Home » हङकङविरुद्ध नेपालले पाँच रनमै गुमायो चार विकेट
काठमाडौँ । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको हङकङविरुद्धको खेलमा नेपालले पाँच रनको कुल स्कोरमै चार विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो ।पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी सम्झना खड्का दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएकी थिइन् । उनी एक रन बनाउँदै आउट भएकी हुन् । यसैगरी तेस्रो विकेटका रुपमा काजल श्रेष्ठ आउट भएकी हुन् । उनले त खातासम्म खोल्न पाइनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै पेभेलियन फर्किइन् । नेपालले १.३ ओभरमा पहिलो, २.३ ओभरमा दोस्रो, २.४ ओभरमा तेस्रो र २.५ ओभरमा चौथो विकेट गुमाएको हो ।पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.
© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.