सरोज कुमार पासमान, कर्जन्हा । सिरहा जिल्ला लहान नगरपालिका वडा नं. १ लोकतन्त्र चोकबाट ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्र.ब.ह. सिताराम मण्डलको कमाण्डमा खटिएको प्रहरी टोलिले चेक प्वाईन्ट राखी चेकजाँच गर्ने क्रममा उत्तरबाट दक्षिणतर्फ जादै गरेको पैदल यात्री जिल्ला सिरहा लहान नगरपालिका वडा नं.११ बस्ने अ.वर्ष ३२ को संजय चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाईन्टको गोजीबाट पँहेलो रंगको प्लाष्टिक भित्र कालो प्लाष्टिकले बेरिएर राखेको खेरो रंगको ब्राउन सुगर जस्तो देखिने लागूऔषध प्लाष्टिक सहित ७ ग्राम र प्लाष्टिक बाहेक ४ ग्राम फेला परेको साथै सोही स्थानका २० वर्षकाको अभिशेख चौधरीको साथबाट सानो डिजिटल तराजु १ थान फेला परकोले उक्त लागूऔषध र डिजिटल तराजु सहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिरहाबाट दश दिनको म्याद लिई ईलाका प्रहरी लहान सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।






