भारतको बजारमा सुस्तामा उत्पादन भएको भेलीको राम्रो मूल्यमा बिक्री भइरहेको छ ।यहाँबाट प्रतिकिलो १ सय रुपैयाँमा भेली व्यवसायीले खरिद गर्दै आएका छन् । गाउँमा धमाधम भेली उद्योग खुलेपछि स्थानीय कृषकले उखु बेच्न चिन्ता गर्नुपरेको छैन । कृषकहरू सरकारले तोकेको मूल्यभन्दा सस्तोमै भए पनि नगद कारोबार गरेर भेली मिललाई नै उखु बिक्री गरिरहेका छन् । ‘चिनी उद्योगले भन्दा क्रसरले भाउ कम दिए पनि नगद कारोबार गर्छन् । भुक्तानीका लागि ६ महिना वर्ष दिन कुर्नुभन्दा पचास/सय रुपैयाँ कममा क्रसरलाई नै बिक्री गर्ने गरेको छु,’ स्थानीय दीपक हरिजनले भने ।सुस्ताको एउटा गाउँमा मात्र १५ वटा भेली उत्पादन गर्ने क्रसर छन् । यहाँ उत्पादन भएको भेली काठमाडौं, पोखरा, बुटवलका व्यवसायीले खरिद गर्दै आएको स्थानीय गुड्डु खटिकले बताए । पश्चिम नवलपरासीको प्रतापपुर, पाल्हीनन्दन क्षेत्रका किसानले पनि आफैं भेली उत्पादन गर्न थालेका छन् । जिल्लाभर ५० भन्दा बढी भेली उत्पादन गर्ने क्रसर सञ्चालनमा आएपछि चिनी उद्योगलाई अहिले उखुको अभाव हुन थालेको छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.