सरोज कुमार पासमान, सिरहा, १४ कार्तिक । सिरहामा लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेको छ । जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १२ भोटिया चोक स्थित लागूऔषध ओसार पसार गरी रहेको गोप्य सूचनाको आधारमा एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
सिरहाबाट खटिएको प्र.ब.ह. सिताराम मण्डल र ई.प्र.का. महेशबारी सिरहाबाट प्र.ब.ना.नि. यज्ञानन्द साहको कमाण्डमा खटिएको टोलिले स. ९ प. ८२७४ नं.को मोटरसाईकललाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक लहान नगरपालिका वडा नं. १३ बस्ने वर्ष ३३ को देबकान्त चौधरीको साथबाट प्लाष्टिक सहित २ ग्राम ६० मिलि ग्राम ब्राउन सुगर प्लाष्टिक बाहेकको २ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर र तौल गर्ने डिजिटल सानो तराजु सहित पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी रबिन्द्र राज पाण्डेले जानकारी दिए ।







