Gundruk Online
Wednesday, January 21, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » एउटै स्थानमा चार सवारी साधन दुर्घटना भएपछि धरान–धनकुटा खण्ड अवरुद्ध

एउटै स्थानमा चार सवारी साधन दुर्घटना भएपछि धरान–धनकुटा खण्ड अवरुद्ध


एउटै स्थानमा चार सवारी साधन दुर्घटना भएपछि धरान–धनकुटा खण्ड अवरुद्ध

कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका–६, कोलबोटेमा एकै स्थानमा गए राति चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेको छन् । एकै स्थानमा लगातार सवारी साधन दुर्घटना भएपछि शनिबार रातिदेखि उक्त सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधिसभा सदस्य दीपक खड्का सवार प्रदेश १ ०२ ००२ च ३५४५ नंबरको गाडी समेत दुर्घटनामा परेको छ । विपरित दिशाबाट आउँदै गरेको प्रदेश २ ०३ ००१ क १५२१ नंबरको टिपरले साँझ सवा ७ बजे ठक्कर दिएको हो । टिपरको ठक्करबाट सांसद खड्का सवार गाडीको पछाडीको भागमा क्षति पुगेपनि उनी सकुशल रहेको जिल्ला प्रहरी प्रवक्ता राजबाबु महर्जनले बताए । संखुवासभाका कांग्रेस सभापति समेत रहेका सांसद खड्का सवार गाडीमा सवार रहेका पाँचमध्ये सहचालक सिरहाका दिपेन्द्र कुसियत घाइते भएका छन् । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।जिल्ला ट्राफिक प्रहरी इन्चार्ज चन्द्र श्रेष्ठका अनुसार शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेको थियो । उक्त टिपरमा साँझ अर्को टिपरले ठक्कर दिएर दुर्घटनामा परेको थियो । त्यसपछि लगातार थप तेस्रो टिपर समेत अघिल्ला दुर्घटनामा परेको टिपर मै ठोक्किएर दुर्घटनामा परेको हो । त्यसपछि सडक पूर्णरुपमा अवरुद्ध भएको ट्राफिक प्रहरी इन्चार्ज श्रेष्ठले जानकारी दिए ।एकपछि अर्को गर्दै दुर्घटना भएपछि तत्काल सडक खुलाउन नसकिएको उनले बताए । क्रेन मार्फत दुर्घटनामा परेका टिपर हटाएर सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख टंकप्रसाद कोइरालाले बताए । विराटनगरबाट राति १ बजे क्रेन मगाएर सडक खुलाउने प्रयास भइरहेपनि सफल नभएपछि अर्को क्रेन मगाइएको कोइरालाको भनाइ छ ।‘घटनास्थलमा दर्जनौं सवारी साधन रोकिएको छन् । रोकिएका पाँच वटा एम्बुलेन्सलाई डाइभर्सन गरेर गन्तव्यतर्फ पठाइएपनि अन्य सवार साधन रोकिएका छन्,’ कोइरालाले भने, ‘एकै ठाउँमा चार वटा सवारी साधन दुर्घटना हुँदा सडक खुलाउन समस्या भएको हो ।’ घटनास्थलमा रहेका ट्राफिक प्रहरी महेशकुमार श्रेष्ठका अनुसार दुर्घटनास्थलका दुवैतर्फ दर्जनौं सवारी साधन रोकिँदा सयौं यात्रु अलपत्र परेका छन् ।यसैबीच, शनिबार नै टिपर दुर्घटना भएको स्थानबाट करिब ५० मीटरको दुरीमा कोलबोटे खण्डमा नै इलामबाट बनभोजको लागि धनकुटाको नमस्ते सिम्सुवा झरनातर्फ जाँदै गरेको मे १ ख ३३८० नंबरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा शिक्षकद्वय रामबहादुर मगर र पवित्रा राईसहित विद्यार्थीहरु शान्ति लिम्बु, सीमा राई, मनिका राई र निस्मा सारु मगर घाइते भएका छन् । घाइतेको प्रहरीले उद्धार गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

सुरक्षा परिषद् बैठकः अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.