Gundruk Online
Saturday, June 20, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » ४८ दिनपछि गजामा युद्धविरामः हमासले छाड्यो १३ बन्धक, इसराइलले ३९ कैदी

४८ दिनपछि गजामा युद्धविरामः हमासले छाड्यो १३ बन्धक, इसराइलले ३९ कैदी


प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ४८ दिनपछि युद्धविराम भएको छ।एसोसियट प्रेसका अनुसार गजामा स्थानीय समयअनुसार आज बिहान ७ बजेदेखि युद्धविराम भएको हो।हमासले बन्दी मुक्त गर्ने र इसराइलले गजामा चार दिन युद्धविराम गर्ने सहमतिलाई इसराइली सरकारले मंगलबार अनुमोदन गरेको थियो।इसराइली सरकारले उक्त सहमति अनुमोदन गरेको तीन दिनपछि शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको हो।हमासले इसरायलबाट बन्धक बनाएर गजा पुर्‍याएको इसरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो।बदलामा इसराइलले गजामा आक्रमण नगर्ने र इसराइली जेलमा रहेका १५० जना कैदीलाई रिहा गर्ने सहमति भएको थियो।एपीका अनुसार सहमति भएबमोजिम शुक्रबार दिउँसो हमासले १३ जना इसराइली बन्धकलाई मुक्त गरेको छ।इसराइलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ। रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी रहेको एपीले उल्लेख गरेको छ। उनीहरूमध्ये केही इसराइली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए।थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनले १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् ।’विदेश मन्त्रालय र सुरक्षा निकायले १२ थाइ बन्धकहरू रिहा भइसकेको पुष्टि गरेका छन्। दूतावासका अधिकारीहरू उहाँहरूलाई लिन जाँदै हुनुहुन्छ। उहाँहरूको परिचय भने खुलिसकेको छैन,’ प्रधानमन्त्री थाविसिनले एक्स (ट्विटर) मा लेखेका छन्।इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको सचिवालयले पनि हमासले १३ बन्धक रिहा गरेको जनाएको सिएनएनले उल्लेख गरेको छ।रिहा भएका बन्दीहरूलाई रेडक्रसको जिम्मा लगाइएको छ।शुक्रबार गजा क्षेत्रमा बन्दुक र हवाइ हमलाका आवाज नसुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।हमासले प्रत्येक दिन कम्तीमा १० जना बन्धकहरू रिहा गर्ने र प्रत्येक रिहाइमा इसराइलले गजामा थप एकदिन युद्धविराम गर्ने सहमति भएको छ।इसराइली सरकारले हमासले गजामा लगेको सबै बन्धकहरूलाई रिहा गर्ने विश्वास व्यक्त गरेको छ। उसले युद्धविरामका लागि पनि बन्धकहरूलाई रिहा गर्ने इसराइली प्रधानमन्त्री नेतन्याहुले बताएका थिए।युद्धविराम भएपछि गजामा विभिन्न देशहरूले मानवीय सहायता पठाएको थियो। खाद्यान्न, इन्धन र औषधि बोकेका सैयौं ट्रकहरू गजामा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।युद्धविराम भएपछि त्यहाँका मानिसहरूले लामो समयपछि राहतको सास लिएका छन्। उनीहरूले युद्धविरामको खुलेर स्वागत गरेका छन्।अक्टोबर ७ को बिहानै हमास समूहले इसराइलमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो। हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो।आक्रमणका दिन हमास समूहले त्यहाँबाट इसरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो। बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन्।त्यसयता इसराइलले गजामा हमासविरूद्ध लगातार आक्रमण गर्दै आइरहेको थियो। इसराइलको आक्रमणबाट गजामा अहिलेसम्म १३ हजार ३ सयभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ।ठूलो संख्यामा नागरिकहरू मारिएपछि गजामा युद्धविराम गर्न इसराइलमाथि अन्तराष्ट्रिय शक्ति केन्द्रहरूको दबाब बढिरहेको थियो। संयुक्त राष्ट्र संघले पनि इसराइललाई गजामा युद्धविराम गर्न आग्रह गरेको थियो

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.