Gundruk Online
Wednesday, March 4, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सामुदायिक वनभित्र ‘इको करिडोर’ निर्माण

सामुदायिक वनभित्र ‘इको करिडोर’ निर्माण


सामुदायिक वनभित्र ‘इको करिडोर’ निर्माण

 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दोक्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य बन्दै गएका छन् ।यसले सामुदायिक वनहरू पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएका छन् । सामुदायिक वनले वन र वन्यजन्तु लक्षित गरी पर्यटकीय गतिविधिलाई बढाउँदै जाँदा वन र वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यासमेत बढ्दो छ ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जिल्लाको गैंडाकोटबाट त्रिवेणीसम्म वन र वन्यजन्तुमा आधारित पर्यटन फस्टाउँदो रहेको छ । निकुञ्जसँग गाँसिएका धेरैजसो मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकन गराउने कार्यक्रम तय गरिएका छन् । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकबाट वनको आम्दानीसमेत बढ्दो रहेको छ ।यहाँका वनमा गैंडा अवलोकनलाई मुख्यरूपमा जोड दिइएको छ । गैंडासँगै बँदेल, मृग, हरिण, भालु, मयुरलगायतका वन्यजन्तु र चराको अवलोकन गर्न सकिने हुँदा यसैलाई लक्षित गरी सामुदायिक वनमा जङ्गल सफारी गराउने गरिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए । जंगल सफारीमा आउने पर्यटकबाट लिइने शुल्क वनको आम्दानीको स्रोतसमेत भएको उनले बताए । ‘निकुञ्जसँग जोडिएकाले यहाँ गैंडा अवलोकन प्रमुख मानिन्छ, त्यसबाहेकका वन्यजन्तु र चरा अवलोकनका लागि समेत उपयुक्त क्षेत्र भएकाले हामीले यसैलाई आधार मानी पर्यटनलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘यसैअनुसार मुख्य गरी जंगल सफारी गराउने गरिएको छ ।’मध्यवर्ती वन र निकुञ्ज क्षेत्रबीच भएर नारायणी नदी बग्ने हुँदा नदीमा आश्रित चरा अवलोकनका लागि समेत यो क्षेत्र महत्त्वपूर्ण रहेको उनले बताए । नदी आसपासका रमणीय दृश्य आफैंमा पर्यटकलाई आकर्षित गर्ने रहेकाले आफूहरूले सोहीअनुसार वनभित्र ‘इको करिडोर’ निर्माण गरेको उनले बताए ।सामुदायिक वनहरूले एकीकृतरूपमा वन र वन्यजन्तु अवलोकनका लागि मार्ग निर्माण गरेका छन् । अमलटारी क्षेत्रमा पर्ने गुद्रही ढकाहा, शान्तिकुञ्ज, कृष्णसार, नमूना मध्यवर्ती सामुदायिक वनले मिलेर दुई हजार २० हेक्टरको ‘इको करिडोर’ निर्माण गरेका छन् । पर्यटक सहजै वन्यजन्तुको अवलोकन गर्न सकुन् भनेर चारवटा वनले सयुक्तरूपमा यस क्षेत्रमा पर्यटकीयमार्ग निर्माण गरेका हुन् । पर्यटकले एक स्थानबाट प्रवेश गरेपछि चारैवटा वन क्षेत्रमा सहजै भ्रमण गर्न सक्ने अध्यक्ष महतोले बताए ।जिल्लाकै शिशवार उपभोक्ता समितिमा आवद्ध रहेका चारवटा मध्यवर्ती वनले समेत सामूहिक योजना बनाएका छन् । दिव्य, प्रगति, नारायणी र मातृभूमि मध्यवर्ती सामुदायिक वन मिलेर वनमा ‘सफारीको रुट’ बनाएका छन् । वन्यजन्तु अवलोकनलाई पर्यटकले प्राथमिकता दिने गरेकाले यसैलाई लक्षित गरिएको छ ।नारायणी नदी किनार चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्र पर्यटकको रोजाइमा पर्ने क्रम बढ्दै गएपछि वनहरूले सामूहिक योजना अगाडि बढाउन थालेका हुन् । वन क्षेत्रभित्र विभिन्न स्थानमा वन्यजन्तु अवलोकनका लागि मचान निर्माणसहित घाँसेमैदान र सिमसार व्यवस्थापनका लागि वनहरू लागेका छन् ।सामुदायिक वनले वन र वन्यजन्तु लक्षित पर्यटकीय गतिविधि बढाउँदै जाँद यी क्षेत्रमा घरबास र होटल स्थापना हुने क्रम बढेको छ । मध्यवर्ती सामुदायिक वनसँगै जोडिएर आधा दर्जन बढी घरबास स्थापना भइसकेका छन् । यो सँगै पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल स्थापना गर्ने क्रमसमेत बढ्दो छ । मध्यवर्ती सामुदायिक वन वन्यजन्तु अवलोकनको क्षेत्रका रूपमा विकास हुँदा पर्यटक लक्षित गरी घरबास र होटल खुल्ने क्रम बढेको घरबास एशोसिएसनका केन्द्रीय अध्यक्ष एवं अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष पे्रमशङ्कर मर्दनियार थारूले बताए ।’मध्यवर्ती सामुदायिक वनमा गैंडासहितका वन्यजन्तु सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकको आगमन बढेको छ, सोहीअनुसार पर्यटक लक्षित गरी घरबास र होटल यस क्षेत्रमा खोल्ने क्रमसमेत बढेको छ,’ उनले भने । धेरैजसो पर्यटक वन र वन्यजन्तु अवलोकनका लागि आउने गरेको उनले बताए । ‘वन र वन्यजन्तु अवलोकन पर्यटकको आकर्षणका रूपमा विकास भएको छ, यसमा आधारित पर्यटकीय गतिविधि बढ्दा यस क्षेत्रका संरक्षणकर्मीसमेत उत्साहित छन्,’ अध्यक्ष थारूले भने ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.