• २०८१ फाल्गुन ७ | Wed, 19 Feb 2025
  • शुद्धोधन गाउँपालिकाको प्रशासकीय अधिकृत र वडाअध्यक्ष अख्तियारको नियन्त्रणमा

    शुद्धोधन गाउँपालिकाको प्रशासकीय अधिकृत र वडाअध्यक्ष अख्तियारको नियन्त्रणमा

    रुपन्देहीको शुद्धोधन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सो गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भीम बहादुर यादवलाई घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले रातोपाटीलाई बताए ।

    आरोपीहरुको साथबाट आयोगको टोलीले घुसबापत लिएको ५० हजार नगद बरामद गरेको छ । प्रशासकीय अधिकृत र वडा अध्यक्षले उत्खनन गरेर घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप र बिक्री आदेश गर्ने प्रयोजनका लागी उनिहरुले घुुस मागेका थिए । आरोपीहरु गाउँ कार्यपालिकाको कार्यालयबाट पक्राउ परेका हुन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र १६, बिहीबार १०:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP