Gundruk Online
Monday, September 14, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » दसैं आयो : आज घट्स्थापना

दसैं आयो : आज घट्स्थापना


दसैं आयो  : आज घट्स्थापना

सिरहा, असोज २८ गते । आजबाट नेपाली हिन्दूहरूको महान् चाड दसैँ सुरु भएको छ । नवदुर्गाको पूजा आराधना गर्ने, राम्रो लगाउने, मिठो खाने र मान्यजनका हातबाट टीका आशीर्वाद ग्रहण गर्ने चाडका रूपमा दसैँलाई लिइन्छ ।
नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरिने भएकाले यस अवधिलाई नवरात्र पनि भनिन्छ । घटस्थापनादेखि नवरात्र आरम्भ हुन्छ । दशौँ दिनमा देवी विसर्जन गरेपछि आफूभन्दा ठूलाको हातबाट टीका, जमरा ग्रहण गरिन्छ । अनादिकालदेखि नै विजया दशमीलाई नेपालका सबै समुदायले मनाउँदै आएका छन् । तराई मधेशका जिल्लामा दुर्गापूजा भनेर विशेष तयारी गरिन्छ । त्यही भएर गाउँदेखि बजार क्षेत्रमा दुर्गा भवानीको पूजापाठ गर्न विशाल टेन्ट लगाउने, सजाउने, वाजागाजा, सांस्कृतिक कार्यक्रम गर्ने चलन रह्दै आएको छ ।
नवरात्रको महत्व
वर्षमा चारवटा नवरात्र छन् । पुसमा, चैतमा, असारमा पनि नवरात्र पर्छ । तर, शारदीय दुर्गा पूजा बडादसैँ हो । यतिवेला उपासना गर्नाले देवी विशेष खुसी हुन्छिन् भन्ने विश्वास छ । प्रतिपदा ९घटस्थापना०देखि नवमीसम्मको नवरात्रको उपासना बुझ्नलाई हामीले यसको महत्वबारे बुझ्नुपर्छ ।
रात्र भनेको अन्धकार हो । अन्धकार भनेको मोह, तमस, कामवासना वा आशक्ति हो । हाम्रो शरीरका नौवटा इन्द्रियले ग्रहण गर्ने आशक्ति हटाउन र इन्द्रियहरूलाई थप सशक्त बनाउन नवदुर्गाको उपासना गरिन्छ ।

सिरहाको दुर्गापूजा
नवरात्र सुरु भएसँगै सिरहा सदरमुकाममा रहेको दुर्गा मन्दिरसँगै देशभरका विभिन्न शक्तिपीठमा विहानै पुगेर पूजापाठ गर्ने क्रम सुरु भएको छ । नवरात्रको अवसरमा सिरहाको हटियामा अवस्थित दुर्गा मन्दिरलाई भव्य पण्डाल लगाएर सजाईएको छ । यस्तै माडर, सारस्वर, भलुवाही, विष्णुपुर, मिर्चैया, वस्तीपुर, कर्जन्हा, गोलबजार, चोहर्वा, सुखिपुर, बरियारपट्टी, लहान, धनगढी लगायतका कयौं स्थानमा विशेष तयारी गरिएको छ ।

यस अवसरमा विशेष वाजा बजाउने चलन रहेको छ । मिथिलाको लोकबाजाको रुपमा रहेको ढोलपिपही गाउघरमा बजाउने चलन छ । यस्तै लोकनृत्य झिझियाँको रौनक पनि थपिएको छ ।

Tags: घट्स्थापनादसैं
गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

जनकपुरमा शहीद स्मृति कार्यक्रम, मधेशको अबको बाटोबारे बहस

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

३१३ रनको विशाल लक्ष्य, नेपालले चुम्यो प्रिमियर कपको उपाधि

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

ब्रिक्स शिखर सम्मेलनमा मोदी, पुटिन र सीको ‘एकता प्रदर्शन’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

रिजवान अन्सारीको दाबी– ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

सागरमाथा अञ्चल मै गुणस्तरीयताको ब्रान्ड बन्दै माखन भोग

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.