Gundruk Online
Wednesday, March 4, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » मिर्चैया नगरपालिकाद्वारा लक्षित समुदायलाई एक सय बाख्रा वितरण स्थानियहरु खुसि

मिर्चैया नगरपालिकाद्वारा लक्षित समुदायलाई एक सय बाख्रा वितरण स्थानियहरु खुसि


मिर्चैया नगरपालिकाद्वारा लक्षित समुदायलाई एक सय बाख्रा वितरण स्थानियहरु खुसि
सरोज कुमार पासमान
मिर्चैैया, १८ श्रावण । सिरहाको मिर्चैया नगरपालिकाले नगरपालिकालाई मासु उत्पादनमा आत्म निर्भर बनाउनका लागि लक्षित समुहलाई बाख्रा वितरण गरेको छ । मिर्चैया नगरपालिकाले बिहिवार नयाँ बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत तिन समुहका ५० किसानलाई दुइ वटा बाख्रा गरि एक सय बाख्रा हस्तान्तरण गरेको छ । मिर्चैया नगरपालिकाको आर्थिक अवस्था कमजोर भएका दलित, गरिब, असहाय परिवारहरुलाई आर्थिक अवस्था सुधार गर्न, स्वरोजगार सृजना गर्न र नगरपालिकालाई मासु उत्पादनमा समेत आत्म निर्भर बनाउनका लागि बाख्रा हस्तान्तरण कार्यक्रम गरिएको मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण कुमार यादवले बताए । मिर्चैया नगरपालिकालाई चौतर्फी विकास गर्नका लागि सडक र भौतिक निर्माणका कार्यले मात्र हुँदैन समाजको आर्थिक विकासका कार्यहरु समेत आवश्यक रहेकाले बाख्रा पालनमा आफुहरुले जोड दिएको मेयर यादवले बताए ।

स्थानिय सरकारको ६ औं वर्षमा पहिलो पटक नगरपालिकाबाट दुई ओटा बाख्रा पाउँदा आफु खुसिले गदगद भएको मिर्चैया नगरपालिका वडा नं. ५ वस्ने चन्द्रकला देवी महराले सुनाइन् । उनले भनिन्,“ नगरपालिकामा केहि वितरण भएपछि हामीलाई केही जानकारी दिदैन, ६ वर्षमा यसपाली एकै पटक दुइ ओटा बाख्रा पाए निकै खुसि छु, घरको आर्थिक अवस्था यसले सुधार हुन्छ भन्ने विश्वास लिएको छु यसलाई दुई बाट ४ बनाएर उचित मोलमा बिक्रि गर्ने योजना छ ।”

दिनभरि घरमा वसेर अरुकै कुरा सुनेर कुरा काटेर दिन बिताइ रहेको अवस्था थियो तर, मिर्चैया नगरपालिकाले दुई ओटा बाख्रा दिएपछि यसैमा आफु र घर परिवारका अन्य सदस्य पनि व्यस्त भएको मिर्चैया नगरपालिका वडा नं. ५ कि पारवती कुमारी चौधरीले बताइन् । उनले भनिन्“घरमा पाँच जनाको परिवार छ तर, आमदानी आउने कुनै ठोस श्रोत छैन् । कहिले काही पैसाको निकै खाचो भएको हुन्छ अनि हातमा पैसा नभएपछि कस्तो अपठ्यारो हुन्छ । अब त्यस्तो हुदैन नगरपालिकाबाट प्राप्त भएको बाख्रालाई बृद्धि गर्दै आर्थिक समस्या पनि समाधान गर्न बाख्रा पालनमा जोड दिन्छु ।” बाख्रा हस्तान्तरण नगरपालिकाको उदाहरणिय कार्य भएको र समुहको दश प्रतिशत साथै नगरपालिकाको ९० प्रतिशत लगानीमा बाख्रा वितरण भएको चौधरीले जानकारी दिए ।

मिर्चैया नगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको बाख्रा हस्तान्तरण कार्यक्रममा माँ गौरी महिला बाख्रा पालन समुह मिर्चैया नगरपालिका ५ का १५ जना किसानलाई, जितमहान बाख्रा पालन समुह मिर्चैया नगरपालिका ६ का १० जना किसानलाई र प्रगतिशिल बाख्रा पालन समुह मिर्चैया नगरपालिका वडा नं. ३ का २५ जना किसानलाई जमुनापारी, खरी, बोयरक्रस उन्नत जातको बाख्रा वितरण गरेको शाखा प्रमुख नागेश्वर हाथीले जानकारी दिए । आ.ब.२०७९।०८० मा नयाँ बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत रहेको १० लाख विनियोजन रकमले बाख्रा हस्तान्तरण कार्यक्रम गरिएको शाखा प्रमुख हाथीले जानकारी दिए ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

नागरिकता नियमावली संशोधनपछि म्याग्दीमा आमाको नामबाट नागरिकता

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

देउवा समूहको प्रभाव हट्दै, कांग्रेसको सामाजिक सञ्जाल सरेको संकेत

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

लोकतन्त्रको नाममा लाजको हत्या, कांग्रेसभित्रको टिकट तमासा : सुमन अधिकारी

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

अमर प्रेमको कथा बोकेको ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

केपी ओलीको निर्वाचन क्षेत्रमा बढ्दै युवापुस्ताको आकर्षण, झापा–५ मा कांग्रेसबाट युवाको सिफारिस

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

बंगलादेशमा हिन्दू युवा दीपू चन्द्र दासको हत्या घटनाप्रति राष्ट्रिय एकता दलको निन्दा

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.