Gundruk Online
Friday, October 2, 2026
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली
No Result
View All Result
Gundruk Online
No Result
View All Result

Home » सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान


सिरहामा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

सिरहा। सिरहाका नरहा गाउँपालिका र धनगढीमाई नगरपालिकामा बालबालिका तथा गर्भवती र सुत्केरी महिलाको पोषण अवस्था पहिचान गर्न पोषण लेखाजोखा तथा स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ।

नरहा गाउँपालिकाको समन्वय तथा केयर नेपालको आर्थिक सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले नरहा–३ बरगाछी टोलमा पोषण लेखाजोखा तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा छ महिनासम्मका सुत्केरी महिलाको पोषण अवस्था परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको जनाइएको छ।

कार्यक्रममा ५९ जना बालबालिकाको पोषण लेखाजोखा गरिएकोमा ११ जनामा मध्यम शीघ्र कुपोषण (एमएएम) देखिएको आयोजकले जनाएको छ। स्वास्थ्यकर्मी तथा स्वयंसेविकामार्फत बालबालिकाको पोषण अवस्था परीक्षण गरी कुपोषण देखिएका बालबालिकालाई आवश्यक परामर्श तथा उपचारका लागि सहजीकरण गरिने गरिएको छ।

पोषण परियोजनाका अनुगमन अधिकृत आँचल खड्काका अनुसार अभियानको मुख्य उद्देश्य बालबालिका तथा महिलाको पोषण अवस्था समयमै पहिचान गरी आवश्यक परामर्श तथा उपचारको पहुँचमा ल्याउनु हो। अभियानको राष्ट्रिय कृषक समूह महासंघ नेपालका प्रदेश सचिव यामुनाप्रसाद यादवले समेत अनुगमन गर्नुभएको थियो।

महासंघले सरकारसँगको समन्वय तथा केयर नेपालको आर्थिक सहयोगमा सिरहाका छ स्थानीय तहमा पोषण लेखाजोखा अभियान सञ्चालन गरिरहेको जनाएको छ। अभियान विशेषगरी गरिब, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न समुदायका बालबालिका र परिवारलाई लक्षित गरी सञ्चालन गरिएको हो।

आर्थिक अभावका कारण पोषिलो खाना, स्वास्थ्य सेवा तथा उपचारबाट वञ्चित हुन सक्ने बालबालिकाको पहिचान गरी पोषणसम्बन्धी परामर्श, आवश्यक सहयोग तथा स्वास्थ्य सेवासँग जोड्ने काम अभियानमार्फत भइरहेको आयोजकले जनाएको छ।

यसैगरी, धनगढीमाई नगरपालिका–९ स्थित ग्रीनल्यान्ड बोर्डिङ स्कुल र इन्द्रेणी पाठशालामा अध्ययनरत बालबालिकाको समेत पोषण लेखाजोखा गरिएको छ। छ महिनादेखि पाँच वर्षमुनिका ५० जना बालबालिकाको परीक्षण गर्दा पाँच जनामा मध्यम शीघ्र कुपोषण (एमएएम) देखिएको जनाइएको छ।

स्वास्थ्यकर्मी लखन महतोका अनुसार सामान्य कुपोषण, मध्यम शीघ्र कुपोषण र कडा शीघ्र कुपोषण भएका बालबालिकाको पहिचान गरी उनीहरूलाई पोषिलो खाना, आवश्यक औषधि तथा स्वास्थ्यसम्बन्धी परामर्श उपलब्ध गराउने गरिएको छ। समयमै कुपोषण पहिचान गरी उपचार तथा पोषणमा सुधार ल्याउन सके बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न सकिने उहाँले बताउनुभयो।

इन्द्रेणी पाठशालाका प्रधानाध्यापक मुक्ति लाल सहनीले बालबालिकाको पोषण अवस्था पहिचान गर्ने कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो। यस्ता कार्यक्रमले कुपोषणका कारण हुन सक्ने स्वास्थ्य समस्या तथा अपाङ्गताको जोखिम घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ।

ग्रीनल्यान्ड स्कुलका संस्थापक तथा प्रधानाध्यापक विदुर राउतले पोषण र स्वास्थ्य बालबालिकाको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता अभियान प्रभावकारी हुने बताउनुभयो।

नरहा–३ की छ महिनाकी गर्भवती रबिता महराको पोषण परीक्षणका क्रममा कुपोषणको अवस्था पहिचान भएको थियो। उहाँले आर्थिक रूपमा विपन्न परिवारको घरमै पुगेर निःशुल्क स्वास्थ्य तथा पोषणसम्बन्धी सल्लाह र सुझाव दिने अभियानले सहयोग पुगेको बताउनुभयो।

उहाँले गरिब तथा दलित परिवारका लागि घरमै पुगेर निःशुल्क सल्लाह, सुझाव र आवश्यक सहयोग उपलब्ध गराउनु महत्वपूर्ण भएको बताउनुभयो।

आयोजकका अनुसार असोज १३ गतेदेखि नौ दिनसम्म सञ्चालन हुने अभियानअन्तर्गत विभिन्न बस्ती, विद्यालय तथा समुदायमा पुगेर बालबालिका र महिलाको पोषण अवस्थाको लेखाजोखा गरिनेछ। अभियानमा स्वयंसेविका सिमा साह, बिमला कुमारी महतो, प्रदीप यादवलगायत स्थानीय स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता रहेको छ।

गुद्रुक ऑनलाइन

गुद्रुक ऑनलाइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पुल मिडिया नेट्वर्क प्रा. लि द्वारा संचालित गुन्द्रुक अनलाइन डटकम
www.gundrukonline.com
सुरुची मार्ग, नयाँ बानेश्वर, काठमाण्डौैं, (नेपाल)
+९७७९८००००००००
इमेल:info@gundrukonline.com

हाम्रो टिम

  • अध्यक्ष/ सम्पादक : लक्ष्मण भुसाल
  • +९७७ ९८००००००००
    • कानूनी सल्लाहकार : ..................
    • +९७७ ९८००००००००
      • सम्वाददाता : पुस्पा पौडेल

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • समाज
    • राजनीति
  • प्रदेश समाचार
    • मधेश प्रदेश
    • कोशी प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अर्थतन्त्र
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • कृषि
    • जीवन शैली

© 2023 : All copyrights to reserved. Gundruk Online Developed by: Nitra Technology.