काठमाडौं । सुविन खरेलको उपन्यास ‘फेरिएको माया’ सार्वजनिक भएको छ । काठमाडौंमा आइतबार एक कार्यक्रमका बीच उपन्यासको लोकार्पण गरिएको हो ।
साहित्यकार घनश्याम खड्का, सामना पहाडी, प्रकाश सापकोटालगायतले उपन्यासको संयुक्तरुपमा लोकार्पण गरेका हुन् । उपन्यास विद्यालय र कलेज तहमा अध्ययन गर्ने किशोर-किशोरी र युवाको प्रेममा आधारित छ ।
उपन्यासबारे चर्चा गर्दै घनश्याम खड्काले उपन्यासमा प्रेमको न्याय गरिएको बताए । उपन्यासमा गहिराइ नभेटिए पनि बेग भेटिएको उनको टिप्पणी छ । यस्तै सामना पहाडीले लेखकले उपन्यासभित्र प्रेममा आदर्श पक्ष देखाउन खोजिएको भन्दै यो लोभलाग्दो प्रयास भएको बताइन् ।
गीतकार प्रकाश सापकोटा लगायत वक्ताले प्रवासमा रहेर पनि लेखकमा नेपाली भाषाप्रतिको माया देखिएको बताएका थिए । सुविन करिब एक दशकदेखि अष्ट्रेलिया बस्दै आएका छन् । उनले आफूले १० वर्षअघि देखेका, सुनेका कुरालाई नै उपन्यासको रुपमा प्रकाशित गरेको बताए ।
प्रतिक्रिया