सिरहा, कार्तिक ३ गते । पूर्वाधार विकास कार्यालय सिरहाको सदरमुकाम सिरहामा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा यादवले उद्घाटन गरेका छन् ।
मधेश प्रदेश सरकारको गत भदौं ३० मा मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार विभिन्न कार्यालयहरुलाई एकीकृत गर्ने क्रममा सिरहामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रह्ने गरी शहरी विकास तथा भवन कार्यालयहरु पर्सा, धनुषा र सप्तरी तथा सडक डिभिजनहरु लहान, सिरहा र चन्द्रनिगाहपुर रौतहटलाई खारेज गरी मधेश प्रदेशको ८ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ ।
सिरहामा पूर्वाधार विकास कार्यालय स्थापना कार्यक्रमको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार साहले अध्यक्षता गरेका थिए । भौतिक पूर्वाधार विकास मन्त्रि कृष्ण प्रसाद यादवले कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा पूर्वराज्य मन्त्री संजय कुमार यादव, जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख दिलिप लामा, पूर्वाधार विकास कार्यालयका प्रमुख रामदेव खर्गा लगायत कार्यालयका कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधी, संचारकर्मीको सहभागिता रहेको थियो ।






