Gundruk Online
Thursday, March 12, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ५२ हजार घरमा क्षति, बने ५ सय टहरा 

५२ हजार घरमा क्षति, बने ५ सय टहरा 


५२ हजार घरमा क्षति, बने ५ सय टहरा 
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितले एक महिना पुग्न लाग्दा पनि सरकारले दिने पहिलो किस्ताबापतको रकम पाएनन् कांग्रेसले भूकम्प प्रभावित जाजरकोटका गाउँमा एक सय वटा अस्थायी टहरा निर्माण गरेको छ  भने एमालेले पनि झन्डै २० वटा टहरा निर्माण गरी हस्तान्तरण गरेको छ । जाजरकोट भूकम्पले घरबारविहीन भई पाल टाँगेर बसिरहेका पीडितहरू थप सकसमा छन् । चिसोले बिरामी परिरहेका उनीहरूलाई कहिलेसम्म अस्थायी टहरामा सारिनेसमेत टुंगो हुन सकेको छैन । राजनीतिक दल, संघसंस्था र व्यक्तिगत रूपमा अस्थायी टहरा बनाउने काम भइरहे पनि सरकारीस्तरबाटै ठोस रूपमा काम हुन सकेको छैन ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ३४ हजार ५ सय १ र रुकुम पश्चिममा १६ हजार ९ सय ९ घर पूर्ण रूपमा भत्किएका छन् । कार्यालयका अनुसार कर्णालीभरि झन्डै ५५ हजार परिवार प्रभावित भएका छन् । त्यसमध्ये झन्डै ५१ हजार परिवारले राहतबापत त्रिपाल, कम्बल र खाद्यान्न पाएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । पीडितहरू महिना दिन पुग्न लाग्दा पनि चिसोयाममा खुला आकाशमुनि त्रिपाल टाँगेर बास बस्न बाध्य भइरहेको रुकुम पश्चिमका अगुवा नरेन्द्र केसीले बताए । ‘सरकारी प्रक्रिया झन्झटिलो छ, अहिले जे गरिरहेका छन्, स्वयंसेवक र पार्टी कार्यकर्ताले मात्र गरिरहेका छन्,’ उनले भने, ‘तर त्यो पर्याप्त छैन, यो बेलासम्म कम्तीमा आधा जनसंख्याका लागि अस्थायी टहरा बनिसक्नुपर्ने हो ।’ पहिलो किस्ताबापतको रकम पुग्न पनि अझै केही समय लाग्ने भएपछि पीडितको दैनिकी कष्टकर बन्दै गएको उनले बताए । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले अस्थायी टहरा निर्माणबारे तथ्यांक नराखिएको बताए । जिल्लामा झन्डै एक सय अस्थायी टहरा बनेको उनको अनुमान छ । उनका अनुसार रुकुम पश्चिममा मात्रै करिब २६ हजार घरपरिवार घरबारविहीन भएका छन् । ‘हामी वडा हुँदै सम्बन्धित पालिकाबाट एकीकृत तथ्यांकको पर्खाइमा छौं,’ उनले भने, ‘यसपछि पालिकाले तय गरेको लाभग्राहीको संख्याका आधारमा अस्थायी आवास निर्माणका लागि प्रतिघरपरिवार २५ हजार रुपैयाँ पहिलो किस्तामा उपलब्ध गराइनेछ ।’ आफूहरू सरकारले दिने पहिलो किस्ताको पर्खाइमा रहेको बताउँदै आठबिसकोट नगरपालिका–१४ का भूकम्पपीडित दिनेश मल्लले यसलाई थप छिटोछरितो बताउनुपर्ने बताए । ‘चिसो दिनानुदिन बढ्दै छ । तत्काल ओत लाग्ने ठाउँ नभएसम्म हाम्रो ज्यान थप जोखिममा पर्ने देखिन्छ,’ उनले भने । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले औपचारिक जानकारी नभए पनि सोमबारसम्म झन्डै ३ सय ५० टहरा निर्माण भइरहेको जानकारी दिए । ‘स्वयंसेवी तरिकाले विभिन्न संघसंस्था, पार्टीलगायतका मानिसहरू भूकम्पप्रभावित ठाउँमा खटिरहनुभएको छ,’ उनले भने, ‘तर त्यसबारे औपचारिक तथ्यांक हामीसँग पनि छैन ।’इन्जिनियर मानबहादुर शाही भूकम्प गएदेखि जाजरकोट र रुकुमका भूकम्प प्रभावित बस्तीमा खटिएका छन् । उनको अगुवाइमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ मा बिरु मल्ल, नरु मल्ललगायत १० परिवारका लागि अस्थायी टहरा निर्माण भइसकेका छन् । उनीहरू सबैले भूकम्पमा परिवारका सदस्य गुमाएका छन् । उनको समूहले सानीभेरी गाउँपालिका–१, २ र ४ मा ७ वटा टहरा निर्माणको काम गरिरहेको छ भने मंगलबारबाट जाजरकोटको नलगाड नगरपालिकामा २० वटा टहरा निर्माणको काम एकैसाथ सुरु गर्न थालेका छन् । ‘सुरुमा भत्किएका घरहरूबाट पुरिएका सामान निकाल्ने काम गर्‍यौं,’ उनले भने, ‘अहिले भने स्थानीय स्रोतसाधनको प्रयोग गरी टहरा बनाइरहेका छौं ।’ रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका स्थायी बासिन्दा शाहीलाई साथ दिइरहेका छन्, समाजशास्त्री रतन विश्वकर्मा र विकासविज्ञ पुस्तक चन्दले । उनीहरूसँगै स्थानीय ३० जना स्वयंसेवी पनि टहरा निर्माणमा संलग्न छन् । ‘सरकारले अझै अस्थायी आवासको प्रक्रिया सुरु गरेन, अत्यधिक चिसोका कारण भूकम्पपीडितले धमाधम ज्यान गुमाइरहेका छन्,’ चन्दले भने, ‘उनीहरूलाई बचाउन पनि अस्थायी टहरा जरुरी देखियो ।’ भूकम्प गएको झन्डै एक महिना पुग्न लाग्दासमेत सरकारले अस्थायी टहरा निर्माणको प्रक्रिया सुरु नगरेपछि विभिन्न विभिन्न पार्टी, तिनका भ्रातृ संस्था, सामाजिक संघसंस्थालगायतले अस्थायी टहरा निर्माणको काम गरिरहेका हुन् ‘सरकारले उद्धारको काममा निकै सक्रियता देखायो, दाताहरूबाट एकसरो राहत पनि जतिसक्दो पुगिरहेकै छ,’ जाजरकोट खलंगाका अगुवा जनक केसीले भने, ‘तर तीनवटै तहका सरकारले कठ्यांग्रिँदो चिसोमा पनि अस्थायी टहरा निर्माणमा चासो दिएनन्, जसले भूकम्पपीडितहरूको बिचल्ली भइरहेको छ ।’ सरकारी सक्रियता सुस्ताए पनि विभिन्न संघसंस्थाको उपस्थिति भने प्रभावित बस्तीमा बाक्लिएको छ ।नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोटका गाउँमा एक सय वटा अस्थायी टहरा निर्माण गरेको छ । नलगाड नगरपालिका–५ का रघुनाथ, ऐरारी, पोखरा र मुलिमा केन्द्रीय सदस्य एवम् सांसद प्रदीप पौडेलको नेतृत्वमा खटिएको डेढ सय नेता–कार्यकर्ता र स्वयंसेवकको टोलीले अस्थायी टहरा बनाएको हो । कांग्रेस प्रदेश कार्यसमितिले रुकुम पश्चिममा र जाजरकोटमा ५०/५० वटा टहरा निर्माण गर्ने गरी सानीभेरी–४ पुरानागाउँस्थित एकल महिला गौनी कामीको टहरा निर्माणको काम सुरु गरिएको कांग्रेस प्रदेश महामन्त्री कृष्णबहादुर रोकायले बताए ।एमालेले पनि झन्डै २० वटा टहरा निर्माण गरी हस्तान्तरण गरेको छ भने करिब ३ सय कार्यकर्ताले विभिन्न ठाउँमा ५० घर निर्माणको काम गरिरहेको एमाले कर्णाली प्रदेश उपाध्यक्ष टेकराज पछाईंले बताए । अस्थायी टहरा निर्माणका लागि भूकम्पप्रभावित सबै वडामा २ सय जनासम्म कार्यकर्ता परिचालन गरिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताइन् । ‘टिनको व्यवस्थापन नहुँदा केही समस्या भइरहेको छ,’ उनले भनिन्, ‘भूकम्पमा पुरिएका काठपातको प्रयोग गरी स्थानीयस्तरमा टहरा निर्माणको कामलाई तीव्रता दिइरहेका छौं ।’ चौरजहारी नगरपालिका–६ फारुलामा पूर्वमेयर विशाल शर्माको नेतृत्वमा चार घरको पुनर्निर्माण सुरु भएको छ । पहिलो चरणमा कालो कामी, कमल विक, चन्द्री बोहरा र चन्द्रबहादुर बुढाथोकीको घर निर्माण सुरु भएको शर्माले बताए । भूकम्पबाट क्षति भएका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सल्यान, कालीकोट, सुर्खेत, बझाङ र बाजुराका ८० हजार परिवारलाई मंसिर ४ गते राष्टिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणले ‘भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८०’ बनाएर अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । यसका लागि १ करोड ४१ लाख बजेट निकासासमेत गरेको थियो । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पमा १ सय ५३ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट जोगिएकाहरूको पनि चिसोका कारण मृत्यु हुने क्रम जारी छ ।
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.