Gundruk Online
Friday, March 13, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड  प्रतियोगिता : चिनियाँ खेलाडी पोखरामा

अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड  प्रतियोगिता : चिनियाँ खेलाडी पोखरामा


कास्की — पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् ।‘साझा समृद्धिका लागि दौड’को नाराका साथ आयोजना गरिएको प्रतियोगिताका लागि हिमालयन एयरलाइन्सको विमानमार्फत चिनियाँ खेलाडी गए राति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ चार्टर विमानमार्फत आएका हुन् ।प्रतियोगितामा नेपालका लागि चिनियाँ राजदूत छन सङ, चीनको युनान प्रान्तको विदेश मामिला कार्यालयका दक्षिण एसिया निर्देशक झु वेनझोङ, युनान पर्वतारोहण तथा अन्तर्राष्ट्रिय खेल विभागका उपाध्यक्ष एवं महासचिव झोङ सी, युनान विश्वविद्यालयका प्राध्यापक एन सुइगेनलगायत अतिथि पोखरा आइ पुगेका हुन् ।खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगता गर्न लागिएको संयोजक विश्वशंकर पालिखेले जानकारी दिए । प्रतियोगिताको सहआयोजकमा युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोर्टस् एशोसिएसन र होटल एशोसिएसन पोखरा रहेका छन् ।संयोजक पालिखेका अनुसार सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार विधामा प्रतिस्पर्धा हुनेछ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गर्नेछन् । सामूहिक विधामा नेपाल र मित्र राष्ट्र चीनका १०/१० टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कुल छ सय खेलाडी सहभागी हुने संयोजक पालिखेले बताए ।दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ । सामूहिक विधातर्फको विजेताले तीन लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । द्वितीयले दुई लाख ८८ हजार, तृतीयले दुई लाख १६ हजार र चौथो स्थान प्रप्त गर्नेले एक लाख ४४ हजार रुपैयाँ पुरस्कार पाउने आयोकजले जनाएको छ ।यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला पुरुषले जनही एक लाख ४४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले एक लाख आठ हजार, तृतीयले ५४ हजार र चोथौदेखि सातौँसम्मको १८ हजार र दसौँसम्मका धावकले नौ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसेखोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचीबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ ।यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताका विजेता छात्र–छात्राले जनही २५ हजार रुपैयाँ पाउने छन् । द्वितीयले २० हजार, तृतीयले १५ हजार, सान्त्वनाले १० हजार र पाँचौँले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.